मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५ ओटा कृषि संरचनाहरुको सुरुवात गर्दैछ । कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालले होटल रेडिसन, लाजिम्पाटमा ५ ओटा कृषि संरचनाहरुको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा कृषि संरचनाहरुको उदघाटन गरिएको थियो । मुक्तिनाथ कृषि कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना अर्थात भिजन २०८५ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्राय रहेको छ ।

५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा उद्घाटन समेत गरिएको थियो ।
-इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु
– स्याङजा र चितवनमा अवस्थित फार्म उत्कृष्टता केन्द्र
-कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र
-कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर
-आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप”
कार्यक्रममा स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै, कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।
सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसंग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रौ पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कृषि तथा पशुपन्छि विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन सुगारीका के.सी. ले गरेकि थिइन् ।

मुक्तिनाथ कृषि कम्पनी लि “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।
कम्पनीका संचालक सिताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषि कम्पनी जस्ता कृषि क्षेत्रमा कार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रवद्र्धन र नियमन गर्नु पर्नेमा जोड दिँदै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागी ज्यूहरुलाई धन्यवाद दिएका थिए । साथै उनले आगामी दिनमा कृषि क्षेत्रमा उल्लेख्य योगदान दिन सहकार्यको लागि आह्वान समेत गरेका थिए ।









