बिगत ९ बर्षदेखी प्रकाशन हुदै आएको एग्रो टाइम्स मासिक पत्रिकाले देशैभरबाट कर्मचारी माग गरेको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाले किसानलाई प्रतक्ष्य प्रोत्साहन र उत्साह प्रदान गर्ने खालका विभिन्न कार्यक्रम तथा अभियानहरु गरीरहेको मिडिया नेटवर्कले एग्रो टाइम्स कृषि अवार्ड २०७८ समेत गर्दैछ, कृषकहरुलाई थप हौसला र प्रोत्साहन गर्न संवाहक बनीरहेको नेटवर्कले सबै किसानमाझ थप पत्रिकालाई विस्तार गर्न तथा सबैबाट आवेदन समेत आओस भनेर देशैभरबाट जिल्ला स्थित प्रमुख र प्रदेश प्रमुख समेत नियुक्ति गर्ने गरी कर्मचारी माग गरेको छ ।कृषि क्षेत्रको पत्रकारीतामा भविष्य देख्ने, इमान्दार तथा स्वदेशमै सम्भावना देख्नेहरु नै छनौट गरीने मिडिया नेटवर्कका प्रमुख अशिम सापकोटाले बताए । कृषिको पत्रकारीतामा इच्छुकहरु रोजगारको खोजीमा हुनुहुन्छ भने सातै प्रदेशमा प्रदेश प्रमुख तथा हरेक जिल्लामा १र१ जना जिल्ला प्रमुख आवश्यक रहेको जानकारी समेत सापकोटाले बताए । नजान्नेलाई समेत निशुल्क तालिम पश्चात अवसर दिइनेछ । इच्छुकले यो मेल [email protected] मा बायोडाटा समेत पठाउन सक्नेछन् ।









