चर्चित

कृषि क्षेत्र अन्तर्गतका विभिन्न विधाहरुमा काम गरीरहेका तथा योगदान दिइरहेकाले आवेदन भर्न सक्ने

बिगत ८ बर्षदेखी प्रकाशन भईरहेको एग्रो टाइम्स मिडिया नेटवर्क द्धारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाले किसानलाई प्रतक्ष्य प्रोत्साहन र उत्साह प्रदान गर्ने खालका विभिन्न कार्यक्रम तथा अभियानहरु अन्तर्गत एग्रो टाइम्स कृषि अवार्ड २०७८ गर्न लागेको छ । बिशेष गरी कृषिको क्षेत्रमा योगदान पुर्याइरहेका देशभरका ५२६ जनालाई एग्रो टाइम्स कृषि अवार्ड २०७८ प्रदान गर्न लागेको हो, कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको विस्तार, प्रवद्र्धन र व्यवसायिकरणमा योगदान पुर्याइरहेका फरक÷फरक विधामा सातै प्रदेशबाट विभिन्न विधामा एक प्रदेशबाट ७५ जनालाई अर्थात देशैभरबाट ५२५ र एक सर्वोकृष्ट गरी ५२६ जनालाई यो कृषि अवार्ड प्रदान गर्न लागिएको छ ।
केही बर्षदेखी कृषि क्षेत्र अन्तर्गतका विधाहरुमा काम गरीरहेका तथा योगदान दिइरहेका व्यक्तिले आवेदन दिन सक्छन् । आवेदन पश्चात् स्थानीय स्तरका विभिन्न संघ–संस्था लगायत सरकारी कार्यालसँग समेत सहकार्य गरी देशभरबाट आएका आवेदनलाई छनौट प्रक्रियामा लगिनेछ । एग्रो टाइम्स कृषि अवार्ड २०७८ को मुल्यांकन समितिले त्यस्ता व्यक्तिहरूको छनौट गर्नेछ । कृषि अन्तर्गत जुनसुकै क्षेत्रमा आवद्धले समेत आवेदन दिन सक्ने र आवेदन निशुल्क समेत रहेको एग्रो टाइम्स मिडिया नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय