कृषकहरुले व्यावसायिक रुपमा बाख्रापालन गर्दा अति आवश्यक कुराहरुलाई मध्यनजर गरी निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । जस्तैः बाख्रा पाल्ने स्थान, भौगोलिक अवस्था, हावापानी, चरिचरन, वातावरणीय अवस्था, यातायातका सुविधा, पानीबत्तीको सुविधा, प्रसस्त घाँस खेती गर्ने ठाउँ र बजारको व्यवस्था भएको ठाउँमा व्यावसायिक बाख्रापालन व्यवसाय सुरु गर्दा सजिलो हुन्छ ।
बाख्रापालन गर्दा वर्षभरिका लागि घाँस, सुकाएको घाँस वा घाँसको गुन्द्रुक बनाउने व्यवस्था मिलाउनु जरुरी हुन्छ । आफ्नै बारीमा विभिन्न जातका घाँस तथा डालेघाँस उत्पादन गरी बाख्राका लागि आहाराको आपूर्ति गर्नुपर्दछ ।
स्थान विशेष हावापानी एवं सिँचाई सुविधाअनुसार मकै, बाजरा, ज्वार, जै, मकैचरी, लुसर्न, वर्सिम, गीनी घाँस, पारा घाँस, नेपियर, सुडान घाँस, सेटारिया घाँस आदि उत्पादन गर्न सकिन्छ ।
हिउँदको समयमा हरियो घाँस नपाउने भएमा वर्षायाममा बढी भएका घाँसपातहरुलाई राम्रोसँग सुकाएर हिउँदमा खुवाउन सकिन्छ । यसरी सुकाइएको घाँसलाई हे घाँस भनिन्छ । यसरी सुकाइएको घाँसमा कोसेजातका घाँसहरु पनि मिसाएमा बाख्राहरुका लागि धेरै राम्रो हुन्छ । त्यस्तै बारीमा लगाइएका घाँसहरु (जस्तै मकै, ज्वार, नेपियर, सेटारिया) लाई सानो सानो टुक्रा पारेर खाल्टो खनी खाँदेर प्लाष्टिकले राम्रोसँग हावा नछिर्ने गरी बन्द गरेर साइलेज (घाँसको गुन्द्रुक) बनाइराखेर पनि हिउँदमा हरियो घाँसको कमि भएको बेलामा बाख्राहरुलाई खुवाउन सकिन्छ ।
व्यावसायिक रुपमा बाख्रा पाल्दा बथानमा सवै बाख्राहरुले दाना घाँस पाउने व्यवस्था मिलाउन पनि जरूरी छ । बथानमा कमजोर तथा साना बाख्राहरुलाई बलिया तथा ठूला बाख्राहरुले घाँस तथा दाना खान नदिने हुँदा दाना, घाँस दिँदा भरसक समूह बनाएर (शारीरिक अवस्था अनुसार) दिने र कमजोर तथा विरामी बाख्राहरुलाई अलगै घाँस तथा दानाको व्यवस्था गर्नुपर्दछ ।
प्रजनन् व्यवस्थापन
बाख्रापालनका आवश्यक व्यवस्थापन पक्षहरुमध्ये उचित प्रजनन् व्यवस्थापन एक प्रमुख पक्ष हो । सन्ततिको वंश सुधारमा प्रजनन् व्यवस्थापनको धेरै महत्त्व हुन्छ । सन्ततिहरुमा सम्पूर्ण गुणहरु आमा तथा बुवाबाट आधा–आधा सर्ने हुन्छन । बाख्राहरुमा बयस्कता आउने उमेर बाख्राको जात (ठूलो, सानो), आहारा तथा बाख्रा पालिएको वातावरणमा भर पर्दछ ।
साधारणतया सानो काठीका बाख्राहरु ठूलो काठीका बाख्राहरु भन्दा पहिले बयस्क हुन्छन् । नेपालमा तल्लो पहाड तथा तराइका बाख्राहरुमा पहिलो पटक ब्याउने उमेर (१५÷१६ महिना) उच्च पहाडी तथा हिमाली बाख्राहरुमा करिव २४ महिना हुन्छ ।
हाडनातामा हुने प्रजनन (इनब्रिडिङ) का असरहरु पाठो र पाठी जुम्ल्याहा जन्माएकी बाख्री तिनै जुम्ल्याहा पाठा र पाठीबीचको प्रजनन् हुन् । त्यसरी हाडनातामा प्रजनन् गरी जन्मेका पाठा–पाठीहरू कमजोर अवस्थामा जन्मने, बृद्धि विकास ढिलो हुने र शरीर पनि कमजोर हुने हुन्छ । कहिलेकाहीँ सानै उमेरमा नै मृत्युसमेत हुने गर्छ ।
बाख्रामा वंशसुधार गर्ने तरिकाहरु
अरु पशुहरुमा जस्तै बाख्राको उत्पादन तथा उत्पादकत्वमा सुधार ल्याउन व्यवस्थित प्रजनन्को प्रमुख भूमिका हुन्छ । प्रजनन् व्यवस्थापनबाट उत्पादकत्वमा सुधार ल्याउन मुख्य रुपमा तीन तरिकाहरु अपनाउन सकिन्छ ।
१) कम उत्पादकत्व भएका बाख्राहरु हटाइ उन्नत बाख्राहरु पाल्ने ।
२) उन्नत नश्लबाट प्रजनन् गराइ क्रस बाख्राहरु उत्पादन गर्ने ।
३) राम्रो बाख्राहरू छान्दै क्रमिक रुपमा उत्पादन बढाउने ।
यी तिनै तरिकाहरुको आ–आफ्नै फाइदा तथा बेफाइदाहरु छन्,
ठूलो संख्यामा उन्नत बाख्राहरु किन्न धेरै नै खर्चिलो हुन्छ एवं कुनै एक वातावरण तथा व्यवस्थापनमा पालिएका बाख्राका जातहरु अन्य वातावरण तथा व्यवस्थापनमा पनि उत्तिकै राम्रो नहुन सक्छन् । तसर्थ उन्नत बाख्राहरु किन्नुभन्दा पहिले यी कुराहरुमा ध्यान पुयाउन जरुरी हुन्छ । क्रस बाख्राहरु उत्पादन गर्दा आर्थिक महत्त्वका सबै गुणहरुलाई विचार प’रÞ्याउनु पर्छ । वणशंकर प्रजनन्बाट जन्मिएका पाठापाठीहरु उत्पादन क्षमतामा प्रायः बुवा आमाको औसत अथवा सोभन्दा राम्रो हुन सक्छन् ।
बाख्रापालनका आवश्यक व्यवस्थापन पक्षहरुमध्ये उचित प्रजनन् व्यवस्थापन एक प्रमुख पक्ष हो । सन्ततिको वंश सुधारमा प्रजनन् व्यवस्थापनको धेरै महत्त्व हुन्छ । सन्ततिहरुमा सम्पूर्ण गुणहरु आमा तथा बुवाबाट आधा–आधा सर्ने हुन्छन । बाख्राहरुमा बयस्कता आउने उमेर बाख्राको जात (ठूलो, सानो), आहारा तथा बाख्रा पालिएको वातावरणमा भर पर्दछ । साधारणतया सानो काठीका बाख्राहरु ठूलो काठीका बाख्राहरु भन्दा पहिले बयस्क हुन्छन् । नेपालमा तल्लो पहाड तथा तराइका बाख्राहरुमा पहिलो पटक ब्याउने उमेर (१५÷१६ महिना) उच्च पहाडी तथा हिमाली बाख्राहरुमा करिव २४ महिना हुन्छ ।
राम्रो बोका तथा बाखीहरु छानेर तिनीहरुमा प्रजनन् गराई सन्ततिमा सुधार ल्याउने पद्धति नै छनौट प्रजनन् प्रणाली हो । शारीरिक बृद्धिदर, दूध उत्पादन क्षमता आदि गुणहरु सन्तानमा बढी सर्दछन् भने प्रजनन्सम्बन्धी गुणहरु कम सर्दछन् ।
बाख्रामा नाता प्रजनन्ले पार्ने असरहरु
नातामा प्रजनन् भन्नाले एक–आपसमा नाता पर्ने बोका तथा बाखी (दुवै अथवा एक पुर्खा समान भएको) बीचको प्रजनन्लाई बुझाउँछ । नजिकको नातामा प्रजनन् टाढाको नातामा भन्दा बढी हानिकारक हुन्छ । तसर्थ सकेसम्म पाँच वा छ पुस्तासम्म नाता नपर्ने बोकाबाख्रीमा मात्र प्रजनन् गराउनु पर्दछ । नाता प्रजनन्बाट जन्मेका पाठापाठीहरुको औसत शारीरिक बृद्धिदर कम हुने, बयस्क तौल कम हुने तथा कुनै अवस्थामा पाठापाठी जन्मनुभन्दा पहिल्यै अथवा जन्मनासाथ मर्ने पनि गर्दछन् ।
यसका साथै सन्तान उत्पादन क्षमता क्रमशः घट्दै जान्छ, रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ, शारीरिक तौलमा ह्रास आउँछ तथा सन्तानहरु ख्याउटे हुँदै जान्छन् र शारीरिक अपाङ्गपन भएका पाठापाठी जन्मन सक्दछन् ।
बोका छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
बोकाहरु स्वस्थ्य, शारीरिक बृद्धि राम्रो भएका, बलियो तथा आकर्षक शारीरिक बनावटको हुनुपर्दछ ।
कुनै पनि प्रजनन्सम्बन्धी तथा अन्य रोगहरु नभएको हुनुपर्दछ ।
दुवै अण्डकोष राम्रोसँग विकास भएको हुनुपर्दछ ।
भरसक जुम्ल्याहा जन्मिएको मध्येबाट बथानमा आफ्नो दौंतरीहरुको भन्दा बढी शारीरिक बृद्धिदर भएको हुनु पर्दछ ।
बाख्राको स्वास्थ्य व्यवस्थापन
व्यावसायिक बाख्रापालन गर्दा पालिने बाख्राहरु स्वस्थ हुनका लागि आधारभूत कुराहरु कृषकहरुले अपनाउनु पर्ने हुन्छ । स्वच्छ र सफा गोठ, खोर सफा, स्वच्छ दानापानी बाह्रैमास हरियो घाँस नसल सुधार र हाडनातारहित नश्ल सुधार भएका बाख्राहरु र तल उल्लेखित गरिएका कुराहरुलाई मध्यनजर गरी तल उल्लेखित कुराहरुको पालना गरेमा बाख्राको स्वस्थ व्यवस्थापन गर्न सकिन्छ ।
व्यावसायिक बाख्रापालनबाट अपेक्षित फाइदा लिन समयमै बाख्राहरुमा लाग्ने रोगहरुको उचित उपचार तथा नियन्त्रण गर्न आवश्यक छ । रोगी र निरोगी पशुहरु छुट्याउन यिनीहरुका लक्षणहरु थाहा पाउन आवश्यक छ ।
यदि पशु निरोगी छ भने उक्त पशुलाई बाहिरबाट हेर्दा निम्न लक्षणहरु देखा पर्दछन्
निरोगी पशुको शरीर फुर्तिलो, आँखा तेजिलो, चम्किलो र चनाखो हुन्छ, छाला चिल्लो र नरम हुन्छ, पशुले कान र पुच्छर चलाइरहन्छन् ।
पशुले घाँस, पराल, दाना, पानी राम्रोसित खान्छन्, गोबर सामान्य प्रकृतिको (बड्कौला परेको) हुन्छ ।
नाडीको गति सामान्य हुन्छ, नाडीको गति कम उमेरका पशुहरुमा वयस्क पशुहरुभन्दा साधारणतया बढी हुन्छ । पशुको शरीरको तापक्रम सामान्य हुन्छ तर हिडाएर ल्याएको, काम गरिरहेको र घाममा राखेको पशुमा तापक्रम बढी हुनसक्छ ।
हुनतः रोगका लक्षणहरु रोगको प्रकृति अनुसार फरक–फरक हुन्छन् तर सामान्यतया रोगी जनावरहरुले तलकामध्ये केही या सबै लक्षणहरू देखाउन सक्छन्।
पशु बथानबाट छुट्टिई अलग्गै बस्दछन् ।
हिडाउँदा अरूभन्दा पछि हिड्छन् ।
झोक्रिइ बसिरहेका हुन्छन् ।
घाँस, पानी दाना कम खान्छन् या खाँदै खाँदैनन् ।
रौ ठाडो, जिड्रिङ्ग हुन्छन ्।
छाला खसो र रुखो हुन्छ ।
आँखाबाट आँसु बगेको र आँखा रातो भएको हुन सक्छ ।
श्वासको अवस्था र गति असामान्य हुन्छ, श्वास दुर्गन्धित हुन सक्छ ।
दिसा पातलो भएको हुन सक्छ र दिसामा जुगा, रगत वा म्यूकस आएको हुन सक्छ । दिसा गन्हाएको हुन सक्छ ।
पिसाब बन्द भएको हुनसक्छ, पिसाबको रंग सामान्यभन्दा फरक भएको हुन सक्छ ।
नाडीको गति र तापक्रम सामान्यभन्दा फरक भएको हुन सक्छ ।
शरीरलाई असामान्य अवस्थामा पुयाउने (रोगी बनाउने) विभिन्न कारणहरु छन् ।
यीमध्ये केही वाह्य कारणहरु छन् भने केही आन्तरिक कारणहरुले पनि शारीरिक क्रियाहरुमा फरक ल्याउँछ ।
यीमध्ये बाह्य कारणहरुले हुने रोगहरु प्रायः सरुवा प्रकृतिका हुन्छन् भने आन्तरिक कारणहरुबाट हुने रोगहरु नसर्ने किसिमका हुन्छन् ।
रोग लग्ने बाह्य कारणहरु निम्न छन्
१. सूक्ष्म विषाणु (भाइरस )
२. सूक्ष्म जीवाणु (ब्याक्टेरिया )
३. सूक्ष्म परजीवी (प्रोटोजोआ)
४. परजीवीहरु (परजीवी)
यी मध्ये परजीवीहरुलाई मात्र आँखाले देख्न सकिन्छ । सुक्ष्म परजीवी र सुक्ष्म जीवाणुहरु साधारण सुक्ष्मदर्शक यन्त्रको सहायताले देखिन्छन् भने सुक्ष्म विषाणुहरु साधारण सुक्ष्मदर्शक यन्त्रको सहायताले समेत देखिँदैनन् ।
किटाणुबाट रोगहरु फैलिने प्रकृति प्रवलताको आधारमा रोगहरु विभिन्न किसिमका हुन्छन् । केही रोगहरु एकदम चाडो धेरै बढी भू–भागमा फैलिन सक्छन् । यस्ता रोगहरु महामारीका रूपमा फैलिई धेरै नोक्सान गर्दछन् (जस्तैः पीपीआर)। केही रोगहरु सिमित क्षेत्रमा बिस्तारै फैलिन्छन् (जस्तैः मौलो) । अर्को किसिमका रोगहरु एउटै बथानभित्र मात्रै फाटफुट रुपमा देखा पर्दछन् (वस्तै छमासे)। सूक्ष्म विषाणु, किटाणु या जीवाणुहरुका पनि भिन्न–भिन्न जात र उपजातहरु छन् र एउटै जातभित्र पनि यिनीहरुको रोग लगाउन सक्ने क्षमतामा फरक हुन सक्दछ ।
रोगको फैलिने प्रकृति फरकभएजस्तै रोगका किटाणुको असर पनि फरक–फरक हुनसक्छ । जस्तैः कुनै किटाणुहरुले अति तीक्ष्ण किसिमले छिटै असर गरी पशु मार्न सक्छन् । यस्ता रोगहरु भन्दा अलि कम असर गर्ने रोगहरुलाई तीक्ष्ण रोग र विस्तारै लामो समयसम्म असर गर्ने रोगहरुलाई दीर्घ रोग भनिन्छ ।
सरूवा रोगहरु
किटाणु वा जीवाणुका कारणले हुने भए पनि सबै किटाणुहरु या जीवाणुहरु शरीर भित्र पस्दैमा रोग तुरून्तै लाग्दैन । केही जातका जीवाणुहरु शरीरभित्र केही असर नगरी बसिरहेका हुन्छन् र शरीरमा अन्य परिवर्तन या अरू किटाणुको असर भएपछि मात्र रोग लगाउँछन् ।
रोगका जीवाणु या विषाणुहरुले शरीरभित्र प्रवेश गरिसकेपछि ती रोगका जीवाणुलाई शरीरभित्रबाट हटाउने प्रकियाको शरीरमा विकास हुन्छ । यो शारीरिक प्रक्रियालाई प्रतिरोधात्मक क्षमता भनिन्छ । केही किटाणुहरुको विरुद्धमा रगतमा प्रतिरोधक कण (एन्टिबडीहरु) हरुको विकास हुन्छ । यिनीहरुले रोगका किटाणु या जीवाणुहरुलाई समात्ने र यिनीहरुको नाश गर्ने हुन्छ । हरेक रोगको विर’द्धमा प्रतिरोधक क्षमता फरक–फरक हुन्छ यो क्षमता कुनै रोगमा धेरै लामो समयसम्म र कुनैमा छोटो समयका लागि मात्र प्रभावकारी हुन्छ ।
शरीरमा प्रतिरोधक क्षमताको उचित विकास हुन सन्तुलित आहाराको आवश्यकता हुन्छ । प्रोटिनको कमि भएको अवस्थामा यो क्षमताको विकास राम्रोसित हुन पाउँदैन । यसकारण धेरै कमजोर पशुमा रोग सहन सक्ने क्षमता पनि कम हुन्छ । साथै बढी तनावग्रस्त वातावरणमा, गर्भिणी अवस्थामा समेत रोग रोक्ने क्षमताको विकाश राम्रोसित नहुन सक्छ ।
आमामा उत्पन्न भएको रोगसित लड्ने क्षमता आमाका गर्भमा रहेको शिशुमा समेत प्रवेश गर्दछ । यसको साथै बिगौती दूधबाट पनि नवजात शिशुहरुमा यो क्षमता आउँछ । बिगौती दूधमा विभिन्न रोगविर’द्ध रोग प्रतिरोधक कणहरु जम्मा भएका हुन्छन् जो नवजात शिशुको शरीरभित्र सोझै पस्न सक्छन् । यसरी बिगौती दूध चुसाउँदा विभिन्न रोगविर’द्ध नवजात शिशुलाई बचाउन सकिन्छ । यसकारण बच्चा जन्मेपछि जति सक्यो छिटो २–३ दिनसम्म नियमित रुपमा बिगौती दूध चुसाउन आवश्यक हुन्छ ।
तर केही रो विर’द्ध कुनै–कुनै पशुहरुमा जन्मजात रुपमा नै प्रतिरोधात्मक क्षमता भइरहेको हुन्छ । यी पशुहरुमा सो रोग लाग्न नै पाउँदैन । उदाहरणका लागि घोडा र खच्चरहरुमा खोरेत रोग (खुट्टा र मुखको रोग) लाग्दै लाग्दैन । किनभने यिनीहरुमा खोरेत रोग विर’द्ध जन्मजात रूपमा नै प्रतिरोधात्मक क्षमता हुन्छ ।
बाख्रामा लाग्ने केही मुख्य–मुख्य रोगहरु
पी. पी. आर.
पी.पी.आर.रोग बाख्राहरुमा लाग्ने रोगहरुमध्ये सबैभन्दा बढी खतरनाक रोग हो। यो रोग एसिया, अफ्रिका र मध्यपूर्वका देशहरुका बाख्राहरुमा फैलिएको छ । यसका लक्षणहरू गाईभैसीको गौगोटी रोगसित मिल्दाजुल्दा हुन्छन्
बाख्रामा मात्र लाग्ने रोग नेपालको पूर्वी तराइमा सर्वप्रथम देखा परेको थियो तर हाल आएर देशका ७७ जिल्लाहरुमा यो रोग देखा परिसकेको छ ।
यो रोग नयाँ क्षेत्रहरुमा फैलिएमा यो रोगबाट लगभग १००% बाख्राहरु रोगी हुन सक्छन् र मर्न सक्छन् । सबै उमेरका बाख्राहरुमा यो रोग लाग्न सक्ने भए पनि ३ महिनादेखि १ वर्षभित्रका पशुहरुमा यो रोगले बढी असर गर्दछ।
पी.पी.आर. रोगका विषाणुहरु रोगी पशुको याल, सिँगान वा गोबरमा शरीरबाट बाहिर निस्कन्छन् र अन्य पशुहरु यी पदार्थहरुको संसर्गमा आएमा रोग सर्दछ । यसको साथै रोगी पशुले खोक्दा यो हाच्छिउ गर्दा रोगका विषाणुहरु हावाको माध्यमबाट पनि निरोगी पशुहरुमा सर्दछन् ।
पी.पी.आर. रोगका विषाणुहरुले मुख्य रूपमा आहार नली र श्वासप्रश्वासका अंगहरुमा असर गर्दछन् र यी अंगहरुको भित्री सतह लाई नोक्सान पुर्याउँछन् । यी अंगहरुमा भएको असरको कारण पशुहरुमा छरौटी लाग्ने, न्यूमोनिया हुने तथा ज्वरो आउने र शरीरको रोग प्रतिरोधक क्षमताको नाश भई पशु मर्न सक्छन् ।
पी.पी.आर. रोगका प्रारम्भिक लक्षणहरुमा ४०–४१० से.सम्म ज्वरो आउने, झोक्रिने र नाकमुख सुक्ने आदि हुन् ।
ज्वरो आएको केही समयपछि नाकबाट सिँगान बग्न थाल्छ र आँखाबाट पानी बग्दछ । गिजा र ओठमा घाउ देखिन सक्छ, पशुहरुले खान छोड्छन्, नाकको सिँगान बाक्लो पहेंलो हुन्छ, साथै मुखका घाउहरु गाला, जिब्रो र ओठमा समेत देखिन्छन् र आँखा राता हुन्छन् ।
बाख्रालाई ज्वरो आएमा १–२ दिनपछि छरौटी शुरु हुन्छ र बाख्राहरुमा पानीको कमि देखा पर्दछ । ज्वरो ५–७ दिनसम्म रहिरहन्छ र यस्तो बेला ब्याउने बाख्रा तुहिन सक्छन् । केही बाख्राहरुमा खोकी र न्यूमोनियाका लक्षण पनि देखिन्छन् । केही दिनपछि ज्वरो घटे पनि रोगी पशुहरु बिस्तारै दुब्लाउँदै जान्छन्, खाना खान मन गर्दैनन्, पानीको कमि हुँदै जान्छ र रोग लागेको ७ देखि १४ दिनभित्र मर्दछन् ।
रोग लागेर निको भइसकेका बाख्राहरुमा फेरी यो रोग लाग्दैन । यस्ता पशुहरुले रोगका विषाणु बोकी (ऋबचचष्भचक) अन्यत्र फैलाउने पनि गर्दैनन् । पी.पी.आर. रोगको कुनै उपचार छैन तर केही एन्टिवायोटिक औषधिहरुले रोगका असर कम गर्न मद्दत गर्न सक्छन् ।
पी.पी.आर. को रोकथामका लागि खोप दिन आवश्यक हुन्छ । हाल यो खोप नेपालमै उत्पादन गरिन्छ । खोपको एक सिसी (ख्ष्ब)ि मा ५० मि.ली. सेलाइन पानी मिसाएर उक्त झोलको १ मि.लि. खोप छालामुनी (क÷अ) दिनुपर्दछ । यो खोप ३ महिनाभन्दा माथिको पाठापाठीमा दिन सकिन्छ र यो खोपले २–३ वर्षसम्म पशुहरुलाई रोग लाग्नबाट जोगाउँछ ।
मौलो
मौलो रोग पनि बाख्राहरुको एक मुख्य रोग हो । विषाणुबाट लाग्ने यो रोगमा ओठ तथा मुखमा टाटा (घाउ) बन्दछन् र पशुले खान वा चर्न सक्दैनन् । नेपालमा घुम्ती गोठका भेडाबाख्राहरुमा चैत–बैशाखतिर यो रोग प्रायः देखिन्छ । प्रायः पाठापाठीमा यो रोगका विषाणुहरु छालाको घाउवाट रोगी पशु या यिनीहरूले प्रयोग गरेका बस्तुसितको लसपसबाट निरोगी पशुमा पस्दछन् ।
यो रोगका विषाणुहरु सुख्खा वातावरणमा लामो समयसम्म बाँच्न सक्छन् । रोगी पशुबाट निस्केका पाप्रा या खाटाहरुबाट संक्रमण हुन्छ । सुख्खा मौसममा यो रोगको बढी प्रकोप हुने कारणमा सो समयमा घाँसपातको कमि हुने हुँदा बाख्राहरूले काँडा भएका बोट बुट्यान चर्न जाँदा मुख तथा शरीरमा घाउ लाग्ने र यी घाउबाट संक्रमणको बढी सम्भावना भएर पनि हुनसक्छ । यो रोगका विषाणुहरुले छालामा आक्रमण गर्ने भएकोले शरीरको विभिन्न अंगका छालाहरुमा यसले दाना, घाउ र पाप्रा बनाउँछ । यी घाउहरु यदि मुखमा भएमा खाना खान नसकि बाख्रा दुब्लाउँदै जान्छन् ।
यो रोगका लक्षणहरुमा शुरुमा छालामा सानो दाना बन्दछ जुन पछि घाउ बन्छ र त्यसमा पाप्रा जम्छ । यो रोगमा शुरुमा ओठको चेपमा र पछि ओठमा, मुखमा, कानमा, खुट्टाको छालामा, अण्डकोष, सुत र थुनहरुमा यस्ता घाउ देखिन्छन् । यी घाउहरु लगभग ०.५ से.मी. ब्यासका हुन्छन् र कुनै–कुनै पाप्राको तल मासु पलाएको पनि हुनसक्छ । यी घाउहरु ३–४ हप्तापछि आफँै निको हुन पनि सक्छन् ।
मौलो रोग लागिसकेपछि कुनै खास उपचार छैन तर घाउ बनेको ठाउँमा एन्टिवायोटिक मल्हम या अन्य एन्टिसेप्टिक मल्हमको प्रयोग गर्न सकिन्छ । यो रोग लाग्न नदिन पाठापाठीलाई ४–६ हप्ताको उमेरमा खोप लगाउनुपर्दछ ।
यो रोगविर’द्धको खोप स्थानीयस्तरमै उत्पादन गर्न सकिन्छ । रोगी पशुबाट निकालेका पाप्राहरुलाई राम्रोसँग ग्लिसरिन–सलाइन पानीमा पिसेर सोही झोलको सानो मात्रा खोपका लागि प्रयोग गर्न सकिन्छ । खोप लगाउन कानको भित्री भागमा अलिकति खोसेर यसमा पाप्राको झोल अलिकति दलिदिनुपर्दछ । यो रोग नलागेका बथानहरुमा खोप लगाउन हुँदैन किनभने यसबाट बथानमा रोग पस्दछ।
छमासे रोग
बाख्राहरुमा शुक्ष्म जीवाणुबाट लाग्ने रोगहरुमध्ये यो एक प्रमुख रोग हो। यो रोग संसारभरी नै पाइन्छ तर व्यावसायिक रुपमा सधन (क्ष्लतभलकष्खभ) ब्यवस्थापनमा पालिएका बाख्राहरुमा यो रोग चरनमा पालिएका बाख्राहरुमा भन्दा बढी हुन्छ। बाख्राहरुमा यो रोग गर्ने जीवाणु सामान्य अवस्थामा पनि बाख्राहरुको आहारा नलीमा रहन्छन् । यी जीवाणुहरुले दुई किसिमका विष उत्पन्न गर्दछन् जसमध्ये इप्सीलोन विष यो रोगको मुख्य कारक तत्व मानिन्छ ।
सामान्य अवस्थामा आन्द्रामा सीमित संख्यामा रहेका जिवाणुहरुले उत्पादन गरेको विष गोवरसित शरीर बाहिर निस्कन्छ र पशुहरुलाई रोग लाग्दैन, तर यदि कुनै कारणले आन्द्राको गति कम भएमा आन्द्राभित्र उत्पन्न भएको बिष शरीरमा सोसिन्छ र रोगका लक्षणहरू देखिन्छन् । बाख्राहरुको आन्द्राको गतिमा कमी गराउने कारणहरु मध्ये सजिलैसँग पच्ने दाना बढी मात्रामा खानु पनि मुख्य हो।
अति तीक्ष्ण अवस्थाको इन्टेरोटोक्सेमिया रोग लागेमा खास थाहै नभई पशु मरेको भेटिन्छ तर यदि जिउँदो पाइएमा ज्वरो आएको, झोक्रिएको, खाना नखाएको, पेट दुखेको र रगत मिसिएको छरौटी भएको पाइन्छ ।
तीक्ष्ण प्रकृतिको यो रोगका लक्षणहरुमा छरौटी कम हुन्छ र पेट पनि कम दुख्छ । रोगका लक्षण ३–४ दिनसम्म देखिन सक्छन् ।
दीर्घ प्रकृतिको यो रोगका लक्षणहरु प्रायः हुर्किसकेका बाख्राहरुमा देखिन्छन्, यसमा रोगी पशुले प्रायः आहारा रुचाएर खाँदैनन्, अति पातलो दिसा गर्छन् र दुब्लाउँदै जान्छन् ।
यो रोगको असर मुख्यतया छरौटीको कारणले शरीरमा पानीको कमी भई हुन्छ । आन्द्रा सुन्निनु यो रोगको मुख्य अर्को असर हो ।
यो रोगले मरेको पशु चिरेर हेर्दा यिनीहरुको मृगौला एकदमै कमलो भएको हुन्छ । यसकारण
यो रोगलाई एगउिथ प्ष्मलभथ पनि भनिन्छ यो रोगको उपचारका लागि ऋयिकतचष्मष्गm उभचाचष्लनभलक जीवाणुको बिष बिरूद्ध प्रतिविष (ब्लतष्–तयहष्ल) को १५–२० मि.लि. मात्रा रगतको नसाबाट सुई लगाउनुपर्दछ । यसको साथै आन्द्रामा जीवाणुको बृद्धि कम गराउन एन्टिवायोटिक औषधी या सल्फोनामाइड औषधीहरु खुवाउन सकिन्छ । यी औषधीहरु खुवाउनुभन्दा पहिले यदि १.५% कपरसल्फेटको झोल ५ मि.लि. खुवाएमा खुवाएको औषधीलाई ठूलो भुंडीमा जान नदिई सिधै आन्द्रामा पठाउन सकिन्छ र बढी प्रभावकारी हुन्छ ।
यो रोगको रोकथामका लागि सबै बाख्राहरुलाई ६–६ महिनाको फरकमा खोप लगाउनुपर्दछ । पहिलो पल्ट खोप लगाएको ३ देखि ६ हप्तापछि पुनः द्यययकतभच खोप लगाउनुपर्दछ । बिभिन्न कम्पनीहरुले खोप उत्पादन गर्ने हुँदा यसको लगाउने मात्रा कम्पनी अनुसार फरक–फरक हुन सक्छ ।
बाख्राहरुलाई दिइने आहारा पनि अचानक बदल्नु हुँदैन र धेरै दाना पनि
बाख्राहरुलाई लाग्ने निमोनिया रोग
व्यवसाय बाख्रापालन गर्दा विभिन्न रोगहरु लाग्दछ त्यस मध्य पनि बाख्रामा लाग्ने निमोनिया रोग यक दम खतरा हो । विसेस गरेर यो रोग बाख्रालाइ व्याइको बेलामा लाग्छ भने बर्खाको सिजन वा साउन देखी असोज सम्म र चिसो समएमा बडी सताउने भएको हुदा व्यवसाय कृषकहरुले गोठ खोर बनाउदा चरी चरण गराउदा घाँस तथा दाना पानी खुवाउदा विसेस ध्यान दिनुको साथ साथै तल उल्लेखित बुधा हरुलाए पालाना गर्नुर्पेहुदछ ।
यो रोग प्रायः प्रतिकूल मौसममा (बढी चिसो, पानीले भिजेमा) पाठापाठीलाई बढी लाग्न सक्छ ।
निमोनिया रोग बिभिन्न कारणहरुले गर्दा लाग्नसक्छ, जस्तैः विषाणु, जीवाणु फोक्सोको जुगा परजीवी र कुनै पदार्थ सर्केर फोक्सोमा पर्न गएमा निमोनिया रोगका लक्षणहरुमा शुरुमा चाँडो हल्का श्वास लिनु र पछि श्वास फेर्न अप्ठ्यारो हुनु हो । यसको साथै खोकी लाग्ने, ज्वरो आउने, सिँगान बग्ने, खान मन नगर्ने आदि अन्य लक्षणहरु पनि देखिन्छन् । श्वास प्रश्वासको गति निरीक्षण गर्दा जीवाणुबाट भएको निमोनियामा भित्र पानी जमेको जस्तो घ्यार–घ्यार आवाज आउँछ भने विषाणुबाट भएको न्यूमोनियामा सिट्टी वजाएको जस्तो आवाज सुनिन्छ ।
परजीवीबाट न्यूमोनिया भएको छ भने गोवरमा यी परजीवीका लार्भाहरु हेर्न सकिन्छ। न्यूमोनिया रोगको उपचारका लागि रोगी पशुहरुलाई न्यानो तथा ओभानो ठाउँमा राख्नुपर्दछ । एन्टिवायोटिक औषधीहरुको प्रयोग जीवाणुबाट भएको न्यूमोनियामा प्रभावकारी हुन्छ भने विषाणुबाट भएको न्यूमोनियामा यी औषधीहरु खासै उपयोगी नभए पनि अन्य जीवाणुबाट हुन सक्ने प्रभावबाट जोगाउन प्रयोग गर्न सकिन्छ । साथै एलर्जी बिरूद्धका औषधीहरु पनि प्रयोग गर्न सकिन्छ ।
परजीवीबाट हुने न्यूमोनियाको लागि हाल उपलब्ध जुगाका औषधीहरु छन् ।
कक्सिडियोसिस् रोग
व्यवसाय बाख्रापालन गर्दा विभिन्न रोगहरु लाग्दछ त्यस मध्य पनि बाख्रामा लाग्ने निमोनिया रोग यक दम खतरा हो । विसेस गरेर यो रोग बाख्रालाइ व्याइको बेलामा लाग्छ भने बर्खाको सिजन वा साउन देखी असोज सम्म र चिसो समएमा बडी सताउने भएको हुदा व्यवसाय कृषकहरुले गोठ खोर बनाउदा चरी चरण गराउदा घाँस तथा दाना पानी खुवाउदा विसेस ध्यान दिनुको साथ साथै तल उल्लेखित बुधा हरुलाए पालाना गर्नुर्पेहुदछ ।
कक्सिडियोसिस् रोग आँखाले नदेखिने स–साना किटाणुले पाठापाठीकाआन्द्रामा असर गर्दा लाग्ने रोग हो । यो रोग घर पालुवा व्यवस्थापनमा ५ महिनाभन्दा कम उमेरका पाठापाठीमा लाग्ने मुख्य रोग हो । यो रोगका किटाणुहरु बाख्रामा मात्रै एउटा बाख्राबाट अर्कोमा सर्दछन् । वयस्क बाख्राहरुले यी किटाणुको खास असर हुँदैन कम उमेरका स–सानापाठापाठीमा (खासगरी ४–५ महिनासम्म) यो रोगको बढी असर हुन्छ ।
रोगी पशुबाट रोगका यी किटाणुहरु दानामा, पानीमा तथा घाँसपातमा यी किटाणु भएको गोबरको लसपस भएको खानेकुरा खाएपछि निरोगी पशुमा सर्दछन् । यदि दानापानी खाने भाँडाहरुमा पाठापाठीले दिसा गर्नसक्ने भएमा रोग सर्ने तथा फैलिने सम्भावना अझै बढी हुन्छ । यो रोगको असर पशुहरुलाई संक्रमण गर्ने किटाणुको जातमा र संख्यामा पनि भरपर्दछ, अर्थात जति बढी संख्यामा किटाणुहरुले संक्रमण गर्यो त्यति बढी रोगको असर हुन्छ । यदि एकैचोटि धेरै किटाणुहरुले संक्रमण गरेको छ भने लगभग ५०% पशुहरु मर्न सक्दछन् ।
यो रोगका किटाणुहरुले आन्द्राको भित्री सतहको कोषहरुलाई नोक्सान पुयाउँदा आन्द्रा सुनिन्छ, यसभित्र रगत जम्मा हुनसक्छ या पाठापाठीमा छेरौटी लाग्दछ । रोग निको भइहाले पनि नोक्सान भएका आन्द्राका कोषहरु पूर्ण रुपमा निको हुदैनन् पशुहरुको पाचनक्रियामा असरपर्छ र पशुहरुको पछिसम्म राम्रोसित बढ्दैनन् ।
पशुहरुले खान छोड्छन्, घरी उठ्ने घरी सुत्ने, खुट्टा बजाउने, पेटतिर हेर्ने गर्दछन् र पहेंलो–हरियो या खैरो दिसा छेर्दछन् । केही पाठापाठीको दिसामा रगत पनि देखिन सक्छ । उमेर पुगेका ठूला पाठापाठीले कमजोरी तथा अलिअलि छरौटी मात्र पनि देखाउन सक्दछन् । रोग निको भएपछि पनि पाठापाठीको शारीरिक बृद्धि संतोषजनक हुँदैन ।
यो रोगको उपचारका लीग सबभन्दा पहिले पुनर्जलिकरण गरी शरीरमा पानीको मात्रा बढाउनु पर्दछ । साथै स–साना पाठापाठीमा दूध पनि एकैचोटी धेरै नखुवाई थोरै–थोरै मात्रामा धेरै चोटी खुवाउनुपर्दछ । यसका साथै यो किटाणु बिरूद्ध प्रभावकारी औषधीहरु दानामा या पानीमा मिसाएर खुवाउनु पर्दछ । यी औषधीहरु रोगको उपचार तथा रोकथाम दुवै प्रयोजनका लागि उपयोग गर्न सकिन्छन् ।
रामप्रसाद गौतम
नेपाल कुषिबन बीउबिजन केन्द्र









