चर्चित

पछिल्लो समय नेपालका ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पुर्याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो भन्नेहरु पनि छन्, त्यसो त यतिमात्र नभएर होमस्टेको छुट्टै विशेषता छ, आनन्द छ अनी महत्व पनि बेग्लै छ । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिने कुराहरु पनि भए नै । बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई समेत होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानिय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । नेपाल सरकारले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने उद्धेश्यले होमस्टे संचालन कार्यविधि, २०६७ जारी गरेपश्चात यसको जागरण फैलँदो क्रममै रहको छ । निजी क्षेत्रको होमस्टे संचालक संवद्धहरुको छाता संगठनको रुपमा रहेको होमस्टे महासंघले समेत यसमा संलग्न सबैमा स्तर वृद्धि गर्ने देखी सम्भावनाहरुको जागरण ल्याँउनको लागि व्यवसायीहरुको आवाजलाई थप बुलंद गर्न लागिरहेको छ । हामीले नेपालमा होमस्टेको हालको अवस्था, सरकारले थप गर्नुपर्ने सहयोग तथा यसलाई कसरी वृहत्तर बनाउन सकिन्छ भनी नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष तथा होमस्टे महासँघका समेत कोषाध्यक्ष सुरज बास्तोला संग केही कुराकानी गरेका छौँ, प्रस्तुत छ सोही कुराकानीको संपादित अंश :

नेपालमा होमस्टेको विस्तार बढिरहेको नै छ, तर अझै यो क्षेत्रले भनेजस्तो गति चाँहि किन लिन सकेन ?

नेपाल पृथ्वीको भुस्वर्ग हो, नेपालका हरेक गांउ बस्ती र समुदाय पर्यटक लोभ्याउने आर्कषण बोकेका छन् । त्यसैले नेपालमा दिनानुदिन होमस्टे खोल्ने क्रम बढीरहेको स्वभाविक नै हो स्थानीय जनताले स्वदेशमै बस्छु, आफ्नै परिवारको साथमा, आफ्नै स्थानीय रैथाने उत्पादनका साथै कला र संकृतीको जोर्गेणा गर्दे जिवनस्तर उकास्ने कार्य गर्न चाहनु राम्रो कुरा थियो तर विडम्बना वि.स. २०६७ बाट संस्थागत रुपमा सुरु भएको होमस्टे पर्यटनलाई नेपालको राजनैतिक अस्थिरता, महाविनाशकारी भुकम्प, नाकाबन्दी, कोभिड जस्ता कारणले गर्दा हिजोको दिनमा सोचेजस्तो परिणाम दिन सकेन । भने आज सुचना प्रविधिको विश्वव्यापिकरण युगमा हाम्रा सुदुर पुर्व देखी सुदुर पश्चिम सम्मका दुर दराजका होमस्टेकर्मी साथिहरुको प्रविधिमा पहुँच नपुगेका कारण होमस्टेले आशातित गति लिन नसकेकै हो ।

हुन त विकसित देशहरुमा समेत ग्रामिण अर्थतन्त्र उकास्ने, शहर र गाँउलाई जोड्ने बलियो संवाहककै रुपमा होमस्टेलाई लिएर लगानी गरेको पाइन्छ, नेपालमा होमस्टेको स्तर कस्तो छ र स्थानिय सरकारको यसमा नजर कस्तो परिहरेको पाँउनुभएको छ ?

नेपालको सन्दर्भमा नढाँटिकन भन्नुपर्दा होडिङ्ग बोर्ड मात्रका त्यो पनि निजि होमस्टेले साच्चिकैका निजि तथा सामुदायिक होमस्टेहरुलाई मार परेका छन् । जस्ले गर्दा होटल एण्ड होमस्टे लेखेको ठाँउको होमस्टेमा बसेको पर्यटकले कस्तो सन्देश ल्यैजाला । आज साच्चैनै नेपाल सरकारको होमस्टे संचालन निर्देशिका २०६७ बमोजिम दर्ता भै संचालित होमस्टेहरु क, ख र ग वर्गमा स्तर निर्धारण गर्न योग्य भैसकेका छन् तर कस्ले गर्ने हामिले गरेर हुदैन राज्यले गर्नुपर्ने गर्दैन तर हाल स्थानीय सरकारको चासो भने होमस्टेमा देखिएको छ, होमस्टे पूर्वाधार विकासमा सहयोग नपुगेको होईन यस्मा पनि विकृती भने मौलाई रहेको पाईन्छ जस्तो की विना सम्भाव्यता हचुवाको भरमा पहुँचको आधारमा र भोट बैंकको लागि पनि होमस्टेहरु खुलाईएका छन अली अली बजेट दियो, सिरक डस्ना वितरण गर्यो, फोटो खिच्यो बस !

संघ स्थापनापछि सम्झनलायक के कस्ता कामहरु सम्पन्न गर्नुभयो त त्यसो भए ?

राज्यले २०६७ को कार्यविधी बनाईदियो, अझ राम्रोसंग भन्नुपर्दा होमस्टे जन्माईदियो पालन पोषण नगरेकै कारण तारा गाँउ विकास समितीले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठी २०७० मा हामि होमस्टे संचालकहरुको बलबुतामा होमस्टे एशोसिएसन नेपालको स्थापना भए पश्चात मात्र नेपालका होमस्टेहरुको पालन पोषण सुरु भएको हो र होमस्टे एशोसिएसनको पहलकदमी स्वरुप तारा गाँउ विकास समितीले पनि आफ्नो सिमित स्रोत साधन प्रयोग गरेरै भए पनि आजसम्म धान्दै आईरहेका छौ । जब होमस्टे एशोसिएसन नेपाल हुदै गाभर सम्मेलन २०७८ बाट होमस्टे महासंघको रुपमा आजसम्म आईपुग्दा नेपालका ६८ जिल्लामा करिव १५०० को हाराहारीमा होमस्टेहरु संचालनमा रहेका छन् । आज होमस्टे महासंघको संरचना केन्द्रिय, प्रदेश स्तरीय, जिल्ला स्तारीय र पालिका स्तर सम्मको बनाई नेपालका बास्तविक होमस्टेहरुको क्षमता अभिवृद्धी, पूर्वाधार विकास जस्ता कार्यहरुमा राज्यका तततत निकायहरुलाई झझकाउने कार्य महासंघले गरिरहेको छ भने हरेको वर्ष आयोजना गर्ने राष्ट्रिय स्तरका कार्यशाला गोष्ठिहरुले पनि नेपालका होमस्टेहरुको समस्या पहिचान गरी सुल्झ्याउन मद्दत पु¥याईरहेको छ । अझ भन्नुपर्दा होमस्टे महासंघको स्थानीय पालिका गठन भएका महासंघहरु भने बढी चलायमान देखिएका छन ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका होमस्टेको प्रसार गर्न महासंघले समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता अनुरुप के–के गर्दैछ त ?

मैले अगाडी पनि भनेको थिए आज सुचना प्रविधिको विश्वव्यापिकरण युगमा हाम्रा सुदुर पुर्व देखी सुदुर पश्चिम सम्मका दुर दराजका होमस्टेकर्मी साथिहरुको प्रविधिमा पहुँच नपुगेका कारण होमस्टेले अन्र्तराष्ट्रिय स्तरमा आशातित गति लिन नसकेकै हो, यसै कुरालाई मध्यनजर गर्दै नेपालका होमस्टेहरुको राज्यकै तर्फबाट स्रोत साधन सहितको होमस्टे सुचना सेन्टर निर्माण गरी युग सुहाउदो प्रचार प्रसार गर्ने गराउने तर्फ महासंघ लागि परेको छ ।

वैदेशिक रोजगारमा जाने तथा बसाई सरेर शहर र तराई झर्नेहरुलाई होमस्टे अभियानले गाँउ फर्काउन सक्ला त ?  यसमा महासंघले गर्न सक्ने र सरकारले के–के गरिदियो भने यो अभियान साँच्चि नै सफल बन्छ त ?

पक्कै कस्लाई रहर होला र आफ्नो जन्मथलो छाडी अन्यन्त्र जान, आफ्नै ठाँउमा केही गरौ श्रमजिवी वर्गको सम्मान छैन, श्रमको मूल्य छैन्, केवल विचौलियालाई मात्र सम्मान अनि मूल्य दिईन्छ । त्यसै कारण मानिस अवसरको खोजीमा भौतारी रहेको छ । यसर्थ होमस्टे महासंघले नेपालका दुर दराजका होमस्टेहरुको उजागर गरेको वास्तविक समस्याहरु राज्यले सम्बोधन गर्ने मात्र हो भने हाम्रा गाँउघरका बा आमाहरु छोरा छोरीहरुको साथमा नाति नातिना खेलाउदै देश विदेशका पर्यटकहरु संगै गफ गाफ गर्दै हुनेथिए र यसरी तीन पुस्ता एउटै छानामुनीको आत्मीयता देख्ता नेपालको ग्रामिण होमस्टे पर्यटन विश्वको लागि एक नमुना कार्यक्रमको रुपमा सफल हुने थियो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

भन्नुपर्ने, गर्नुपर्ने धेरै छन तर संक्षिप्तमा भन्नुपर्दा पर्यटकीय सम्भावना बोकेका ठाँउहरुमा होमस्टे पर्यटन को विकास एवं विस्तार गर्ने हो भने स्थानीय जनताको आर्थिक स्तर मात्र वृद्धी नभई क्षमता अभिवृद्धी, लैगिंक समानता, महिला संशत्तिकरण, चेतनाको विकास, सरसफाई, स्थानीय रैथाने उत्पादनमा वृद्धी, कला, संस्कृती र प्रकृतिको संरक्षण, सांस्कृतिक आदन प्रदान, पूर्वाधारहरुको विकास एवं विस्तार जस्ता कार्य आफसे आफ अगाडी बढ्ने कुरामा दुई मत रहदैन जस्का लागि दुरदृष्टि भएको स्थीर पर्यटनमैत्री सरकारको खाँचो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय