चर्चित

सागर नेपाल, सहायक प्रशिक्षक
श्री सेती देवी पञ्चकन्या मा.वि.
कुबिन्ड़े ,सिन्धुपाल्चोक

रासायनिक मलको प्रयोग लामो समयसम्म गर्दा जमिनको उर्बराशक्ति ह्रास बनाउने र अम्लियपना बढ्ने पाइएको छ। खेर जाने जैविक पदार्थ जस्तै खोस्टा, पात, पतिंगर, सुकेका केराका बोट, बनमारा ,मक्कैको डाठ बस्तुहरुलाई थोरै भन्दा थोरै अक्सिजन वा कालो धुवा नआउने गरि टुक्राएर अंगारयुक्त धुलोलाई बायोचार भनिन्छ।यसरि बयोचार “कृषि अंगार “बनाई माटोमा मिसाएमा माटोको अम्लियपना सुधार ल्याउनुको साथै अन्य गुणहरु जस्तै पनि धारणा क्षमता, खाध्यतत्व धारण क्षमता, आदिमा पनि सुधार देखियको छ । यो एउटा परम्परागत प्रविधि पनि हो जसको प्रयोग तरकारी खेति र प्रांगारिक खेतिमा पनि गर्न सकिने प्रसस्त सम्भावना देखिन्छ ।

बायोचारको उपयोग
बायोचारको उपयोग धेरै प्रयोजनमा हुने गरेको भय पनि माटोको गुणस्तर सुधारका लागि प्रयोग गर्ने उद्देश्यले यसको उत्पादन हुने गरेको छ । बायोचार बनाउदा कच्चा पदार्थको प्रकार, पोल्ने बिधि र तापक्रमको मात्राले यसको गुर्णस्तर निर्धारण गर्ने हुन्छ । माटोको गुणस्तर सुधार गर्न घरेलु स्तरमा बा योचार बनाउन प्रयोग गरियको सामग्री अनुसार त्यसको फरक फरक गुण हुन सक्दछ । तर माटोको गुणस्तर सुधार गर्न सामान्यतया जुनसुकै विधिले तयार गरेको बायोचार पनि उत्तिकै प्रभावकारी हुने हुदा यसमा चिन्ता लिन नपर्ने हुन्छ। बायोचारले माटोको गुणस्तर सुधार गर्न उत्प्रेरकको भूमिका निर्वाहा गर्दछ तर यो मल भने होइन र मलामे गर्ने काम एसले गर्दैन । एकपटक माटोमा हालेको बयोचार्ले दशौ बर्षौसम्म काम गर्ने हुनाले मल जस्तो बारम्बार हाली रहन पर्दैन ।

बायोचारको महत्व
बयोचार माटोमा गलेर वा सादर जादैन, एकैपटक वा अलिकति पुग्ने गरि हाल्दा पनि धेरै समय सम्म पुने हुन्छ । यो बायोचार प्रयोग गरेपछि क्रमशस् माटोलाई खुकुलो, ओसिलो बनाउने र माटोलाई अम्लीयपनाको समस्याबाट बचाईरहन भूमिका खेल्दछ । बयोचार संगै यसको कच्चा पदार्थमा रहेको पोषक तत्व र सुक्ष्म तत्व पनि माटो मा जाने हुनले प्रयोग पछी लगतै लगाइने बालि उत्पादनमा यसको आसर उलेख्य देख्न सकिन्छ । बयोचारमा पाइने खाद्यतत्वहरु कार्बन, हाइड्रोजन, अक्सिजन, सल्फर , पोटास र धेरै नाइट्रोजन तत्वहरु पाइन्छन् । बायोचारमा पाइने खाद्यतात्वहरु यसमा प्रयोग भएका बस्तुहरुमा आधारित हुन्छन । बयोचार माटोमा राखिने बस्तु हो जसमा प्रसस्त मात्रामा छिद्र र पानी सोस्न सक्ने क्षमता भयको र यसले माटोको आयतन पनि बढाइ दिन्छ ।

नेपालको पहाडी क्षेत्रमा अधिकांश खेतबारीको माटो अत्यधिक मात्रामा आम्लीय र सुक्खापनको समस्याले ग्रस्त छ । माटोमा हुनपर्ने न्यूनतम प्रांगारिक पदार्थको कमीले मल र पानीले मात्र राम्रो उत्पादन हुन नसक्ने प्रस्ट भईसकेको छ ।बनस्पति जन्य पदार्थको कोषमा रहेको तरल पदार्थलाई पोलेर खान्याय्पछी त्यहा खाली प्वाल बाकि रहन्छन् । छिप्पियको पिरौलाको पानिमा कोष र आन्य पोषक तत्वहरु भरिन्छन् ।बायोचारका यस्ता कण वरिपरी बिरुवाको जरा फैलन थाल्दछ र यिनै पोषकतत्व ऍबम ओसिलो वातावरणले छिटो बृदि हुन्छ । बायोचारका यस्ता जालियुक्त कणले त्यहाँ प्रयोग भएका मलमा हुने पोषक तत्वहरुलाई पानी सोसेर वा जेलेर राख्ने हुदा मल पानी संगै बगेर खेर जाने समस्या पनि कम हुन्छ ।

 

बायोचार बनाउने तरिका
यो बनाउन खास्सै गारो छैन । सामान्य किसिमको खाल्डो वा कुनैं फलामको भाडो चाहिने हुदा निम्न बस्तुहरुलाई बयोचार्को लागि प्रयोग गरि निम्न अनुसार बनाउन सकिन्छ ।
-२/३ मिटर लामो र १ मिट गहिरो खाल्डो खन्ने र चिम्ट्याइलो माटोले राम्रो सँग लिप्ने
-खाल्डोको सट्टामा फलामको ड्रम पनि प्रयोग गर्न सकिन्न्छ , प्लयास्टिकको ड्रम प्रयोग गर्न हुदैन । यदि प्रयोग गर्यो भने डड्छ ।
– पर्याप्त मात्रामा पात , पतिंगर , बनस्पतिका झिजाहर आदि एकै ठाउँमा बटुल्ने । खेर गएका हाड खोडलाई पनि ति बटुलेको सामग्री सँग मिसाउन सकिन्छ ।
– बटुलेका सामाग्रीहरु खाल्डोमा वा फलामको ड्रममा हाली आगो लगाउने अनि थप्दै जाने
– आगोको ज्वाला हुने गरि बाल्ने । कार्बन उडेर धुवाँ आएको हुन हुदैन । त्यसका लागि होम हाले जस्तो गरि थोरै थोरै रुख बिरुवाका बाल्ने चिजहर थप्दै जाने ।
– सबै पत्पतिंगर आगोले पाकेपछि, खरानी हुनुभन्दा आगाडी निभाउने ।आगो निभाउन पानी वा मसिनो धुलो माटो प्रयोग गर्न सकिन्छ ।आगो निभे पछी जलेका बस्तुहरु बायोचारमा परिणत हुन्छन् । हाडखोडको प्रयोग गरियको छ भने पानीले निभाउन उपुक्त हुन्छ ।
– बायोचार  बनाईसकेपछी खाडललाई २४ घण्टा माटोले छोपेर राख्ने ।
-बिरुवा रोप्न तयार गरेको खाडलमा वा खेत बारीमा बयोचार र आन्य प्रांगारिक पदार्थको प्रायोग गरि बिरुवा रोप्न सकिन्छ ।
कम लागतमा खाडल खानी तयार गरियको बायोचार गहुत वा मनाबमुत्र मिसाएर बोटबिरुवामा प्रयोग गर्दा निकै नै राम्रो मानिन्छ ।

लेखक सागर नेपाल श्री सेती देवी पञ्चकन्या मा.वि.कुबिन्ड़े ,सिन्धुपाल्चोकमा सहायक प्रशिक्षकको रुपमा समेत रहेका छन् उनले विभिन्न संचार माध्यमहरुमा समेत बेला बेलामा आफ्ना लेखहरु प्रकाशन समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय