रामप्रसाद गौतम
संस्थापक, न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँ
नेपालको उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा ३२०० देखि ३७०० मीट÷सम्मको उचाईमा पाइने एक प्रकारको जडिबुटी अतिस हो । हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको अतिस जडिबुटी प्राचीन कालदेखि औषधिको रूपमा प्रयोगमा आउने गरेको जडिबुटी हो । यो ३ मीटर सम्म अग्लो हुने पत्झार वर्गको बहुवर्षीय वनसपति हो यसको पात ४ देखि ५ खण्डमा फाटेको प्रत्येक खण्ड अझ बढि फाटेको, ५ देखि १०सेएमी गोलाइको, तल्लो पातमा भेट्ना भएको र माथिल्लो पातमा भेट्ना नभएको हुन्छ माथि तिरको पातमा धेरै खण्ड हुँदैन . फुल हल्का झुस भएको, गाढा निलो हुन्छ । प्रत्येक खण्ड अझ बढी फाटेको, ५ देखि १० से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै खण्ड हुँदैन । फूल हल्का झुस भएको, गाढा निलो रंगको हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन् ।
फुल जेठ असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ यसको सङ्कलन गानोको सङ्कलन फल पाकेपछि कार्तिक देखि मंसिर सम्ममा गर्नुपर्छ जराको सवाद तितो हुन्छ यो गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ यो दाँत दुख्दा तथा क्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ ।
यस्तो किसिमको जडिबुटी हामी ल हिमालीे भेगमा जतात्यतै देख्न सक्छौं । तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं । एकातर्फ हामी यस्ता जडिबुटी लाई गाईबस्तुको घाँसको रुपमा प्रयोग गरिरहेका हुन्छौं हामीले प्रयोग गर्ने औषधिको लागि हामी हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छाैं । रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि नै किन नहोस् । जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ यसको धेरै व्यापार हुने पनि गरेको छ । यस्तो गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ
यो झार वर्गमा पर्ने बहुवर्षिय वनस्पति हो । यसैलाई कतै कतै अतिसजरा पनि भन्ने गरिन्छ ।

कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिन्छ । यस बाहेक यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचारकोे रुपमा प्रयोग गरिने छ ।यसको गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ । अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ । यो दाँत दुख्दा तथा रक्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ । कालकूट प्रजातिका धेरै बिरुवाहरु विषालु हुने भएकोले यसको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्छ र यकीन नभईकन कहिलै पनि प्रयोग गर्नुहुँदैन ।
लेखक रामप्रसाद गौतम न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँका संस्थापक समेत रहेका छन्, गौतमले लामो समयदेखी कृषि वन, कृषि जडिबुटी र फलफुलको क्षेत्रमा समेत काम गर्दै आएका छन्, लेखकसम्ग केही परामर्श या यो लेखमा भएका कुराहरुमा कुनै दुविधा भएमा समेत यो नम्बरमा ९८५११५९६३० सिधै फोन सम्पर्क गरेर समेत परामर्श लिन सक्नुहुनेछ ।









