रामप्रसाद गौतम
संस्थापक, न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँ
सुगन्धवाल बहुवर्षीय झार वर्गको वनस्पति हो नेपालको १,००० देखि ३,००० मिटरसम्मको उचाइ भएको चिसो, सेपिलो र ओसिलो ठाउँमा पाइने सुगन्धवाल हामीहरुले पहिचान गर्न नसक्दा फलेर खेर गइरहेको छ । यो प्राय ओखर, कटुस, बेडुलो, दुधिलो, गोब्रे सल्ला, लेठपाङ्गो, खन्यू, गुराँस, टटेलो, आदिको जंगलमा यो प्रजाति प्रशस्त पाइन्छ । र उत्तरपट्टी फर्केका पाखामा बाह्रै मास छरिएर उम्रिएको पाइन्छन्। स्थानीय नामः समायो, सुगन्धवाल, नक्कपली जटामसी, सिमजडी, भनेर चिनीन्छ यो विरुवा वसन्त ऋतुको आगमन पछि मात्र फुल्दछ । यसको जरा पात तथा वियाँको तेल हाम्रा दैनिक जिवनमा प्रयोगमा ल्याउन सकिन्छ । सुगन्धवालको व्यवसायिक खेती गर्न सके आर्थिक लाभ प्रशस्त लिन सकिनछ । तर, कतै यसको खेती गरिएपनि व्यापक मात्रामात्र व्यवसायिक खेती गर्न सकिएको स्थिति भने छैन् नेपालको मध्य पहाडी र उच्च हिमाली क्षेत्रका ५५देखी ६० जिल्लाहरुमा यो वनस्पति भेटिएको छ । यो बहुवर्षीय झार वर्गको वनस्पति हो । करिव ४५–५० से.मी. अग्लो हुने विरुवाको जमिनमुनिको काण्ड ४.५ से.मी. लामो र २ से.मी. सम्म छोटो हुन्छ । फेदतिरको पात डाँठ मुटु आकारको २.५– से.मी. लामो हुन्छ । पातको छेउ दाँती परेको र घुमेर दबिएको हुन्छ । पातको माथिल्लो पाटामा हल्का रौँहरु हुन्छन् । एउटै फूलमा भाले र पोथी हुन्छ र २०–३० से.मी. लामो फुलको काण्डमा गुजमज्ज परेर फुलेका हुन्छन् । फूलको रंग हल्का रातो वा सेतो हुन्छ । फुल ४ से.मि. लामो हुन्छ १.७–से .मि. लामो पत्र दलको टुप्पो चुच्चो परेको हुन्छ । फल खैरो मसिनो अण्डाकार २.४ से.मि. लामा र १ से .मि. चौडा रौंहरुले ढाकिएको हुनेछ । जमिनमुनिको काण्ड तेर्सो परेको र केही माटो हुन्छ । जसबाट गुजुमुज्ज परेका जराहरु जमिनमुनि गाडिएका हुन्छन् । फललाई सिमलको भुवाजस्तो सेतो रेसाहरुले ढाकेको हुन्छ ।
नर्सरी र प्रसारण
संकलन गरीयको बीउ सुकाएर सफा ठाउँमा राखनु प्रदर्छ । एक हक्टर जग्गामा रोप्नको लागी बेर्ना उत्पादन गर्न अवश्क बीउ लीनु प्रदछ । बीउ छर्नु अगाडि यसलाई १२ देखि १८ घण्टासम्म चीसो पानीमा भिजाउनु पर्दछ । तयारी नर्सरी व्यडमा बीउमा एक भाग बालुवा मिसाएर हल्का छायाँ परेको स्थानमा बीउ सुकाउनी र नर्सरी व्याडमा बीउ फाल्गुन – चैत्र महिनामा र्छनु प्रछ । बेर्ना तीन महिनाको भएपछि नर्सरीबाट फिल्डमा सार्न उपयुक्त हुन्छ । अवश्यक सावधानी अपनाइ तषारी भयको जमीनाम बीउ बाट बीरूवा तयारी गरी लगेर सारीन्छ भने यसलाइ वानस्पतिक प्रसारण पनि गर्न सकीन्छ ३ देखि ४ से. मि . लामो जरासहितको काण्डको टुक्रा बनाएर चैत्र देखि बैशाखमा । रोपीन्छ टुकैराहरू रोप्दा ५ –८ सेमीको दुरीमा मिलाएर रोपनु पर्दछ । जेठ असार महिना तिर बेर्ना २५ – ३० सेमी लाईनदेखि लाइन र ४० – ५० समेमीको दुरीमा रोप्न सकिन्छ । डाँठ सहितको पातहरुलाई राम्रो सिंचाई भएको ओसिलो नसर्सरी व्याडामा फागुन चैतमा राखन्सकीन्छ ।
हावापानी : समशितोष्ण प्रदेशका पहाडी जग्गामा यो बनस्पति प्राकृतिक रुपमा पाइन्छ । बाँझो पर्ती जग्गा, सामाुदायिक वनको जग्गामा यसको खेती गर्न सकिन्छ । यो प्रजाती हल्का बलौटो, केही ओसिलो र मलिलो माटोमा राम्रो हुर्कन्छ । मोटोको अम्लियपना पिएच ४ – ६ भए राम्रो हुन्छ ।
जग्गाको तयारी : उत्तरी मोहडा फर्केको २० देखि २५ डिग्री भिरालो भएको छायाँदार जग्गामा खेतीका लागि उपयुक्त मानिन्छ । जग्गा तयार गर्दा झार र ढुङ्गाहरु हटाई मिसिनु पारेर जोत खनगरी १० देखि १५ टन प्रति हेक्टरको दरले मल मिसाइ जग्गा तयार गर्ने । भिरालोपन भएको गह्रा आवश्कता अनुसार बनाइन्छ । माटोको अम्लीयगुण अनुसार मल चुना थपघट गरी जग्गा तयार गर्नु प्रछ ।

सिँचाई
शुरुका महिनाहरुमा सिचाई गर्न जरुरी हुन्छ । तत्पश्चात पहिलो वर्षको सख्खा गर्मी मौसममा महिनामा दुईपटक र दास्रो वर्षको सुख्खा मौषममा महिनामा १ पटक आवश्यकता अनुसार सिँचाई गर्न सकिन्छ । सामान्य अवस्थमा दुई महिनामा एकपटक गरिने सिँचाई पर्याप्त हुन्छ । पानी जमेको ठाउँमा जरा र काण्डको राम्रो विकास कुन पाउँदैन । सिँचाई गरिने पानीमा मानिसको मलमुत्र वा रासायनिक पदार्थहरुको मिसावट हुनुहुँदैन् ।
हेरचाहः
जरा र जमिनमुनिको काण्डबाट प्रसारण गएिको बेर्नामा राइजोक्टिमा नामक जरा कुहिने रोग लाग्न सक्छ । जिवातु, नीम, र तितेपातीबाट बनाइएका जैविक विषादिहरु ले रोग किराको नियन्त्रण गर्न सकिन्छ
संकलन
लगाएको दुई वर्षपछि सुगन्धवाल परिपक्व हुन्छ । तर गुणस्तर भएको तेल उत्पादन हुन दुई वर्षभन्दा बढी उमेर भएको विरुवामा अवश्यक प्रदछ । कात्तिक ÷ मंसीरमा जब फेदका पातहरु सुक्छन् र बिउ पनि परिपक्क हुन्छ । यो समयमा संकलन गर्न सकिन्छ यसवेला सकंलन गरिएको जरा र काण्ड हल्का पहेँलो देखिन्छ र यिनीहरु तेलको मात्रा पनि बढि हुन्छ । संकलन गर्ने १५ देखि २० दिन अघि जमिनमाथिको भाग काटेमा जरा र काण्डको विकास राम्रोसँग हुन्छ ।

प्रशोधन र भण्डारण
जरा र काण्डहरुको बजार भाउ राम्रो छ । तीन देखी पाँच सेमी लामो टुक्राहरु जुट वा कपडाको बोरामा प्याकिङ गरी भण्डारण गर्नु पर्दछ । प्रारम्भिक प्रसोधन गर्दा प्रयोग हुने जस्तै पानी, ब्रश जस्ता सामग्री सफा र स्वच्छ हुनुपर्छ । यसैगरी प्याकेजिङ गर्ने झोला, बोरा सफा सुख्खा र रासायनिक वस्तुसँग नमिसिएको हुनुपर्दछ । उत्पादनको गुणस्तरमा प्रभाव पार्न सम्पूर्ण प्रक्रियाको अभिलेख राख्नुपर्दछ । बाहिरबाट हेर्दा गाढा खैरो र काटेर भित्र हेर्दा हल्का पहेँला हुनेगरी सुकानु प्रदछ । झट्ट सुँघ्दा नमिठो बास आउँछ र स्वाद तितो हुन्छ । यस्तो भयको सुगन्धवाल भण्डरण योग्य भयको हून्छ ।
औषधीय गुणहरु दुखाइ कम गर्ने औषधि मेप्रोब्रोमेट जस्तै प्रयोग गर्न सकिन्छ । यसमा भएको कुर्कुमिन भन्ने रसायनले सुन्निने कम गर्छ । यसमा भएको अल्कालोइडले घाउ निको पार्ने, निन्द्रा लगाउने, छारेरोग, रक्तचापलाई ठीक पार्ने र उदासीपन निको पार्न सहयोगी औषधिय गुण भएको सुगन्धवाल सुगन्धित हुनाले सौन्दर्यका स्याम्पु, सेन्ट आदिमा यो सुगन्धवाल प्रयोग गरीनछ ।
लेखक रामप्रसाद गौतम न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँका संस्थापक समेत रहेका छन्, गौतमले लामो समयदेखी कृषि वन, कृषि जडिबुटी र फलफुलको क्षेत्रमा समेत काम गर्दै आएका छन्, लेखकसम्ग केही परामर्श या यो लेखमा भएका कुराहरुमा कुनै दुविधा भएमा समेत यो नम्बरमा ९८५११५९६३० सिधै फोन सम्पर्क गरेर समेत परामर्श लिन सक्नुहुनेछ ।









