चर्चित

पुष्प व्यावसायीहरु मध्ये सफल वयवसायीको सुचिमा नुवाकोट ओखरपौवाका सुनिल स्याङ्तान (रामबहादुर तामाङ) को पनि नाम आउछ । मिहेनतमा विश्वास गर्ने उनले २०६३ सालबाट नर्सरी व्यवसाय गर्न सुरु गरेका हुन ।  करिब ३ लाखको हाराहारीबाट व्यवसाय सुरु गरेका उनले हाल १ करोडभन्दा माथीको लागत बनाईसकेका छन् । हाल उनले ३ ओटा ठाँउमा नर्सरीको शाखा विस्तार समेत गरीसकेका छन् । स्याङ्तानले प्रत्यक्ष रुपमा १७ जना भन्दा बढिलाई रोजगारी दिन सफल भएका छन् । त्यस्तै, उनले नर्सरी सँगै एस आर फ्लावर्स सप पनि सञ्चालनमा ल्याएका छन ।  पुष्प व्यवसायी व्यवसायी सुनिल स्याङ्तानसँग गरीएको कुराकानीको संपादित अशः

पुष्प व्यवसायमा आत्मनिर्भर बन्न सकिन्छ ?
सकिन्छ । तर नीजि क्षेत्रबाट गरेर त सम्भव हुदैन । किनकि लगानी कम हुन्छ । रिक्स वढि हुन्छ । लगानी सुरक्षित गर्न गाह्रो हुन्छ । सरकारले नै यस व्यवसाय गर्ने व्यवसायीलाई ध्यान दिने हो भने पुष्प व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ । हाम्रो देशको पायः सबै भू–भाग उर्वर छ । जहाँ जस्तो खालको फूल उत्पादन हुन्छ, त्यहाँ त्यस्तै खालको विरुवा लगाउने हो भने यस व्यवसायबाट बाँच्न सकिन्छ ।दशैं तिहार आउँदा भारतबाट आउने फूलमा भर पर्नु परेको छ । त्यो एक वर्षमात्र होईन, प्रत्येक वर्ष । यदि सरकारले सयपत्री फूललाई मात्र लगानी गर्ने हो भने पनि भारतीय फूलमा निर्भर रहनु पर्दैन नि । भारतलाई जाने रकम त नेपालमै रहने भयो नि । यसकारण पनि हामी सरकारले उचित व्यवस्थ वा लगानीको वातावरयण सृजना गरिदिने हो भने पुष्प व्यवसायबाट आत्मनिर्भर बन्न सक्छौंं । बजारीकरण गर्न सक्यौ भने त्यस्तै सम्भावना छ ।

समस्या र चुनौतिहरु केके छन् ?
विशेष गरेर यो व्यवसाय गर्दा आउने समस्याहरु पहिलो कुृरो त जग्गा पाउन नै गाह्रो छ । यदि जग्गा प्राप्त सफल भएपनि पानी आउदैंन । पानीको समस्या हुन्छ । पानी आउने ठाँउमा जग्गा नै दिदैंनन् । जग्गा ५ वर्षभन्दा वढि पाईदैंन । कोहि कोहिले त २ वर्षमा नै जग्गा खालि गरिदिनु भन्छन । यदि ५ वर्ष नै बस्न पाए पनि भर्खर सुरु भएको हुन्छ, त्यहाँबाट अर्काे ठाउँमा जानु पर्ने हुन्छ । प्राकृतिक प्रकोपबाट पनि बचाउनु पर्छ । जस्तो आकाशबाट आउने असिना पानी आदिबाट ।त्यस्तै, चुनौति भनेको लगानी सुरक्षित गर्न पनि गाह्रो छ । उत्पादन गरेका विरुवालाई बजारीकरण गर्न सक्नुप¥यो । गुणस्तरीय विरुवा उत्पादन गर्नुप¥यो । कुहिनबाट जोगाउनु आदि इत्यादि नै हुन् । यस्ता समस्या र चुनौतिहरुलाई सरकारले नै व्यवस्थापन गर्नुपर्दछ ।

भावी योजना के छ ?
भावी योजना भनेको म बाचुञ्जेल यहि व्यवसायलाई नै अगाडी बढाउने छु । साथै ग्राहकहरुलाई एक पटक एसआर नर्सरी भिजिट गर्न अनुरोध गर्छु । यहाँ सबै प्रकारका फूलका विरुवाहरु छन । यदि तपाँई पनि यो व्यवसाय गर्न चाहानु भएको छ भने म तपाईलाई मैले गरेका अनुभव बताईदिन्छु । मलजल कसरी गर्ने, कटिङ्ग गर्ने लगायतका विषयमा बुझाई दिन्छु ।

श्रोत दर्पण दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय