चर्चित

“पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान पु¥याउँने लक्ष्य सस्थापना भएको राष्ट्रिय खाद्य बैंक लिंं र नेपालका रैथाने कृषि उपज तथा बस्तुहरुको संरक्षण, उत्पादन, प्रर्बद्धन, विस्तार, बजारीकरणका साथै मौलिक ज्ञान र सिपहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले बहु आयामिक क्षेत्रमा काम गर्दै आइरहेको रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बीच नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने र स्वदेशमै रोजगारी सृजनाका लागि कृषि र पर्यटनमा एकीकृत अवधारणा सम्बन्धी योजना कार्यन्वयनमा सहकार्यका लागी हस्ताक्षर भएको छ ।


रैथाने बिउ, बिजन तथा परम्परागत बाली र खेती प्रणाली लोप हुँदै गईरहेका छन् भने हाम्रा मौलिक ज्ञान र सिप समेत लोपोन्मुख अवस्थामा छन् । किसानले उचित मूल्य र उपभोक्ताहरुले गुणस्तरीय वस्तुहरु उपभोग गर्न नपाउने अवस्था सृजना भएको परीप्रेक्षमा रैथाने एग्रि प्रडक्टस् प्रा.लि.। स्थापना गरीएको र राष्ट्रिय खाध बैँकले समेत यस्ता कुराहरुलाई आत्मसाथ गर्दै लान लागेकोले बैँकसँग आँफुहरु सहकार्य गर्न राजी भएको जानकारी गराउदै हुनुहुन्छ रैथाने एग्रि प्रडक्ट्स प्रा।लि।का अध्यक्ष तिलक ढकाल, साथै ढकालले दुवै संस्थाका ज्ञान सिप र विज्ञतालाई जोडेर लादा अझै वृहत्तर गर्न सकिने हुनाले हस्ताक्षर गरीएको जानकारी गराउनुभयो ।
पर्यटन लोभ्याउने विभिन्न प्राकृतिक वातावरण नेपालमा कैँयौँ छन्, ती वातावारणसंगै कृषिलाई समेत जोड्न सकेमा अझ यसले व्यापकता पाउनेमा दुईमत छैन । जुन स्थानमा जे उत्पादन हुन्छ, त्यही उत्पादनलाई कसरी विश्वभरी नै चिनाउने भन्ने खालको कार्यक्रम स्थानीय तहले पनि ल्याउन जरुरी रहेको छ । राष्ट्रिय खाध बैँकमा आँफु पनि जोडिएर कृषि पर्यटनका बिषयहरुमा सुझाव समेत दिँदै आउनुभएको छ, प्राध्यापक डा. जिवनाथ धिताल । धितालले हस्ताक्षर एउटा प्रारम्भिक प्रक्रिया भएकोले भोलीका दिनहरुमा दुवै संस्थाले यस्ता रैथाने वस्तुलाई जोगायन निरन्तर रुपमा लाग्न सुझाउनुभयो ।


उत्पादन बृद्धि गर्ने हेतुले आयातित बिउ बिजन, रासायनिक मल तथा बिषादीहरुको अत्याधिक प्रयोगका कारण कृषि बालीमा रोग ब्याधी र किराको प्रकोप बढेको,माटोको उर्वर शक्तिमा ह्रास आएको, मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । देशको पुूँजी र श्रम पलायनमा न्युनिकरण गर्दै आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको कृषि र पर्यटन क्षेत्रमा एकीकृत बिकासको मोडल तयार गरी कार्यन्वयन गर्न आवश्यक छ । कृषि बिज्ञहरु, कृषि प्रबिधिहरु, सहकारी संस्थाहरु, कृषिमा लगानी गर्न ईक्षुक ब्यक्तिहरुको प्रतक्षय सहभागितामा नेपालको ७७ जिल्लामा र ७५३ वटा स्थानिय तहमा काम गर्ने, उत्पादन, भन्डारण, बिक्री वितरण समेत आफैले गर्ने उद्धेश्यले राष्ट्रिय खाध बैँक स्थापना भएको हो, स्थानिय बिउविजन र रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनको लागि बैँकले रैथाने एग्रि प्रडक्ट्स प्रा।लि। सँग हस्ताक्षर गरेको जानकारी दिनुभयो राष्ट्रिय खाध बैँकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय