
सागर बिष्ट कंचनपुर-
बालि संरक्षण प्रयोगशाला सुन्दरपुर सुदुरपश्चिम प्रदेश द्वारा संचालित सुन्तलाजात फलफूल बगैंचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पहिलो चरणको समस्या पहिचान तथा बगैंचाको अवस्था अध्ययन पश्चात् दोस्रो चरणमा सुन्तलाजात फलफूल बगैंचा ब्यबस्थापन प्रयोगात्मक तालीम तथा प्रबिधि हस्तान्तरण कार्यक्रम डडेल्धुराको भागेश्वर गाउँपालिकामा २०७८ साल वैशाख २, ३, र ४ गते भएको जानकारी बालि संरक्षण प्रयोगशाला सुन्दरपुरका सूचना अधिकारी अम्बादत्त बिष्टले गराएका थिए ।
बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको आयोजनामा भएको तालिममा भागेश्वोर गाउँपालिकाको सुन्तला पकेट क्षेत्रमा ६० जना कृषक हरुको तालीममा सहभागीता रहेकोे थियो । उक्त तालिममा सहभागी कृषकहरुलाइ सिकेचर ८० थान,आरि ११० थान,फुड्स्प्रे ४ थान,ब्रस ८० थान,कृषि चुन३७० केजि ,नेलोतुथो ३७० केजि,पावर स्प्रे २ थान,सुच्म खाद्य तत्व लगायत किटनासक बिसादी समेत बितरण गरिएको थियो भने उनीहरुलाई सुन्तला खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार कृषक बर्गहरुमा ब्यबस्थापन बिधि को उचित जानकारी नपाइएको, परम्परागत ब्यबस्थापन विधिको प्रयोग र ब्यबस्थापन सामाग्रीहरुको अभाव रहेको बताएका छ्न । यस कार्यक्रमले सुन्तलाजात फलफूल हरुमा हाल देखिरहेका समस्याहरुको समाधान भइ तुर्माखाद क्षेत्रको सुन्तलाको उत्पादन र गुणस्तर समेत बढ्ने अपेक्षा गरेका छ । त्यस्तै यस कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छ्न।
त्यस्तै बाली संरक्षण प्रयोगशालाबाट २ जनाको टोली रहेको जसमा प्रा. स अम्बादत्त बिष्ट र ना. प्रा.स. प्रेम राज न्यौपाने रहेको जानकारी दिए l