चर्चित

स्वीट्जरल्याण्डमा सेन्थेटिक किटनाशक औषधिमाथि प्रतिबन्ध लगाउने वा नलगाउने सम्बन्धी निर्णय जनमत संग्रहबाट हुँदैछ। स्वीस नागरिकले आइतबार किटनाशक औषधिमाथि प्रतिबन्ध लगाउने प्रस्तावमाथि आफ्नो मत दिँदैछन्।

जनमत संग्रहले प्रतिबन्धको पक्षमा मत दिएमा सेन्थेटिक किटनाशकमाथि प्रतिबन्ध लगाउने स्वीट्जरल्याण्ड विश्वको दोस्रो देश बन्ने छ।
जनमतसंग्रहमा दुई प्रस्ताव छन्। एउटा प्रस्तावमा किटनाशक औषधि प्रयोग गर्ने किसानलाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियत नदिने उल्लेख छ भने अर्को प्रस्तावमा अबको १० वर्षभित्र सेन्थेटिक किटनाशक औषधिमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने उल्लेख छ।

पानीका स्रोतहरुमा चिन्ताजनक रुपमा बढिहेको किटनाशक औषधिको मात्रा तथा बोटबिरुवा, जनावर तथा किटाणुहरुमा परेका खराब असरलाई लिएर अभियन्ताहरुले प्रतिबन्ध वा गम्भीर कारवाहीको वकालत गरिरहेका छन्। तर किसानहरुले भने प्रस्तावित व्यवस्थाले आफूहरुलाई व्यवसायबाट बाहिर धकेल्न सक्ने चेतावनी दिँदै आएका छन्।

स्वीट्जरल्याण्डमा सबै प्रमुख विषयको निर्णय जनमतसंग्रहबाट लिने गरिन्छ। किटनाशक औषधिमाथि प्रतिबन्ध लगाउनु पर्ने अभियानका अभियन्ताहरुले एक लाख हस्ताक्षर संकलन गरेपछि देशव्यापी जनमत संग्रह हुन लागेको हो।

सन् २०१३ भुटानले सेन्थेटिक किटनाशकमाथि प्रतिबन्ध लगाएको थियो। स्वीट्जरल्याण्ड दोस्रो देश बन्ने सम्भावना छ। तर स्वीट्जरल्याण्ड विश्वको प्रमुख सेन्थेटिक किटनाशक उत्पादक मध्येमा पनि पर्छ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय