राष्ट्रिय स्तर युवा भिजन प्रतियोगिता -२०२१ The bank of youth vision- CashNep प्रस्तुत बिषयमा यस क्यासनेपले आयोजना गर्न लागेको “राष्ट्रिय स्तर युवा भिजन प्रतियोगिता”स्वदेशमा रहेका उर्जाशिल युवाको देश प्रतिको माया,प्रतिभाको उजागर र प्रोत्साहन गर्ने,नवीन रचनात्मक कलालाइ पुरस्कृत गर्ने,उधमी बिचारलाइ लगानि गर्ने उदेश्यले क्यासनेपले राम्रो सोच बिचार भएका युवाहरुको लागि “National Youth Vision competition-2021” मार्फत सुबर्ण अबसर प्रदान गरेको छ।
भिजन लेखनका शीर्षक हरु
१.बिज्ञान तथा प्रबिधिको नया आविष्कार अन्वेषण ,गणित ,कम्प्युटर ,हार्डवयर तथा सफ्टवयर सम्बन्धि नया भिजन।
२.कृषि पद्धति ,बन तथा बन्यजन्तु संरक्षण,वातावरण सम्बन्धि नविन भिजन।
३.साहित्य सम्बन्धि पृथक भिजन, इन्जिनियरिङ र नया उपकरण सम्बन्धि अन्वेषण,
४.अर्थतन्त्र ,निति निर्माण ,शिक्षा ,स्वास्थ्य ,सुचना तथा सन्चार सम्बन्धि पृथक भिजन।
५.यी बाहेक अन्य शिर्षक पनि समाबेश गर्न मिल्ने।
भिजन लेखनमा अनिवार्य समाबेश गर्नु पर्ने कुरा हरु
१.इच्छुक सहभागीले कुन बिषयमा आफ्नो भिजन लेख्दै हुनुहुन्छ भने प्रस्ट शीर्षक लेखिनु पर्ने।
२.लाभ हानी-तपाईंको भिजन बाट कस्ता कुन उमेरका बर्गका ब्याक्तीहरु प्रत्यक्ष लाभान्वित हुन्छ वा नोक्सान हुन्छ प्रस्ट उल्लेख गरिनु पर्ने।
३.बजारको माग र पुर्ति सम्बन्धमा-बजारमा तपाईको भिजन यदि कार्यन्वयन भए ,यसको माग र पुर्ती को कस्तो हुन सक्छ सम्भाबित सबै कुरा उल्लेख गरिनु पर्ने।
४.चुनौती -के कस्ता चुनौती छन कार्यन्वयनमा खुलाउनु पर्ने।
५.पुजि र श्रम-सम्भाबित लाग्ने लागतको र श्रमको रुपरेखा प्रष्ट उल्लेख हुनु पर्ने।
६.वायुमण्डलमा र वातावरणमा पर्ने असरबारे प्रष्ट खुलाउनु पर्ने।
७.समय- अनुकुल अबस्थामा कहिले सकिने र कति समय लाग्ने सबै उल्लेख गरिनु पर्ने।
८.भिजनको सम्भाबित आयु – कति बर्ष सम्म चल्ने का दीर्घकालीन हुने सबै खुलाउनु पर्ने।
पुरस्कार
१.प्रथम – नगद रु.३०,०००/-सहित प्रमाणपत्र
२.द्धितिय-नगद रु.२०,०००/-सहित प्रमाणपत्र
३.तृतीय – नगद रु.१०,०००/-सहित प्रमाणपत्र नोट:
(उत्कृष्ट सय वटा भिजनलाइ CashNep Vision directory नामक किताबमा प्रकाशन गरिने छ।)









