
अशिम सापकोटा, एग्रो टाइम्स ब्युरो,
मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । यो भेग कृषि, पशुपालन र पर्यटकिय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिव ६० किमीको पश्चिम दक्षिण दिशामा अवस्थित चित्लाङका बारेमा धेरैलाई थाहा हुन सक्छ । तर त्यही चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ , त्यसको बारेमा भने कमैलाई मात्रै थाहा होला । जिल्लाको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो । झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँटको जस्तै छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो छ । तर यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होईन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । आखिर के रहेछ त यो अचम्मको जीव ? जर्मन भाषामा यसलाई अल्पाका भनिदो रहेछ । नेपालमा पनि यो जनावर यहि नामले चिनिन्छ ।
विगत २० बर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जनावर पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको भएता पनि नेपालमा यो जनावर भित्रिएको भने २० बर्ष भइसकेको छ । अल्पकाले एक बर्षमा एक पटक मात्रै बच्चा जन्माउँछ र एक पटकमा एउटा मात्रै पाउँछ । यसको आयू २५ बर्ष सम्म हुन्छ । चित्लाङको यस फर्ममा अहिले २० बर्ष पुगेका अल्पका समेत छन् । बिसिंखेलस्थित अल्पकाज फर्ममा अहिले सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पका छन् ।
अल्पकाको अनौठो स्वभाव
अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ । अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ । केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन् । यिनिहरु माइनस १० डिग्री सेल्सियस सम्मको चिसोमा पनि बाँच्न सक्छन् । जिरेलले अल्पकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिशा पिसाव गर्ने स्वभाव सम्मका कुराहरु सुनाए । यो जनावरले दिशापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ । यसले आफ्नो बथान छोडेर कतै भाग्दैन । देख्दा डर लाग्ने भएपनि मान्छेलाई कहिल्यै केहि गर्दैन । गर्मी ठाउँमा यो बाँच्न सक्दैन ।
यति धेरै महंगो जीव आखिर किन पालिन्छ त ? भन्ने धेरैलाई जिज्ञासा लाग्छ सक्छ । खासमा यो जीव दुई कारणले पाल्ने गरिन्छ । पहिलो सौखका रुपमा र दोश्रो रौंँको व्यवसायिक उत्पादनका लागि । बिसिंखेलस्थित यो फर्ममा भने रौंका लागि अल्पका पालिँदै आएको छ । यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपैंयासम्म पर्छ । यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पकाको मूल्य ५ लाखदेखि ७ लाख रुपैंयासम्म पर्छ । यसको रौं बाट बनाइएका ज्याकेटहरु जाडोमा न्यानो हुन्छन् भने गर्मीमा चिसा हुन्छन् । त्यसैले यस्ता ज्याकेटको मुल्य पनि सामान्य ज्याकेट भन्दा महंगा हुन्छन् । अहिले अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकिय आर्कषण पनि थपेको स्थानियले समेत जानकारी दिए ।
जर्मन र नेपाली व्यवसायीको संयुक्त पहलमा २०५० मा हवाई कार्गो गरी ल्याइएका अल्पाका दोलखाको जिरी र ललितपुरको ठैव हुँदै अहिले मकवानपुरको थाहा नगरपालिका–१०, चित्लाङको विसिङ्खेलस्थित अल्पका फार्ममा पु¥याइएका थिए । गुणस्तरीय ऊन र मासुका लागि राम्रो मानिएको अल्पाका चिसो हावापानीमा रमाउने जनावर हो । अल्पाकाको ऊन अन्य पशुको भन्दा मुलायम हुनुका साथै महँगो मूल्यमा बिक्री हुने गरेकाले नेपालमा पनि त्यसको सम्भावना देखर कार्गो गरेर दुई भाले र दुई पोथी आयात भएको थियो सायद । तिनै भाले पोथीबाट वृद्धि भई १७ वटासम्म पुगेकामा पछिल्लो समयमा छवटा मरेर ११ वटा मात्र रहेको फार्मका व्यवस्थापक पदमसिँह खड्काले जानकारी दिए, । गत वर्ष भदौमा फार्मभित्रै पसेर कुकुरले एउटा अल्पाका मारेको र बन्दाबन्दीअघि बुढ्यौलीका कारण एउटा र एक पोथीसहित चारवटा अल्पाका रोग लागेर मरेको उनले जानकारी गराए ।
अल्काज फार्म व्यवस्थापक खड्काका अनुसार अन्यत्र मासु, ऊनसँगै सोखका लागि पनि पालिने अल्पाका एसियामा नै नेपालमा मात्रै व्यावसायिक रूपमा पालिएको उनको दाबी छ ।
दोलखाको जिरीका गङ्गा जिरेलले अल्पाका ल्याएदेखि नै हेरचाह गर्दै आएका थिए । अल्पकाको आयु २५ वर्षसम्म हुने र २० वर्षसम्म ऊन दिने गर्दछ । अल्पाकाको ऊनी टोपी, पन्जा, ब्ल्याङ्केट लगायतका सामग्री उत्पादनमा प्रयोगमा ल्याइने गरिएको छ ।
व्यवस्थापक खड्काका अनुसार अल्पाकाको उनको मूल्य नम्बर अनुसार तय हुन्छ । पिठ्युँ र ढाडको ऊन एक नम्बरको मानिन्छ र प्रतिकेजी ४०–५० हजार रुपियाँमा बिक्री हुन्छ भने खुट्टा, घाँटीलगायतका अङ्गको दुई नम्बरको ऊन प्रतिकेजी ३० हजार रुपियाँसम्ममा बिक्री हुन्छ । अल्पाकाको उमेर, उचाइ र मोटाइअनुसार डेढ केजीदेखि तीन केजीसम्म रौँ काटेर ऊन तयार गर्न सकिन्छ ।
अल्पाकाको आम्दानी ऊनमा नभई पर्यटकीय विशेषता पनि थपिएको छ । चित्लाङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि अल्पाका फार्म पछिल्लो समय अनौठो जनावर हेर्ने र फोटो खिचाउने आकर्षण बन्न थालेको छ ।
उपयुक्त पौष्टिक आहारका लागि जै घाँस र त्यसबाट बनेको पिठो आवश्यक पर्छ । नरम घाँस मन पराउने अल्पकालाई जै घाँस र त्यसबाट बनेको पिठोले ऊन उत्पादनमा वृद्धिसँगै रोगसँग लड्ने क्षमताको विकास गर्छ । जर्मनी नागरिकसँग अल्पाका पोथी प्रतिगोटा सात लाख र भाले प्रतिगोटा पाँच लाख रुपियाँमा अहिलेको फार्म सञ्चालकले खरिद गरेको जनाइएको छ । पर्यटकीय आकर्षण बन्नसक्ने प्रचुर सम्भावना बाकेको अल्पाका फार्ममा हाल दुईवटा पोथी, छवटा भाले र तीनवटा खसी पारिएका अल्पाका छन् । विगत २० बर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । हाल मकवानपुरको बिसिङखेलमा ३ बर्षदेखि अल्पका पालिँदै आएको भएता पनि नेपालमा यो जनावर भित्रिएको भने २० बर्ष भइसकेको छ । अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकीय आर्कषण पनि बढाएको छ ।
यो फार्ममा अल्पका मात्र होइन् अर्को आकर्षक पंक्षी पनि पालिएको छ, यसो कलरमा हेर्दा ब्रोइलर जस्तो देखीए पनि यो ब्रोइलर जाको कुखुरा होइन्, लोकल जातको कुखुरा भन्दा पनि अली फरक नै छ, खासमा यो जातको कुखुरा चाँहि हप्पड जातको हो, हप्पड जातका कुखुरा खुल्ला चउरमा च।ीराखेको दृश्य पनि कम मनमोहक अवश्य छैन् । अल्पका हेर्नका लागि टाढा टाढाबाट आँउने पर्यटटका लागि हप्पड जातका यी कुखुराहरुको पनि आकर्षक छ नै, जुन फार्ममा बाख्रापालन पनि यो सालदेखी सुरुवात गरीएको छ ।
हामीले अल्पका फार्ममै बसेर अल्पकासँगै हप्पड जातका कुखुराको नेपालमा सम्भावना, अवसर र चुनौतीहरुको बिषयमा फार्मका व्यवस्थापक पदमसिँह खड्कासँग कुराकानी गरेका छौँ, अबको क्रममा भने सोही कुराकानीको संपादित अंश ः