गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी लहरेदार पतझर वनस्पती हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ । यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन् । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन् । फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।
वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी अर्थात गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिइरहेका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी हो गुर्जो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छ ।
आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ । चरक संहिता, चन्द्र निघन्टु, नेपाली निघन्टु लगायतका पुराना दस्तावेजका साथै वनस्पति विभागको महत्वपूर्ण प्रकाशन ‘मेडिसिनल प्लान्ट अफ नेपाल’मा यो वनस्पतिको उपयोगिताका बारेमा चर्चा गरिएको छ । वनस्पतिहरुको विवरण वर्णन गरिएका पुस्तकहरुमा गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइने उल्लेख छ । नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको पाइन्छ ।

यस वनस्पतिमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।
वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भन्छन्’, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ । उनका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।
भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ ।
गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।
क्लेरोडेन फ्युरानो नामक गुर्जोमा पाइने तत्व क्यान्सर कोष नष्ट गर्न एकदमै प्रभावकारी हुन्छ । केमोथेरापीले निम्त्याउने नकारात्मक प्रभाव पनि गुर्जोले हटाउनसक्ने खुबी राख्छ । गुर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहमा पनि उपयोगी मानिन्छ । कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ भन्ने प्रचार यति बेला तीव्र छ ।
आयुर्वेदका ज्ञाता मानिने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्छन । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने समेत उनको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ ।
पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ
त्यस्तै मूत्र विकार, जन्डिस, पायल्ससँगै एन्टिबडी निर्माण गर्न महसँग मिसाएर खान सकिन्छ । स्वदेशी खानपानमा प्रयोग हुने विभिन्न मसलाले पनि भाइरस थेग्न सक्ने शक्ति राख्छ । त्यसैले घरको भान्सालाई जडीबुटीयुक्त बनाउन उनी सुझाव दिन्छन् ।
वनस्पतिहरुको विवरण वर्णन गरिएका पुस्तकहरुमा गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइने उल्लेख छ । नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको पाइन्छ । पान झैं फिंजारिएको पात हुने गुर्जोको लहरा रूखका हाँगामा बेरिएर फैलिन्छ । यसको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार चिह्न देखिन्छ । वर्षामा यसको पहेंलो सुन्दर फूल फुल्छ र हिउँदमा चाहिं फल (रातो) फल्छ । करीब आधा फिटदेखि एक फिटसम्मको लहरो काटेर माटोमा गाडिदिएपछि सहजै सर्छ । व्यावसायिक खेतीका लागि भने ठूलो संख्यामा लहरोका कटिङबाट बिरुवा उत्पादन गर्नुपर्छ ।
गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंला जत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरौं ।









