चर्चित

दोलखाको शैलुङ गाउपालिका ५ काटाकुटी स्थित नमुना फलफुल बनस्पती तथा तरकारी नर्सरी द्वारा लाखौ रुपैँया बराबर को फलफुल का बिरुवा हरु सोही वडा मातहत मा सन्चालित विभिन्न कृषक समुहमा आवद्ध कृषक तथा समूह बाहिर रहेका कृषक हरु लाई निशुल्क रुप मा रेड केजि अम्बा ३,००० वटा तथा सेतो अम्बा २,५०० वटा र लोकल अकबरे खुर्सानि ४,८०० वटा बिरुवा हरु बितरण गरिएको छ ।

बिरुवा कृषक हरुको आबश्यकता का आधारमा ५ देखि ३० वटा सम्म बिभिन्न फलफुलका बितरण गरिएको थियो भने कृषक हरुले बिरुवा आफ्नो बाझो जमिन तथा खेत बारिमा लगाएका छन् । त्यस्तै उक्त नर्सरी द्वारा मेलघुम्ती घोक्सिला काटाकुटी एक्काईस किलो सडक अन्तर्गत पर्ने साबिक को काटाकुटी स्वास्थ्य चौकी देखि गोल्मेश्वोर सामुदायिक बन को क्षेत्र थाली गोल्मा डाडासम्म सडक खण्डको दायाँ बायाँ हुने खाली आबादी जग्गा तथा सार्बजनीक जग्गा, सामुदायिक बन खेत्र को जग्गा मा समेत उक्त बिरुवा हरु लगाईएको छ ।

करिब ३ देखि ५ बर्ष भित्रमा अहिले बितरण गरिएको बिरुवा हरुले फल दिन सुरु गर्ने कुरा बताउदै शैलुङ गाउपालिका द्वार सन्चालित फलफुल दशक कार्यक्रम लाई थप परिस्कृत गर्दै उक्त कार्यक्रम लाई टेवा पुग्ने हिसाब ले आफ्नो वडा लाई फलफुल मय बनाउने चाहना स्वोरुप बिरुवा हरु निशुल्क रुप मा बितरण गरेको कुरा नर्सरी धनी बिष्णु कुमार कार्की ले बताए ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय