यो प्रकृतिको सन्तुलन र बनावट आफैमा रहस्यमय छ । समय र परिस्थिती संगै आपसमा सबै पक्षहरु सन्तुलन हुनु र अस्तित्व कायम रहनु प्राकृतिक विशेषता नै हो । सन्दर्भ जोडेर भन्नू पर्दा पर परागसेचन हुने बिरुवाहरुको लागि अर्थात भाले र पोथी प्रजनन अंगहरु केही दुरिले छुट्टिएको बिरुवाहरुको लागि प्रकृतिले नै पराग एजेन्टहरु परिचालन गरेको हुन्छ । त्यस्ता बिरुवाहरुमा परागसेचन भएर अस्तित्व कायम राख्नको लागि हावा, चराहरु, किराहरु लगाएत अन्य जीवहरुले प्रत्यक्ष अर्थात अप्रत्यक्ष रुपमा सहयोग पुर्याइरहेका हुन्छन ।

जसमध्ये लहरे बाली अर्थात कुकुर्बिट परिवार अन्तरगत पर्ने बिरुवाहरुमा मुख्यतया पर परागसेचन हुने गर्दछ ।
बर्खायाममा पर परागसेचन गर्न प्रसस्त मात्रामा किराहरुको अभाव एवम् अन्य पराग एजेन्टहरुको अभाव हुने भएकाले काक्रो, घिरौला, फर्सी जस्ता बालिहरुमा फल लाग्ने बित्तिकै कुहिएर जाने समस्या देखा पर्दछ । उक्त समस्या समाधान गर्न किर्तिम परागसेचन अर्थात आफ्नै हातको सहायताले निम्न अनुसार परागसेचन गराउन सकिन्छ ।

१- सबै भन्दा पहिले भाले र पोथी फुलको पहिचान गर्नु जरुरी हुन्छ । पोथी फुल टुसाएसंगै यसले अन्डासय अर्थात पोथी प्रजनन भाग बोकेर ल्याएको हुन्छ । अर्थात पोथी फुलको सतह संगै सानो फल पनि टुसाएको हुन्छ ्र जो भाले युग्मक अर्थात परागकण पाएन भने केही समयमै सुकेर अर्थात कुहिएर जाने गर्छ । भाले फुलले सुरुवाती क्रममै पुस्पदल एवं पत्रदल बोकेर ल्याएको हुन्छ भने सानो फल आकृती देखिदैन ।

२- कृत्रिम गर्बाधान गर्नको लागि भाले अङ्ग अर्थात पुंकेसर मा भएको परागकणहरु सानो ब्रसको सहायताले लिने र स्त्रीकेशरको टुप्पोमा लगाउने जसले गर्दा परागसेचन हुन्छ र केही समयमै गर्बाधान हुने गर्दछ ।
३- कृत्रिम गर्बधान गर्दा अन्डासय अर्थात सानो फल आकृतिलाइ कुनै चोटपटक लाग्न दिनु हुदैन र एउटै भाले फुलले धेरै पोथी फुललाइ परागसेचन गराउन सकिन्छ ।
४- यस प्रकृयाबाट फलहरु सानै मा कुहिने, सुक्ने अर्थात झर्ने समस्याबाट मुक्ती पाउन सकिन्छ ।
कृषि विज्ञ राजेन्द्र देवकोटाले कृषि बिकाश प्रबिधि र उधम का लागि सहकार्य फेसबुक ग्रूपमा पोष्ट गरेको सामाग्री









