चर्चित

सागर बिष्ट,कंचनपुर-बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको आ।व। २०७७र७८ को स्वीकृत कार्यक्रम अनुसार सुदुर पश्चिम् प्रदेशका ३ जिल्लामा सुन्तलाजातका फलफूल बगैंचा पुन स्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रमको दोस्रो चरण अन्तर्गत सुन्तलाजातका फलफूल बगैंचा व्यवस्थापन सम्बन्धि तालिम तथा प्रविधि सामाग्री हस्तान्तरण कार्यक्रम हुने हरेक जिल्लामा ३ दिन बिहान् १० बजे देखि साझ ३ बजे सम्म तपशिलको मिति र स्थानमा हुने जानकारी बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरका सूचना अधिकारी अम्बादत्त बिष्टले जानकारी दिए ।

तपशिल
१- डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ७ मा यहि चैत्र २४, २५ र २६ गते
२- अछाम जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ४ मा यहि चैत्र २८, २९ र ३० गते
३- डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर ५ मा २०७८ साल वैशाख २, ३ र ४ गते

त्यस्तै बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरका कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार यो तालिमले बगैंचा पुन स्थापना हुने, ह्रास रोग नियन्त्रण हुने, कृषकको क्षमता अभिवृद्धि हुनुका साथै सुन्तलाजातका फलफूलको उत्पादनमा वृद्धि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय