चर्चित

अशिम सापकोटा, एग्रो टाइम्स ब्युरो
पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औँ गोदावरी पुष्प मेला आयोजना सम्पन्न गरेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ यो मेला आयोजना गरएिको थियो । पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको थियो, मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहेका थिए, । मेलामा करिब ३५ हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए भने फूलको कारोबार करीब ५० लाख रुपैयाँ भन्दा बढी भएको पाइएको छ ।


थापा नर्सरी कीर्तिपुरको स्टलले यो वर्षको प्रदर्शनीमा उत्कृष्ट स्टलको उपाधि जितेको छ । स्टलको अगाडि प्रमाणपत्र र पुरस्कार नै राखिएको छ । थापा नर्सरीको स्टलमा करीब १२ रङको चार प्रजातिका गोदावरी फूल बेच्नको लागि राखिएका छन् । करीब २५ वर्षदेखि पुष्प व्यवसाय गरिरहेका थापा नर्सरीका संचालक कृष्णराम थापा पहिलो दिनको प्रदर्शनी उत्साहजनक देखिएको बताउँछन् । पोहोर साल कोभिडको कारण गर्न नसकिएको मेला यो बर्ष गर्दा अझै अवलोकनकर्ताको चाह बढेको र अझै राम्रो मेला भएको समेत अनुभव थापाको छ, यो मेलामा आफ्नो स्टलको समेत आकर्षमा गोदाबरी फुल नै रहेको समेत साट्दैछन् कृष्णराम थापा । मेहनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रो उदाहरण पनि हुन् थापा नर्सरीका संचालक कृष्णराम थापा । २०५७ सालदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका थापाले यस्ता मेलाहरुले ग्राहकको छनौट र समस्याहरुको समेत समाधान खोज्न सकिने कुरा साट्दैछन् । पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुस्ख हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घाटन होस्, खुसी व्यक्त गर्न होस् वा नयाँ जीवनको सुरुवात फूलको बुकेले महत्वपूर्ण भूमिका खेल्छ, नेपाल सरकारले पुष्पजन्य वस्तुलाई निर्यातको समेत सहजीकरण गर्ने हो भने अझै सम्भावना बढ्दै जान सक्छ पुष्प क्षेत्र ।

उपभोक्तालाई रोजेर किन्न पाउने मात्रै नभएर आवश्यक प्रविधि, वातावरण, मल, माटो लगायत किन्न पाउने सुविधा रहेको छ । पुष्प विकास केन्द्रले व्यवसाय गर्न चाहने नयाँलाई पनि जानकारी दिने सुविधा प्रदर्शनीमा रहेको छ । पछिल्लो समयमा तिहार लक्षित समयमा शहरी क्षेत्रमा गोदावरी फुलको माग समेत रहेको बताउदै छन् पुष्प विकास केन्द्र गोदाबरीका कृषि प्राविधिक बासु साउद । प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरूको समेत प्रदर्शनी गरिएको छ । नेपालमा भएका सबै जातहरुलाई संरक्षण र प्रवद्र्धन गरेको पुष्प बिकास केन्द्रले । केन्द्रले हिँउदे सिजनल फुलहरु लगायत बहुबर्षिय फुलबिरुवाहरुको समेत बिरुवा उत्पादन तथा सरकारी मुल्यमा बिक्रि वितरण समेत गरीरहेको छ ।

हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो । नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा पुष्प खेती हुने गरेको छ र दिनानुदिन नेपालमा पुष्प खेती गर्नेको संख्या बढिरहेको छ । अन्य खेती जस्तो सहज नभए पनि प्राविधिक ज्ञान लिएर सुरु गरे पक्कै सफल बन्न सकिन्छ । फूलको व्यवसायीकरण, विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा आयोजना गरेको फूलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने हुनाले र पुष्प पारखीको संख्या समेत बढेकोले यस क्षेत्रको सम्भावना र नेपालमा पनि फस्टाउदो क्रममा रहेको छ र बजार समेत फराकिलो बन्दैछ भन्छन्, फ्लोरीकल्चर एसोसिएसन नेपालका पुर्व अध्यक्ष लोकनाथ गैरे ।

स्थापनाकालमा नेपालमा व्यवसाय भर्खर सुरु हुँदै थियो। त्यतिबेलाको बजार काठमाडौँ मात्रै जस्तो थियो। तर आज बजार निकै विस्तृत भईसकेको छ। मुख्य सहरहरुमा व्यवसाय सञ्चालन भईरहेको छ। अघिल्लो वर्षको तुलनामा हरेक वर्ष १० देखि १५ प्रतिशत माग, उत्पादन र कारोबार बढ्ने गरेको छ। विगत केहि वर्षयता वार्षिक कारोवार २ अर्व नाघ्ने गरेको छ । कोभिडको कारण अघिल्लो बर्ष पुष्प क्षेत्रलाई धक्का परेको छ, यस्ता मेला तथा प्रदर्शनीहरुले पुष्प क्षेत्रको प्रवद्र्धन र जनचेतना अभिवृद्धि गर्न सहज भईरहेको छ, बजार विकासको लागि मेला तथा प्रदर्शनीहरुले सहयोग गरीरहेका छन् ।
सामान्य अवस्थामा विवाह, ब्रतबन्ध, पुजाआजा, उद्घाटन समारोह, राजनीतिक तथा संस्थागत कार्यक्रम, चाडपर्व यस्तै कामका लागि बढी माग हुने गरेको छ ।

तिहारका बेला त सयपत्री र अन्य फूलको माग पनि थामिनसक्नुको हुन्छ। माग झन्डै ७० प्रतिशतले बढ्छ । त्यतिबेला भने छिमेकी मुलुकबाट अधिक मात्रामा आयात गर्नैपर्ने अवस्था हुन्छ। भ्यालेन्टाइन डे, क्रिसमस जस्ता अवसरमा पनि केहि मात्रामा व्यवसाय बढ्न थालेको छ । विभिन्न राष्ट्रिय दिवसहरुमा पनि माग बढी हुने गर्छ। पर्यटन, होटल व्यवसाय, हाउजिङ्ग तथा अपार्टमेन्ट, पार्क, सडक पेटी जस्ता स्थान र क्षेत्रमा पनि फूलको माग हुने गर्छ । खासमा २०५३ सालदेखी गोदावरी मेला सुरुवात भएको इतिहाँस छ, गत साल कोभिडको कारण मेला गर्न सकिएको थिएन् र यो बर्ष चाँहि स्वास्थ्य मापदण्ड अपनाएर मेला गरीएको र मेला व्यवसायी र अवलोकनकर्ताको लागि समेत अत्यन्तै फलदायी भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङको महसुस छ । पुष्प र पुष्पजन्य बस्तुको उत्पादन बृद्धि गरी पुष्प व्यवसाय बिस्तार गर्न, रोजगारीको अवसर सृजना गर्न, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नका साथै गरीवी निवारणमा टेवा पु¥याउन र पुष्प जैविक बिविधता संरक्षण गर्न भरपर्दो उपक्षेत्रको रुपमा पुष्प क्षेत्रको विकास गर्न नेपाल सरकारले पुष्प प्रवद्र्धन निती २०६९ समेत पारीत गरीसकेको छ, पुष्प तथा पुष्पजन्य बस्तुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न, पुष्प खेती तथा व्यवसायमा निजीक्षेत्रको संलग्नता बढाउदै उत्पादनलाई प्रतिस्पर्धी बनाई आन्तरिक वजार ब्यवस्थापन तथा निर्यात प्रबद्र्धन गर्न समेत नितीले समेट्नखोजेको छ, त्यसैले निजी क्षेत्रले यसरी अगाडी बढाएको पुष्प क्षेत्रमा सरकारी साथ पाए यो क्षेत्र अझै अगाडी बढ्नेछ, यो प्रदर्शनी फूल व्यवसायीहरूको लागि अवसरको रूपमा हुने गरेको पुष्प व्यवसायी संघका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । भन्छन्, ‘यहाँ कारोबार गर्ने त भइहाल्यो । आफ्नो नर्सरीमा पाउने फूलहरूबारे प्रचारप्रसार गर्ने अवसर पनि हो । जसले नयाँ ग्राहक थप्ने मौका मिल्छ । त्यसैले यो प्रदर्शनी हामी व्यवसायीको लागि अवसर हो ।’
हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो, यो बर्ष भइरेहेको यो मेलामा अवलोकनकर्ता तथा व्यवसायीहरु निकै उत्साहित भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका बरीष्ठ उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तको अनुभव छ ।

नेपालमा सबै फूलको माग उत्तिकै जस्तो छ । हरेक फूलको आफ्न मौसम पनि हुन्छ । जस्तै तिहारमा सयपत्रीको माग बढी हुन्छ। सामान्य समयमा भने कार्नेसन, ग्ल्याडिओलास, जर्बेरा, रोज, पटुनिया, बगानबेली, हेज, लाहुरे, डाहलिया, गोदावरीजस्ता फूलहरुको माग हुन्छ । काटेर बेच्ने फूल(cut flowers) कै माग बढी हुन्छ र गमलामा सजाउने( pot flowers) को पनि माग पहिले भन्दा बढ्दो अवस्थामा छ । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको छ, फूल भन्ने बित्तिकै सुन्दरता, पवित्रता र कोमलताको प्रतीकको रुपमा लिनुका साथै शुभकार्य देखि अशुभकार्यसम्म प्रयोगमा आउने भएकोले यसको निकै ठुलो महत्व रहेको छ। नेपालको सन्दर्भमा हरेक कार्यका लागि फूल चाहिन्छ । जन्म, मृत्यु, विवाह, वर्तमान, उद्घाटन, भेला, सभा, समारोह, सेमिनार, गोष्ठी, जमघट, होटेल तथा रेस्टुराँको साजसज्जादेखि अतिथि सत्कारसम्म फूलको महत्वपूर्ण भूमिका हुन्छ। तर, फूलको उत्पादन तथा बजारीकरण पूर्णरूपमा ठप्प भएपछी यो क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका उत्पादक किसानदेखि बजारीकरण गर्ने विक्रेतासम्म बेरोजगार र मारमा परेको यो समयमा यो मेलाले सबैलाई उत्साहित बनाएको छ, पूर्णरूपमा ठप्प भएपछी समस्यामा परेका पुष्प व्यवसायीलाई राज्यले बिना ब्याज सहुलियत पुर्ण ऋण तथा ऋणबापतको ब्याज मिनाह गरीदिन सक्ने हो भने हजारौँ पुष्प व्यवसायीले राहत महसुस गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय