रामप्रसाद गौतम
संस्थापक, न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँ
नेपालको हिमाली भेगमा पाहिनी जटामसी ३,००० देखि ४,५०० मिटरसम्मको उचाईमा चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने एक प्रकारको जडिबुटी हो । यसको जरामा जटा जस्तो हुने भएकोले त्यसलाई जटामसी भन्नेको हो । जटामा निकै सुगन्धित तेल र औषधिए गुण भएको पदार्थ जमेर बसेको हुन्छ । यो जमिनभित्र रहने मोटाको े काण्डलाई राता खैरो रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ । डाँठको लम्बाई ७ से.मी. र चौडाई ३ से.मी.को हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तीतो र पिरो हुन्छ । भुईंदेखि नै पलाएर आएको २० से.मी.सम्म लामो र २ से.मी. सम्म चौडा घाँसको जस्तै पात हुने यो जडिबुटीको फूलको एउटै झुप्पा हुन्छ यो जटामसी औषधीय हिसाबले महत्वपूर्ण जडिबुटी हो । शरीरलाई तागत दिने, उत्तेजना, मृगी, छारे रोग, हृदय रोग, कम्पा, अजीर्ण तथा बाल सम्बन्धी आन्द्राको समस्या, पेट दुखेको उपचार, वायु शमन गर्ने, पिशाब सम्बन्धी समस्या र हैजा तथा रजश्वला सम्बन्धी रोग हरूमा यसको महतो पुणा भिमका हुन्छ ।

जटामसीको जरालाई काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने र त्यसपछि घाममा राम्रोसँग सुकाउने र त्यसलाई पिसेर तयार पारिएको धुलोलाई ३÷४ ग्रामको दरमा थोरै वीरेनुन, भुटेको जीरा, पिसेको ज्वानोलाई मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ खानाले अनिन्द्रालाई घटाउँछ । जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ । त्यसै गरी ३÷४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । औषधी रक्त चापका रोगीहरुको लागि उपयोगी हुन्छ । छारे रोगको रोगीहरुको पनि यसको प्रयोगर्नले राम्रो फाइदा गर्छ ।
जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने र उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र अनु हारलाई सुन्दर आकर्षक बनाउँछ । नेपालको उच्च भागमा हिउँ हटेपछि साउन महिनादेखि कार्तिक महिनासम्म जमिन बिस्तारै खनेर बिरुवा पलाउने केही भाग त्यही छोडी त्यसको डाँठ मात्रै टिप्नु प्रछ । त्यसपछि सो जरा र डाँठबाट माटो झारेर यसलाई हावामा राम्ररी सुकाइ अवशेक्ता अनुसार प्रयोग गरिन्छ ।
नेपालमा यसको खेती गरेको पाइदैन नेपालको उच्च भुभागमा यसलाइ खेतीको रूपमा बिषतर गर्न सकेमा अर्थ उपार्जना निकै सहयो पुगने छ । निकै महत्वपूर्ण जडिबुटी हो जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि पनी हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ । यसको प्सारण गर्द बीउबाट बिरुवा उमार्न सकिन्छ यसरी उमारिएका विरुवाहरूलाई मल जल गरी तयार गरिएको जमिनमा सारर्न सारिन्छ । सार्द एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा हरेक दुई महिनाको अन्तरमा गोड् मेल गर्नु पर्दछ ।
लेखक रामप्रसाद गौतम न्याफस्कोल कृषिवन कोटेश्वर काठमाडौँका संस्थापक समेत रहेका छन्, गौतमले लामो समयदेखी कृषि वन, कृषि जडिबुटी र फलफुलको क्षेत्रमा समेत काम गर्दै आएका छन्, लेखकसम्ग केही परामर्श या यो लेखमा भएका कुराहरुमा कुनै दुविधा भएमा समेत यो नम्बरमा ९८५११५९६३० सिधै फोन सम्पर्क गरेर समेत परामर्श लिन सक्नुहुनेछ ।









