अस्मिता आचार्य
कृषिमा अध्ययनरत विधार्थी, प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज माडिचौर ,रोल्पा
कन्ये च्याउलाई पाते च्याउको नामले पनि चिनिन्छ । यसको अङ्ग्रेजी नाम Oyster mushroom हो।कन्ये च्याउ खेती प्रबिधिको सुरुवात १९७७ देखि जर्मनिबाट भएको हो ।च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त च्याउमा खनिज पदार्थहरू, चिल्लो पदार्थका साथै कार्वोहाइडे«ट्स पनि प्रशस्त मात्रामा पाइन्छ ।
Classification
Division : Eumycota
Class : Basidiomycetes
Sub-class Homobasidiomycetidae
Sub-Family : Agaricales
Family : Pleurotaceae
Genus : Oyster
Species : Pleurotus spp

आबश्यक सामाग्री:
१.सुकेको पराल २.च्याउको बीउ ३.प्लास्टिक झोल ४.प्लास्टिक सिट , पराल काट्ने कैँची / हसिया , ५.मोटोको पोटासी (ड्रम) , ६.इन्धन ७.सुतलिको धागो
जातहरु:
नेपालमा विशेषगरी दुई प्रकारका कन्ये च्याउका जातहरु पाइन्छन् :
१.प्लुरोटस साजोर–काजु
२.प्लुरोटस ओइस्ट्राटस ।
१.प्लुरोटस साजोर–काजु– जातको च्याउको खेती सामान्यतया परालमा ८००–१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा र सो भन्दा कम उचाइमा कार्तिकदेखि माघ महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । यसका लागि सापेक्षिक आर्द्रता ८०% हुनु पर्दछ । यसको पूर्ण र राम्रोसँग फल्ने अवस्था २८ सेन्टिग्रेड तापक्रम मानिन्छ ।
२.प्लुरोटस ओइस्ट्राटस – हिउँदको जाडो मौसममा प्लुरोटस ओइस्ट्राटस जातको कन्ये च्याउको खेती गर्दा बढी आम्दानी लिन सकिन्छ । यो जातको च्याउको खेती भदौ असोज महिनाबाट गर्दा राम्रो हुन्छ । यसका लागि १५–२० सेन्टिग्रेडको तापक्रम राम्रोहुन्छ र सापेक्षिक आर्द्रता ८०% भन्दा बढी हुनु पर्दछ । प्रायः जसो कन्ये जातका च्याउहरु फल्न औसत तापक्रम २३ सेन्टिग्रेड उपयुक्त भएको पाइन्छ ।
खेती प्रबिधि :
१.यसको उत्पादनको लागि तापक्रम १५-२५°c उपयुक्त मानिन्छ।
२. यो च्याउ नभिजेको , नकुहिएको र सफा धानको पराल वा गहुँकाे भुस आदिमा उमार्न सकिन्छ।
३. पराललाई २-३ इन्च लामो टुक्रा पारेर सफा पानी मा रात भरी भिजाएर राखिन्छ र सफा पानी ले पखाल्नु पर्छ।
४.यसरी पखालेको परालको टुक्रालाई निम्न विधि अपनाएर शुद्धिकरण गर्नु पर्छ। शुद्धिकरण गर्नुको मुख्य उद्देश्य त्यसमा भएको हानिकारक किरा र जिवाणुहरु नष्ट होस भनेर,
१)बाष्पिकरण विधि
– यो सबै भन्दा उत्तम विधि मानिन्छ।
– फलामको ड्रममा पानी हाल्ने र त्यसमाथि फलामको जाली राख्ने र अन्तिममा यसै जाली माथि भिजाइएको परालको टुक्रा राख्नुपर्छ तर पानी छुनुहुदैन।
– अनि प्लास्टिकले ड्रमकाे मुख कसिएर बाँधेर ३०-४५ मिनेट सम्म बाफ दिनुपर्छ।
– परालको टुक्रा लाई बाफ दिसकेपछि निकालेर सेलाउन दिनुपर्छ।
२.रासायनिक विधि
– अरु विधि सम्भव नभएपछि यो विधि प्रयोग गरिन्छ।
– फर्मालिन र कार्बेन्डाजिम पानीमा घोलेर झोल तयार पारिन्छ।
– टुक्रा पारिएको पराललाई तयार पारिएको झोलामा १६-१८ घण्टा डुबाएर राख्नुपर्छ र त्यसपछि बाहिर निकालेर पानी तर्न लाई छोड्नुपर्छ।
५. यो च्याउ रोप्न काे लागि १६×२६” साइजको प्लास्टिकको थैला लिनुपर्छ। र रोप्दा एक तह पराल र एक तह बिउ राख्दै हातले बेसरी थिच्दै जानुपर्छ। पुरै भरिसकेपछि मुख सुतली काे धागोले बाँध्नु पर्छ। लगभग एउटा थैलीमा २०० ग्राम बिउ ( spawn) प्रयोग गर्नु पर्छ। र चार औंलाको फरकमा प्वाल पार्नुपर्छ।
६. यसरी तयार पारिएको पोकालाई अंध्यारो कोठामा राख्नु पर्छ र अलि अलि पानी छर्कने गर्नुपर्छ।
७. १४ दिन सम्म यसै अवस्थामा राखिन्छ र त्यति बेला सम्म पोका मा ढुसी काे सेतो जालोले ढाकिसकेको हुन्छ। त्यसपश्चात झ्यालहरू खोल्नुपर्छ हावा पास हुन लाई,
८. अनि नयाँ बलेडले ( blade) प्लास्टीक चिरेर हटाउनु पर्छ र दिनको दुई पटक पानी सिंचाई गर्नुपर्छ।
९. यसरी बिउ राखेको २५ दिन पछि च्याउ फल्न सुरू हुन्छ।

खेती गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरु:
-कोठामा हाबा सन्चालन राम्ररी हुनुपर्छ ,
-च्याउको प्याकेटमा धेरै पानी दिनुहुदैन,
-बेलाबेलामा प्याकेट राम्रो सग सफा गर्नुपर्छ
-सापेछिक आद्रता ८०-९० प्रतिशात सम्म राख्नुपर्दछ
-च्याउ खेती गर्न कोठाको भुइमा भित्तामा पानी छर्की चिसो बन्नाउनुपर्छ
-झ्याल चिसो बोराले ढाक्नु पर्छ
पौष्टिक तत्वहरू : प्रतिशत (मिलिग्राम) प्रति १०० ग्राम
१ पानीको मात्रा ९०.८९–९१.२
२ प्रोटिन २८–३०
३ चिल्लो पदार्थ १६–१७६
४ कार्वोहाइड्रेट ५४.८–५६.४
५ कच्चा रेसा १०.९–११.०
६ खरानी ९.८–१०.२
७ फलाम १२०–१२२
८ क्याल्सियम ३४–३५
९ फस्फोरस १२६४–१४२७
१० पोटासियम २६८०–२७९०
११ कोलिन : ९०–९५
महत्त्व :
-कन्ये च्याउ सुगर फ्री र कोलस्टेरोल फ्री तरकारी हो ।
-कन्ये च्याउ भिटामिन डि को राम्रो स्रोत हो ।
-कन्ये च्याउमा प्रशस्त मात्रामा मिनरल पाइन्छ ।
-कन्ये च्याउ खानाले हाम्रो शरीरलाई आबस्यक पर्ने एमिनो एसिड र स्कर्भिक एसिड पाइन्छ ।
-कन्ये च्याउमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ ।
-कन्ये च्याउले एउटा अत्यन्तै स्वस्थबर्धक र पोसिलो खाद्यबस्तुको रूपमा विश्वव्यापी मान्यता पाईसकेको छ ।
-यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ ।
-हृदयघात, मस्तिकघात, यौन दुर्बलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्याउँछ ।
-हेपाटाइटिस B को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।
-कन्ये च्याउ लो क्यालोरी खाद्यबस्तुमा पर्दछ।
-कन्ये च्याउकाे प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।
लेखक:अस्मिता आचार्य (प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज माडिचौर ,रोल्पा मा Bsc Ag सेकेन्ड सेमेस्टरमा अध्यनरत बिद्यार्थी हुन्)









