चर्चित

तोयनाथ तिवारी
बाल अधिकार अभियन्ता
काभ्रेपलाञ्चोक मण्डन देउपुर ९
हाल कामपा ७

आमा हौ तिमी ममताको खानी
आफ्नो कोखमा नौ महिना राखि यो संसार देखायौ
आफ्नो दुधरूपि अमृत खुवायौ
कयौं रात आँखा झिमिक्क नगरी बितायौ
आफ्नो दुख सुख छोरा छोरी लागि हेरेर बितायौ
अमृत रूपि बांँडी बोल्न सिकायौ
आफ्नो दुख थकान र बेदना
बालबच्चा लागि हेरेर मेटायौ
बालबालिकाको हातसमाई हिड्न सिकायौ
शिक्षाको प्रकाश लिनलागि बिध्यालय पुर्यायौ
साना बाल बालकालाई मायाँ गर्न सिकायौ
ठुला मान्छे लागि आदर र सम्मा गर्न सिकायौ
आफ्नो धर्म सँकृति अनुसार पाठ पुजार र
नैतिक शिक्षाको बारेमा सिकायौ
घरमा आउने जोसुकै पाउनाहरूलागि
पाहुना हरू देवता सरिहन् भनेर
इज्जत मान मर्यादा गर्न सिकायौ
बिहान उठे बित्तिकै धर्ती माता ,शुर्यदेव,र आफुभन्दा ठुलालागि ढोग्न सिकायौ
नैतिक शिक्षा नै मानव जातिको मेरूदन्ड हो
भनेर बाल बालिकालाई सिकायौ
बालबच्चा ले यसो सानो केहिगरेको देख्दा
खुसिले प्रफुल्ल भयौ छोरा छोरीको प्रगतिदेख्दा
आफ्नो भोक,तिर्खा सबै मेटायौ
छोरा छोरी लागि सानो तिनो बिरामी हुदा दिनरात आँसुको धाराले सिरानी भिजायौ
कैयौं दिन छोर छोरी लागि खुवायौ
आफू भोक भोकै निदायौ
मेरो सर्वस्व यही छोरा छोरी हो , भनेर बितायौ
मेरो सर्वस्व यही छोरा छोरी हो , भनेर बितायौ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय