चर्चित

नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले गरेको अन्वेषणमा यस्तो तथ्य पत्ता लागेको वैज्ञानिक डा. राम खड्काले जानकारी दिए । वैज्ञानिकहरु सुरज वैद्य र खड्कासहितको टोलीलले साउन १० गते शंकास्पद लक्षण पछि एक किसानको फार्मको केरामा लागेको रोगको नमूना काठमाडौं ल्याएर जाँच गरेको थियो ।

काठमाडौंमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा केरामा लाग्ने पुरानो रोग ‘पानामा’ को नयाँ प्रजातिको लक्षण देखिएपछि वैज्ञानिकहरुले त्यसको जाँच सिङ्गापुरमा गराएका थिए । सिङ्गापुरबाट १ भदौमा आएको प्रयोगशाला रिपोर्टमा ‘पानामा टीआर–फोर’ रोग पुष्टि भएको डा. खड्काले बताए । ‘हामीले १० साउनबाट थालेको अध्यायनको नतिजाले नेपालको जी–नाइन’ प्रजातिको केरालाई बिनासै गर्न सक्ने ‘पानामा टीआर–फोर’ रोग नेपालमा भित्रिएको पुष्टि भएको छ,’ उनले भने ।

रोग पुष्टि भएपछि कैलालीका ती किसानलाई रोगबारे बताइएको र सरकारी नियकालाई पनि जानकारी गराइएको नार्कले जनाएको छ । नार्कको काम अन्वेषणात्मक भएका कारण यसबारे विस्तृतमा जानकारी दिएर देशैभरका सरकारी निकाय र कृषकलाई सूचित गर्ने तयारी गरिएको पनि डा. खड्काले बताए ।
तर, नेपालको केरा जोखाउने हो भने तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्ने र त्यहाँबाट प्लान्ट प्रजाातिको ओसार पार तथा मानविय गतिविधि रोक्नु पर्ने वैज्ञानिकहरुले बताएका छन् ।सरकारले यसबारे बेलैमा कदम नचाले यो रोगले भयवह अवस्था सृजना गर्ने वैज्ञानिकहरुको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय