चर्चित

अस्मिता आचार्य
कृषिमा अध्ययनरत विधार्थी, प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज माडिचौर ,रोल्पा

कन्ये च्याउलाई पाते च्याउको नामले पनि चिनिन्छ । यसको अङ्ग्रेजी नाम  Oyster mushroom हो।कन्ये च्याउ खेती प्रबिधिको सुरुवात १९७७ देखि जर्मनिबाट भएको हो ।च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त च्याउमा खनिज पदार्थहरू, चिल्लो पदार्थका साथै कार्वोहाइडे«ट्स पनि प्रशस्त मात्रामा पाइन्छ ।

Classification

Division : Eumycota

Class : Basidiomycetes

Sub-class Homobasidiomycetidae

Sub-Family : Agaricales

Family  : Pleurotaceae

Genus  : Oyster

Species : Pleurotus spp

  आबश्यक सामाग्री:    

१.सुकेको पराल                   २.च्याउको बीउ                  ३.प्लास्टिक झोल                ४.प्लास्टिक सिट ,                       पराल काट्ने कैँची / हसिया , ५.मोटोको पोटासी (ड्रम) ,           ६.इन्धन                               ७.सुतलिको धागो

जातहरु:

नेपालमा विशेषगरी दुई प्रकारका कन्ये च्याउका जातहरु पाइन्छन् :

१.प्लुरोटस साजोर–काजु

२.प्लुरोटस ओइस्ट्राटस ।

१.प्लुरोटस साजोर–काजु–  जातको च्याउको खेती सामान्यतया परालमा ८००–१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा र सो भन्दा कम उचाइमा कार्तिकदेखि माघ महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । यसका लागि सापेक्षिक आर्द्रता ८०% हुनु पर्दछ । यसको पूर्ण र राम्रोसँग फल्ने अवस्था २८ सेन्टिग्रेड तापक्रम मानिन्छ ।

२.प्लुरोटस ओइस्ट्राटस – हिउँदको जाडो मौसममा प्लुरोटस ओइस्ट्राटस जातको कन्ये च्याउको खेती गर्दा बढी आम्दानी लिन सकिन्छ । यो जातको च्याउको खेती भदौ असोज महिनाबाट गर्दा राम्रो हुन्छ । यसका लागि १५–२० सेन्टिग्रेडको तापक्रम राम्रोहुन्छ र सापेक्षिक आर्द्रता ८०% भन्दा बढी हुनु पर्दछ । प्रायः जसो कन्ये जातका च्याउहरु फल्न औसत तापक्रम २३  सेन्टिग्रेड उपयुक्त भएको पाइन्छ ।

खेती प्रबिधि :

१.यसको उत्पादनको लागि तापक्रम १५-२५°c उपयुक्त मानिन्छ।

२. यो च्याउ नभिजेको , नकुहिएको  र सफा धानको पराल वा गहुँकाे भुस आदिमा उमार्न सकिन्छ।

३. पराललाई २-३ इन्च लामो टुक्रा पारेर सफा पानी मा रात भरी भिजाएर राखिन्छ र सफा पानी ले पखाल्नु पर्छ।

४.यसरी पखालेको परालको टुक्रालाई  निम्न विधि अपनाएर शुद्धिकरण गर्नु पर्छ। शुद्धिकरण गर्नुको मुख्य उद्देश्य त्यसमा भएको हानिकारक किरा र जिवाणुहरु नष्ट होस भनेर,

१)बाष्पिकरण विधि

– यो सबै भन्दा उत्तम विधि मानिन्छ।

– फलामको ड्रममा पानी हाल्ने र त्यसमाथि फलामको जाली राख्ने र अन्तिममा यसै जाली माथि भिजाइएको परालको टुक्रा राख्नुपर्छ तर पानी छुनुहुदैन।

– अनि प्लास्टिकले ड्रमकाे मुख कसिएर बाँधेर ३०-४५ मिनेट सम्म बाफ दिनुपर्छ।

– परालको टुक्रा लाई बाफ दिसकेपछि निकालेर सेलाउन दिनुपर्छ।

२.रासायनिक विधि

– अरु विधि सम्भव नभएपछि यो विधि प्रयोग गरिन्छ।

– फर्मालिन र कार्बेन्डाजिम पानीमा घोलेर झोल तयार पारिन्छ।

– टुक्रा पारिएको पराललाई तयार पारिएको झोलामा १६-१८ घण्टा डुबाएर राख्नुपर्छ र त्यसपछि बाहिर  निकालेर पानी तर्न लाई  छोड्नुपर्छ।

५. यो च्याउ रोप्न काे लागि १६×२६” साइजको प्लास्टिकको थैला लिनुपर्छ। र रोप्दा एक तह पराल र एक तह बिउ राख्दै हातले बेसरी थिच्दै जानुपर्छ। पुरै भरिसकेपछि मुख सुतली काे धागोले बाँध्नु पर्छ। लगभग एउटा थैलीमा २०० ग्राम बिउ ( spawn) प्रयोग गर्नु पर्छ। र चार औंलाको फरकमा प्वाल पार्नुपर्छ।

६. यसरी तयार पारिएको पोकालाई अंध्यारो कोठामा राख्नु पर्छ र अलि अलि पानी छर्कने गर्नुपर्छ।

७. १४ दिन सम्म यसै अवस्थामा राखिन्छ र त्यति बेला सम्म पोका मा ढुसी काे सेतो जालोले ढाकिसकेको हुन्छ। त्यसपश्चात झ्यालहरू खोल्नुपर्छ हावा पास हुन लाई,

८. अनि नयाँ बलेडले  ( blade) प्लास्टीक चिरेर हटाउनु पर्छ र दिनको दुई पटक पानी सिंचाई गर्नुपर्छ।

९. यसरी बिउ राखेको २५ दिन पछि च्याउ फल्न सुरू हुन्छ।

 

खेती गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरु:  

-कोठामा हाबा सन्चालन राम्ररी हुनुपर्छ ,

-च्याउको प्याकेटमा धेरै पानी दिनुहुदैन,

-बेलाबेलामा प्याकेट राम्रो सग सफा गर्नुपर्छ

-सापेछिक आद्रता ८०-९० प्रतिशात सम्म राख्नुपर्दछ

-च्याउ खेती गर्न कोठाको भुइमा भित्तामा पानी छर्की चिसो बन्नाउनुपर्छ

-झ्याल चिसो बोराले ढाक्नु पर्छ

पौष्टिक तत्वहरू :     प्रतिशत (मिलिग्राम)  प्रति १०० ग्राम 

१  पानीको मात्रा             ९०.८९–९१.२

२  प्रोटिन                       २८–३०

३  चिल्लो पदार्थ             १६–१७६

४  कार्वोहाइड्रेट                ५४.८–५६.४

५  कच्चा रेसा            १०.९–११.०

६  खरानी                      ९.८–१०.२

७  फलाम                      १२०–१२२

८  क्याल्सियम           ३४–३५

९  फस्फोरस           १२६४–१४२७

१०  पोटासियम           २६८०–२७९०

११  कोलिन   :  ९०–९५

महत्त्व :

-कन्ये च्याउ सुगर फ्री र कोलस्टेरोल फ्री तरकारी हो ।

-कन्ये च्याउ भिटामिन डि को राम्रो स्रोत हो ।

-कन्ये च्याउमा प्रशस्त मात्रामा मिनरल पाइन्छ ।

-कन्ये च्याउ खानाले हाम्रो शरीरलाई आबस्यक पर्ने एमिनो एसिड र स्कर्भिक एसिड पाइन्छ ।

-कन्ये च्याउमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ ।

-कन्ये च्याउले एउटा अत्यन्तै स्वस्थबर्धक र पोसिलो खाद्यबस्तुको रूपमा विश्वव्यापी मान्यता पाईसकेको छ ।

-यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ ।

-हृदयघात, मस्तिकघात, यौन दुर्बलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्‍याउँछ ।

-हेपाटाइटिस B को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।

-कन्ये च्याउ लो क्यालोरी खाद्यबस्तुमा पर्दछ।

-कन्ये च्याउकाे प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।

लेखक:अस्मिता आचार्य  (प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज  माडिचौर ,रोल्पा मा Bsc Ag सेकेन्ड सेमेस्टरमा अध्यनरत बिद्यार्थी हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय