किङ ओएस्टर आजसम्म अनुसन्धान भएर पत्ता लगाएका च्याउ मध्ये सबैभन्दा ठूलो जातको च्याउ मान्न सकिन्छ । चिन, जापान, कोरिया लगायतका देशमा यसको अत्यधिक मात्रामा प्रयोग गर्ने गरीएको छ र यी देशहरुमा यो च्याउको खेती पनि प्रशस्तै मात्रामा गरीएको पाइन्छ ।
किङ ओएस्टर च्याउको औसत सरदर लम्बाई १० सेमी सम्म हुन्छ । यो च्याउ पकाँउदा पनि पकाउँदा यसको सेफ(आकार) जस्ताको तस्तै देखिन्छ । विभिन्न खालका परीकार बनाउनको लागि यो च्याउ एकदमै राम्रो मानिन्छ ।
स्वाद अनी पौष्टिकताले निपुर्ण च्याउ
स्वादले भरिएको प्रभावकारी पोषणको मात्रा भएको यो च्याउको नेपालमा पनि व्यवसायिक खेती भएको छ । यो च्याउमा बिशेष गरी राइबोफ्लेविन, नाइसिन, प्यान्टोथेनिक एसिड, फोस्फोरस, पोटासियम, तामा, प्रोटीन, थायमिन, भिटामिन बी, फोलेट, फलाम, म्याग्नेसियम, जिंक र म्यागनीजको उत्तम स्रोत श्रोत मानिन्छ भने यसमा संतृप्त बोसो र कोलेस्ट्रोलको मात्रा नगण्य मात्रामा मात्र पाइन्छ जुन स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको छ ।

प्रतिरक्षा शक्ति प्रदान गर्छ
विभिन्न देशमा भएका अध्ययनहरूले ओएस्टर च्याउलाई प्रतिरक्षा शक्तिको बलियो श्राृत हो भनी पुष्टि गरीसकेका छन् । शरीरलाई चाहिने अत्यावश्यक पौष्टिक गुणहरु नै यो च्याउमा पाइने हुनाले यो च्याउको सेवन उत्कृष्ट मानिन्छ । मांसपेशीको दुखाईसँग सम्बन्धित समस्याहरु, कब्जियतसँग सम्बन्धित समस्याहरुको लागि पनि यो च्याउ अत्यन्तै लाभदायक सिद्ध भएको छ ।
कोलस्ट्रोल कम गर्न सहयोग गर्छ
ओएस्टर च्याउको सेवनले कोलस्ट्रोल मात्रा कम गर्नका लागि अत्यन्तै लाभदायक छ । एक अध्ययनका अनुसार खराब कोलेस्ट्रोलको भएका व्यक्तिलाई यो च्याउको सेवन पश्चात वजन पनि कम भएको र खराब कोलेस्ट्रोल पनि क्रमश घट्दै गएको पाइएको थियो, त्यसैले अध्ययन अनुसार यो च्याउलाई कोलस्ट्रोल कम गर्ने पदार्थको रूपमा मानव आहारमा प्रयोग गर्नुपर्ने सुझाव समेत सुझाएको थियो ।

एन्टिअक्सिडन्टको बलियो श्रोत
ओएस्टर च्याउमा एन्टिअक्सिडन्टहरूको उल्लेखनीय स्तर रहेको छ । यसको सेवनले शरीरका विभिन्न कोषहरू स्वस्थ राख्न मद्धत गर्छ । साथै यसको सेवनले रोग प्रतिरोधात्मक प्रणालीलाई वृद्धि गरी शरीरलाई तन्दुरुस्त बनाउँछ । यो च्याउमा एन्टि क्यान्सर गुणहरू पनि पाइने हुनाले स्तन क्यान्सर लगायतका क्यान्सर लाग्नबाट जोगाँउने कुरा समेत विभिन्न अध्ययनहरुले देखाइसकेको छ ।









