चर्चित

गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा हो । यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन ्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता थोप्ला थोप्लाले भरिएको हुन्छ । यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन् । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन ्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन ्। फलहरू गुदीदार हुन्छन्, र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् । नेपालमा गुर्जो प्रायसबै स्थानमा पाहीछ । यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ । हाँगाको कलमीबाट डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छ ।

यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन ÷ चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ । यसरी सार्दाको समय असार ÷ श्रावणमा उचित समय मानिन्छ । वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ ।
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन ्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हुने गरी काटेर सुकाइन्छ।

यसको उपयोगी लहरा वा डाँठ हो । यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ कोरणा सग लडन सकने लगायतका रोगहरूमा उपयोगमनियको छ वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन ।
विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । कुनै उपचार पद्धतिको विकास पुर्णरूपमा नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ । तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ ।

आयुर्वेदका ज्ञाता मानिनुहुने बालकृष्ण आचायले पनी गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्नुहुन्छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ । पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ भननु हून्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ । यति बेला विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । कुनै उपचार पद्धति विकास भइसकेको छैन । अर्कोतर्फ नेपालको प्राचीन उपचार पद्धति आधुनिक जमानामा पनि उत्तिकै लोकप्रिय छ । यहाँको औषधीय जडीबुटीसहितको खानपान र रहनसहन लाई सरकारले पछिल्लो समय कोरोनाबाट बच्ने पहिलो प्राथमिकता भनेको छ । त्यस कारण पनी हामी सबैले गुर्जाे रोपउ र सही तरीकाले सको प्रयोग गरौ ।

लेखक रामप्रसाद गौतम न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँका संस्थापक समेत रहेका छन्, गौतमले लामो समयदेखी कृषि वन, कृषि जडिबुटी र फलफुलको क्षेत्रमा समेत काम गर्दै आएका छन्, लेखकसम्ग केही परामर्श या यो लेखमा भएका कुराहरुमा कुनै दुविधा भएमा समेत यो नम्बरमा ९८५११५९६३० सिधै फोन सम्पर्क गरेर समेत परामर्श लिन सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय