कृषि वस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न कृषिमा आधारित उद्योग एवम् व्यवसायहरुको विस्तार, आवश्यक कच्चा पदार्थहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने सरकारको समेत नितीमा पर्न थालेको छ । पछिल्लो समयमा कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तर निर्धारण गर्नको लागि विभिन्न संघ संस्थाहरुसमेत लागिरहेका छन् ।
स्थानिय लोकल रैथाने स्थानिय कृषि उपजहरुलाई थप प्रभाबकारी ढङगबाट बजारीकरण गर्न बेलि–चमेली एकीकृत कृषि तथा पशुपक्षि फार्मले गण्डकी ब्राण्डमा आफ्ना उत्पादनहरु बजारमा ल्याइरहेको छ । गण्डकी गाँउपालिका, कृषि ज्ञान केन्द्र गोरखा, पुर्णिमा नेपाल युके एडको सहकार्यमा गण्डकी गाउँपालिका भित्रका स्थानिय लोकल रैथाने स्थानिय कृषि उपजहरु गाँउदेखी शहरसम्म पुग्न सफल भएका छन् ।
पालिकाभित्र रहेको विभिन्न उत्पादनहरु गण्डकी ब्राण्डमा राजधानीसम्म आँउदा राजधानीमा बस्ने गोरखाबासीहरु समेत अझै उत्साहित र खुशी भएका छन् । बजारलाई प्रभावकारी ढङगबाट अगाडि बढाउन र कसरी बजारलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने आशयलाई आत्मसाथ गर्दै बेलि–चमेली एकीकृत कृषि तथा पशुपक्षि फार्मले स्थानिय लोकल उत्पादनहरु स्वादिलो र स्वास्थ्यवद्र्धक भएकाले सबैलाई यस्ता उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फार्मको लोकल नेपाल स्टोर काठमाण्डौको स्वयम्भू ठुलोभर्याङ अन्तर्गत गण्डकी ब्राण्डका उत्पादनहरु तपाईको घरदैलोमा समेत अर्डर अनुसार पठाउने व्यवस्था गरेको छ ।

स्थानिय उत्पादनहरुलाई माया गरौँ, नेपाली कृषकहरुलाई उत्पादनको लागि प्रोत्साहन गरौँ भन्ने नारासहित अगाडि बटेको गण्डकी ब्राण्डको सम्पर्क नं ९८१८०३९०२९ मा सामान अर्डरसमेत गर्न सकिने बताईएको छ ।









