चर्चित

राष्ट्रिय दुग्ध विकास बोर्डले २१ औं विश्व दुध दिवस मनाएको छ । ‘दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन’ मुल नाराका साथ जेठ १४ गतेदेखि बोर्डले विभिन्न कार्यक्रम मनाउँदै आएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले आज विश्व दूध दिवसको अवसरमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको थियो । बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्की, पशुपन्छी तर्फबाट निमित्त सचिव डा.विमल निर्मल, पशु सेवा विभागका महानिर्देशन, नेपाल डेरी एशोसिएशनका पदाधकारीलगायत विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा दिवस मनाइएको हो ।


कोरोना महामारीका भर्चुअल कार्यक्रमको मार्फत दिवसलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्रै मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने दाब िगर्नु भएको छ । मन्त्री अर्यालले ‘अबको दुई वर्षभित्रमै हामी दुधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्नेछौं ।’
मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताउनुभयो । दूग्ध क्षेत्रमा रहेको समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी काम गरिरहेको भन्दैँ उहाँले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौ । ती समस्या समाधान भएनन भने दूध दिवस मनाएको कुनै औचित्य नहुने तर्क गर्नु भएको छ ।’
मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको सम्वद्र्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताउनुभयो । कोभिड–१९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उहाँले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताउनुभयो । मन्त्री अर्यालले सरकारले दूध नीति अगाडी बढाएको भन्दै अहिलेको हसहज परिस्थतीलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गर्नुभयो ।

‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी संचालन गर्ने ठाउँमा छौं । असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ । किसान दाजु भाइले पनि हेक्सा राख्नुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘व्यवसायबाटै पछि हट्ने सोंच बनाउनु हुदैन । डिडिसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दूध नीति अगाडि बढाएका छौं । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्ती गरेका छौं । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’
वर्तमान अवस्थामा डिडिसीले दैनिक एक लाख लिटर दुध सङ्कल गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध सङ्कलन गर्दै आएको भन्दै उहाँले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय