चर्चित

आधुनिकतासँगै ग्रामीण भेगका परम्परागत घरेलु यन्त्र/उपकरण हराउन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप नेपालका विभिन्न ठाँउहरुबाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र÷उपकरण लोप हुँदै गएका छन् । विभिन्न जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । केही दशक अघिसम्म कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र हाम्रो देशका विभिन्न भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका छन् । मानिसले परम्परागत यन्त्र प्रयोग गर्न छाडेसँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ ।


पहिला दसैँ–तिहार जस्ता चाडबाडका लागि ढिकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइन्थ्यो । तर, अहिले त्यो परम्परा लोप हुँदै गइसकेको छ । गाउँघरमा आफैले उत्पादन गरेको तोरी पेलेर तेल निकालिन्छ, जो शुद्ध पनि हुन्छ । यसरी तोरी पेल्न गाउँघरमा कोल बनाइएको हुन्थ्यो । तर, अहिले बजारमा पाइने विभिन्न ब्रान्डका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने कोलमा तोरी पेल्ने प्रचलन हराउँदै गएको छ । झण्डै दुई दशक अगाडिसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले बिरलै देख्न सकिन्छ । आधुनिक मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद हराएको स्थानीय बुढापाका बताउँछन् । ‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगारेको बुढापाकाको भनाई छ, उनीहरु भन्छन् ‘ढिकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन ।’


गाउँघरमा आधुनिकताले एकातिर मान्छेहरूलाई अल्छी बनाएको छ भने उत्पादनमा कमी भई परनिर्भर बनाउँदै लगेको छ । तथापि, परम्परागत यन्त्रलाई लोप हुन नदिन सरकारी निकायबाट योजना ल्याउन आवश्यक देखिन्छ । ‘हाम्रा परम्परागत यन्त्रले त गाउँघरमा पर्यटक भित्र्याउन सकिन्छ । मान्छेहरु बाहिरबाट घुम्न आए भने अचम्म र आकर्षक मान्छन् । यहाँ यस्तो परम्परा रहेछ भन्छन् । अझै पनि यहाँका मान्छे यस्ता साधन प्रयोग गर्छन् भनेर सहर बजारका मानिस आकर्षित हुन्छन् ।’
विश्व परिबेशलाई नियालेर हेर्ने हो भने, मानिसको स्वास्थ जतिको संबेदनशील त् केहि नरहेछ भन्ने कुरा सायदै अब चर्चा गर्नुपर्ने विषय नहोला । मानिसको स्वास्थको निम्ति महत्वपूर्ण श्रोत भनेकै खाधान्न । अब बिश्वको परिस्थितिले विभिन्न चुनौती थप्दै जादा सन्तुलित आहारको न्यूनतम आवस्यकता पुग्न पनि गाह्रो हुने अवस्था आएको छ । त्यसमाथि हामीले खाने खाधान्नको पोषक तत्वको अवस्था एकदम दयनीय छ । भन्नुको आशय के हो भने, हाम्रो खाद्यान्न खपतमा चुनौती दिनानुदीन थपिदै जादैछन । यसै बिच विभिन्न सम्भावना बोकेको खाद्यान्न बालीहरुमा रैथाने बाली एक उदाहरण बन्न सक्नेछ ।

के हुन् त रैथाने बाली ?
सामान्यतया कृषकहरुले सदियौ देखि लगाउँदै एबं संरक्षण गरी आएका बालीहरुलाइ रैथाने वा स्थानीय बाली भनिन्छ । खासगरी कोदो, कागुनो, जौ, फापर, चिनो, कागुनो, जुनेलो जस्ता बालीहरुसँगै स्थानिय धान, मकै, सिमी, कालो आलु, स्थानिय सुन्तला, काठमाडौं–भत्तपुरको ज्यापू काउली जस्ता बहुणुणी गुण बोकेका तरकारी र फलफूल पनि रैथाने बाली अन्तरगत पर्दछन् । यी बालीहरुको खाद्य सुरक्षा तथा बाली जैविक विविधतामा महत्वपूर्ण योगदान रहेको छ ।

रैथाने बालीका मुख्य विशेषताहरु
रैथाने बालीहरुले कम मेहनत र स्याहारसम्भारमा पनि राम्रो उत्पादन दिन्छन् । यी बालीहरुबाट उत्पादित उपजहरु लामो समयसम्म भण्डारण गर्न सकिने, चाडैँ नबिग्रने र खानमा पनि स्वादिला हुन्छन् । यस्ता बालीहरुमा रोगकीरा कम लाग्ने भएकाले प्राङ्गारिक पद्दतिअनुसार उत्पादन गर्न सकिन्छ । यी बालीहरु अन्य बालीहरुको तुलनामा धेरैपटक उत्पादन लिन सकिने र लामो समयसम्म उत्पादन दिइरहने खालका हुन्छन् । यस्ता बालीहरुमा मानबशरीरमा चाहिने पौष्टिक तत्वको मात्रा बढी हुन्छ । पछिल्लो समयमा रैथाने बालीहरुको बजार माग बढ्दो रहेको छ । अब रैथाने बालीमा अनुदानका साथै अनुसन्धानको बिशेष व्यवस्था गरेर देशको कृषिलाई नयाँ उर्जा थप्न आवश्यक छ । यस्ता रैथाने बालीहरुको पछिल्लो समयमा माग बढ्दै गर्दा नेपालका टुहुरा हुदै गइरहेका पहाडहरुलाई सम्झन आवश्यक छ । दिनानुदिन सहरीकरण बढ्दै जादा गाउँ घरको पेसा अनि डाडाकाडा छोड्ने क्रम बढेर रैथाने बालीको पूर्ण रुपमा लोप नहोला भन्न सकिन्न ।


मानिसलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल, सबै पाइने यी रैथाने बाली केवल आहारमा मात्र होइन, नयाँ र उत्कृत व्यवसाहय बन्न सक्ने ठुलो सम्भावना देखिन्छ । उत्पादनको लागत देखि लिएर कम समयमै राम्रो उत्पदन लिन सकिने रैथाने बाली नेपालको कृषि क्रान्तिको महत्वपूर्ण तत्त्व बन्न सक्छ । नेपालको हिमाली क्षेत्र जहाँ कृषि उत्पादन सन्तोषजनक हुन् सकेको छैन त्यस्ता भैगोलिक कठिनता भएका क्षेत्रहरुमा स्थानीय हवापनिमानै राम्रो उत्पादन ल्याउन सकिने सम्भावना भएको ले, नेपालको हिमाली पहाडी क्षेत्रको उचित ढङ्गले सदुपयोग हुने छ । विभिन्न नयाँ जातहरुको विकास, विस्तार अनि आयत भैरहेको बेला आफ्नो स्वदेशी रैथाने बालिहरुको जात लोप हुन लागेको कुरा लाई बिर्सनु हुदैन । अब रैथाने बालीमा अनुदानका साथै अनुसन्धानको बिशेष व्यवस्था गरेर देशको कृषिलाई नयाँ उर्जा थप्न आवस्यक छ । देशको कृषि व्यवस्था जति नै परिवर्तन भएपनि, नीति र कार्यक्रम अनुसार अझै केहि हुन् नसकेको अवस्था छ । शारीरिक र मानसिक रुपमा सक्रिय जिवनको लागि खाद्यान्न आधारभूत आवस्यकताको रुपमा रहन्छ । खाद्य तथा पोषण सुरक्षा र जलवायुमैत्री खेती प्रणालीमा महत्पूर्ण योगदान पुर्याउने रैथानेबालीको उत्पादन तथा उपभोग सम्बन्धी सचेतना कार्यत्रम निरन्तररुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

विभिन्न विज्ञहरुको सहयोगमा तयार पारीएको रीपोर्ट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय