चर्चित

विश्व बन्धुत्व दिवसको अवसरमा तथा राजयोगिनी दादी प्रकाशमणिजीको १८ औं पुण्य तिथि स्मरणमा एक विशाल रक्तदान अभियान आयोजना गरिँदैछ।

उक्त अभियानमा वडा कार्यालय वडा नम्बर १८ र २५ बैसेपाटी, लायन्स क्लब अफ काठमाडौं गतिशील र मिथिला सिटी, सञ्जना महिला समूह, पुरानो बानेश्वर टोल बासी संस्था, समाधान समाज लगनखेल, ब्लड डोनर्स एसोसिएशन नेपाल (ललितपुर जिल्ला शाखा), हाम्री धराह, मकालु बेभरेज प्रा.लि., प्रगति युथ क्लब बैसेपाटी तथा राम नारायण साह कलवार फाउण्डेशन लगायतका संस्थाहरूको सहकार्य रहनेछ।

कार्यक्रमलाई कात्तिपुर रक्तसञ्चार सेवा, त्रिपुरेश्वरले प्राविधिक सहयोग गर्नेछ भने मिडिया पार्टनरका रूपमा भिजन न्यूज नेपाल र एग्रो टाइम्स मिडिया नेटवर्क प्रा.लि. संलग्न हुनेछन्।

आयोजकका अनुसार रक्तदान अभियानमा स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। यस अभियानमार्फत समाजमा मानवता, सेवा र सहयोगको सन्देश फैलाउन सकिने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय