कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्डनिकट रहेकी उनी नेकपा विभाजनसँगै ओली खेममा लागिन् । उनी प्रदेश नम्बर २ की एमाले अध्यक्ष हुन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी स-इन्चार्ज थिइन्।









