चर्चित

डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई ७० लाख बराबरको मेडिकल उपकरण हस्तान्तरण
काठमाडौं, स्वयम्भू – रोटरी क्लब अफ कपनको इतिहासमा पहिलो ‘ग्रान्ड प्रोजेक्ट’का रूपमा अगाडि बढाइएको सामुदायिक स्वास्थ्य सेवा परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । डल्लु आवास, स्वयम्भूस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई करिब ७० लाख रुपैयाँ बराबरको आधुनिक मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै यो परियोजना सम्पन्न गरिएको हो ।

निरन्तरता र सहकार्यको उत्कृष्ट उदाहरण
नेतृत्व परिवर्तन भए पनि सामाजिक सेवाको उद्देश्य र संस्थागत प्रतिबद्धता कसरी निरन्तर रहन्छ भन्ने यो परियोजनाले एक सुन्दर उदाहरण प्रस्तुत गरेको छ । यस परियोजनाको सम्झौता, आवश्यक प्रक्रिया तथा थालनी पूर्वअध्यक्षको कार्यकालमा भएको थियो भने वर्तमान कार्यसमितिको सक्रियतामा यसले पूर्णता पाएको हो । परियोजनाको सफलताले रोटरी परिवारभित्रको आपसी विश्वास, संस्थागत भावना र सहकार्यलाई थप मजबुत बनाएको छ ।

अन्तर्राष्ट्रिय साझेदारी र महत्वपूर्ण सहयोग
यस परियोजनाको मुख्य अन्तर्राष्ट्रिय साझेदारका रूपमा ताइवानको रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट रहेको थियो। ताइवानबाट प्राप्त आधुनिक मेडिकल उपकरण तथा स्वास्थ्य सामग्रीले नेपालका बिरामी तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा प्रत्यक्ष र दीर्घकालीन योगदान पुर्‍याउने विश्वास लिइएको छ। यो सहकार्यले नेपाल र ताइवानबीचको रोटरीमार्फतको मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

त्यसैगरी, रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) का डिष्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्की, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू तथा डिष्ट्रिक्ट परिवारका सम्पूर्ण सहयोगी महानुभावहरूबाट प्राप्त महत्वपूर्ण मार्गदर्शन, समन्वय र सहजीकरणले यो ऐतिहासिक कार्य सफल बन्न पुगेको छ।

योगदानकर्ताहरूप्रति आभार र कृतज्ञता
परियोजनालाई सफल बनाउन अहोरात्र खटिनुहुने निशा थापा, प्रा. डा. बुलन्द थापा (प्राविधिक पक्ष तथा उपकरण पहिचान), वर्तमान अध्यक्ष मञ्जु श्रेष्ठ, इलेक्ट प्रेसिडेन्ट तथा तत्कालीन सचिव दीपक चन्द्र गौतम, पूर्व अध्यक्षहरू र सम्पूर्ण कार्यसमिति तथा सदस्यहरूको भूमिका प्रसंशनीय रहेको छ।

सामुदायिक स्वास्थ्य सेवा परिषद्, डल्लु आवासका अध्यक्ष, पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले परियोजनालाई प्रदान गरेको अपनत्व र समन्वयप्रति आभार प्रकट गर्दै प्राप्त उपकरणहरूको प्रभावकारी उपयोगमार्फत धेरैभन्दा धेरै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने दृढ विश्वास व्यक्त गरिएको छ।

“सेवा निरन्तर रहोस्, सहकार्य अझ बलियो बनोस् र रोटरीको मानवीय भावना अझ व्यापक बन्दै जाओस्” भन्ने मुख्य मर्मकासाथ सम्पन्न यो परियोजना नेपाली स्वास्थ्य सेवा क्षेत्रमा एक माइलखुट्टा सावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय