यति बेला चर्चा बैजनी आलुको । हो, स्वाभाविक बैजनी वा गाढा निलो बोक्रा र भित्रि भाग पनि उस्तै अर्थात बैजनी वा गाढा निलो हुन्छ । यो आलुमा अन्य आलुहरुमा भन्दा एन्टिआक्सिडन्टहरुको मात्रा उच्च हुने र जसको सेवन पश्चात स्वास्थ्यलाई निकै फाइदा पुग्ने बताइएको छ । यस्ता आलुहरुको अद्वितीय रंगहरू प्राकृतिक रुपमै बैजनी हुन्छन् । यो आलुको सेवनबाट दिर्घायु बन्ने कुरा समेत वैज्ञानिकहरुको दाबी छ । जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सक्षम भएका छन् । टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न फरक किसिमको छ । अनौठो प्रकृतिको यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै हुने समेत वैज्ञानिकहरुको दाबी छ । जसमा अक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ । अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।
प्रस्तुती अशिम सापकोटा









