बिगत ११ बर्षदेखी कृषि र कृषकमा समर्पित नारा बोकेर विशेष गरी कृषि क्षेत्रको संचारमा उदाएको एग्रो टाइम्स मासिक पत्रिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ बर्षसम्म (आ.व. २०८०/८१ ) सम्म निशुल्क एग्रो टाइम्स पत्रिका उपलब्ध गराउने घोषणा गरेको छ । एग्रो टाइम्स मिडिया नेटवर्कका संस्थापक तथा निर्देशक अशिम सापकोटाले आविष्कार केन्द्रकै कार्यालयमा पुगेर सो घोषणा गरेका हुन् ।
आविष्कार केन्द्रले कृषिका प्रविधि तथा यान्त्रीकरणको उत्पादन तथा प्रसारमा अतुलनीय योगदान दिइरहेको र केन्द्रमा आँउने आगन्तुकहरुलाई कृषिका सम्भावना, बजार लगायतका बिषयमा प्रकाशन पत्रिका काम लाग्ने हुनाले र युवाहरुलाई समेत जागरण ल्याउदै गरेको केन्द्रमा अवलोकन गर्न आँउनेहरुलाई ज्ञान समेत आर्जन गर्न सकिने भएकोले यसरी आविष्कार केन्द्रलाई निशुल्क बार्षिक ग्राहक स्वरुप पत्रिका उपलब्ध गराउन लागिएको सापकोटाले बताए, साथै सापकोटाले आवश्यकता अनुसार हरेक महिना राष्ट्रिय आविष्कार केन्द्रका सुचना सन्देशका कुराहरुलाई समेत उच्च महत्व दिएर निशुल्क रुपमा प्रसार समेत गरिदिने बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले अब केन्द्रले किसानमैत्री प्रविधि र यन्त्रहरु बनाउन लागिरहेको र सरकारले समेत जिम्मा दिएको विरगन्ज औजार उधोगको स्तरलाई बढाउन आँफु लागिरहेको बताए ।









