चर्चित

नेपालमा व्यवसायिक रुपमा पालिएका बाख्राका जातहरुको जानकारी र बिशेषता

राष्ट्रिय पशुनीति २०१५ मा उल्लेख भए अनुसार कुल जनसंख्याको ६६ प्रतिशत जनशक्ति यस व्यवसायमा संलग्न छन् । पशुपालन क्षेत्रभित्र पनि ५५ प्रतिशत कृषकले बाख्रापालन व्यवसाय गर्दै आएको अनुमान छ । यस व्यवसायमा ७० प्रतिशत घरेलु महिला संलग्न छन् बाख्रापालनको मूल उद्देश्य मासु उत्पादन नै हो । हाल नेपालमा बाख्राको संख्या मोटामोटी एक करोड भए तापनि मासुको माग आपूर्ति हुन नसकिरहेको अवस्था छ । एफएओको २०१० को तथ्याङ्क अनुसार संसारमा प्रतिवर्ष प्रतिव्यक्ति मासुको उपभोग औसत ४१.९ किलोग्राम छ, जबकि आ.व. २०७३÷७४ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति मासुको उपभोग १४ किलोग्राम मात्र छ । खसीको मासुको माग परिपूर्ति गर्न वर्षेनि ४ देखि ५ लाख बाख्रा तथा खसी भारतबाट आयात हुँदै आएको छ, जुन कुल मागको १२÷१५ प्रतिशत हुन आउँछ । यो बाहेक पनि तेस्रो मुलुकबाट वर्षेनि फ्रोजन मासुको आयात हुँदै आएको छ। औसतमा चार पशु प्रति–घरपरिवार रहे तापनि घरेलु मागलाई पुरा गर्न जीवित पशु तथा तयारी मासुको आयात गर्नुपर्ने अवस्थाले नेपालमा मासुको माग र आपूर्तिको सन्तुलन मिलाउन देशभित्र नै मासुमा प्रयोग हुने पशुपालनलाई बढाउन जरुरी छ ।
हामीले बाख्रापालन निर्वाहमुखी रहेको र कृषकहरूमा व्यावसायिक बाख्रापालन सम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्था छ । गाउँमा नश्ल सुधारिएको व्याड बोकाको कमीले गर्दा हाडनातामा प्रजनन भइरहेको अवस्था छ । आहाराको उचित व्यवस्थापन नहुनु, रोगमा यथेष्ट ध्यान नपुग्नु, छनोट प्रजनन व्यवस्था नहुनु आदि कारणबाट उत्पादकत्वमा वर्षेनि ह्रास हुँदै आएको छ । गाउँघरमा उपयुक्त प्रविधिको अनुसन्धान विकास र अवलम्बनको कमी, दक्ष जनशक्तिको अभाव आदिले गर्दा आशातित रूपमा उत्पादकत्वमा वृद्धि हुनसकेको छैन् । हामीले कृषि तथा पशुपन्छी डायरी २०७७ मा नेपालमा व्यवसायिक रुपमा पालिएका बाख्राका जातहरू शिर्षकको सामाग्रीलाई साभार गरी यो जानकारी पस्किने तयार गरेका छौँ ।

नेपालमा व्यवसायिक रुपमा पालिएका बाख्राका जातहरू
स्थानीय जातका बाख्राहरू
नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरू पाल्ने गरेको पाइन्छ । यी स्थानीय जातका बाख्राहरू यस प्रकार छन् ।
तराई बाख्रा
नेपालको तराई (समुन्द्री सतहबाट ६० देखि ३०० मिटरसम्मको उचाइमा पर्ने) क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाख्रा जमनापारीको गुणहरू जस्तै माथि उठेका नाक, झन्डिुएको लामो कान पनि देखिने यसलाई जमनापारीको खच्चड पनि भनिन्छ, यद्यपि यसबारे अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ । यो बाख्रा मझौला आकारको र विभिन्न रङको भए तापनि प्रायः खैरो शरीरमा सेतो धर्सो रहेको हुन्छ । यो बाख्राको शद्धु नश्ल पाउन कठिन भएकाले तराई बाख्राका जातीय विशेषताहरूमा पनि समानता छैन । यो बाख्रा दुध तथा मास दु वुैको लागि उपयुक्त मानिन्छ । यसको शारीरिक तौल करिब १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलो पटक ब्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरू पाइन्छ ।

खरी/औले बाख्रा
समुन्द्री सतहबाट ३०० देखि १५०० मिटर बीचको मध्यपहाडी क्षेत्रमा पाइने बाख्रालाई पहाडी वा खरी बाख्रा भन्ने गरिन्छ । विभिन्न सात रङका खरी बाख्राहरू मध्ये कालो तथा खैरो रङका बाख्राहरू तुलानात्मक रूपमा धेरै पाइन्छन् । प्रायः खरी बाख्राहरूमा मध्यम आकारका पछाडी फर्केका सिङ हुन्छन । थोरै बाख्राहरू मडुले पनि पाइएका छन । खरी बाख्राको शारीरिक तौल १५ देखि २५ किलोग्रामसम्म हुन्छ भने बोकाको शारीरिक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक ब्याउने, साधारणअवस्थामा २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दा बढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएका हुनाले नेपालको अधिकांश भु–भागमा यो बाख्रा लोकप्रिय भएको पाइन्छ ।
सिन्हाल
समुन्दी सतहबाट १५०० देखि २५०० मिटर बीचको उच्च पहाडी क्षेत्रमा पाइने यो जातको बाख्रा बरुवाल वा भ्याङ्गलुङ जातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरूमध्ये सबैभन्दा ठूलो शरीर भएको बाख्रा हो । यसको छोटो टाउको, सिधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केही मात्रामा पश्मिना समेत उत्पादन गर्न सकिन्छ । वयस्क बाख्राको शारीरिक तौल ३० देखि ३५ किलोग्राम सम्म हुन्छ । सिन्हाल बाख्राहरू करिब २ वर्षको उमेरमा पहिलो पटक ब्याउने, साधारणतया वर्षमा एकपटक ब्याउने र एउटै पाठा वा पाठी मात्र पाउने गर्दछ ।
च्याङ्ग्रा 
समुन्द्री सतहबाट २५०० मिटरभन्दा माथिको च्याङ्ग्रा हिमालय पर्वत श्रृंखलाको प श्रृं छाडिपट्टि सकु्खा, बढी हावा लाग्ने, चिसो र अर्धभमिू जस्तो ठाउँमा पाइन्छ । च्याङ्ग्रा ले त्यस क्षेत्रमा पाइने ताल्ला भन्ने झारमा पलाएको पात, फूल, जरा र घाँसहरू खाएर जीवन निर्वाह गर्दछन । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भवुा उत्पादनका लागि प्रसिद्ध छ । च्याङ्ग्रा को शरीर बाक्लो लामो रौंले ढाके को हुन्छ । रौंको भित्री भागमा मसिना पश्मिना रहेको हुन्छ । यसको सानो तर लामो टाउको, सिधा नाक, साँघरो थुतुनो र कसिलो शरीर तथा बटारिएको सिङ हुन्छ । यिनीहरू अन्दाजी १८ देखि १९ महिनाको उमेरमा पहिलो पटक ब्याउने, वर्षमा एकपटक ब्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्याङ्ग्रा बाट वर्षमा १५० देखि २०० ग्रामसम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्रा को तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारीरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।

नेपालमा पालिने विदेशी जातका बाख्राहरू
जमुनापारि
यो बाख्राको उत्पत्ति भारतको उत्तर प्रदेश अन्तर्गत इटहवामा भएको हो । जमनापारि बाख्राको रङ एकनासको हुँदैन तर साधारणतया सेतो रङ भएका बाख्राहरूमा कहीकही गाढा रङको चिन्हहरु हुने गर्दछ । यो जातको बाख्राको जीउ ठूलो तथा अग्लो, लामो खट्ुटा, नाकको बीच भाग उठेको (सुगानाके ) र झुन्डिएको लामा कानहरु प्रमुख विशेषताहरू हुन् । जमुनापारि बाख्राको पहिलो पल्ट व्याउने उमेर तथा ब्याउने अन्तर क्रमशः औसत ७७० दिन तथा ४२८ दिन उल्लेख भएको पाइन्छ ।
बारबरी
यो बाख्राको उत्पत्ति पुर्वी अफ्रिकाको बारबोरा प्रान्तमा भएको हो । यसको कान छोटो तथा ठाडो, शरीर सानो, रङ रातो र सेतो रङको टाटेपाटे किसिमको हुन्छ । झट्ट हेर्दा मग जस्तो देखिने बारबरी जातको बाख्रा चर्न त्यति मन पराउँदैन । खोरभित्रै पालिने जात भएकाले यो जातको बाख्रा खासगरी शहरी वा शहरको वरिपरीको क्षेत्रमा पालिन्छन् । यो जातको बाख्राको सरदर शारीरिक तौल बाख्रीको २७ देखि ३६ र खसी बोकाको ३१ देखि ४१ किलोग्रामसम्म हुने गरेको पाइन्छ । पहिलो पल्ट ब्याउने औसत उमेर तथा दई बेत ब ु ीचको अन्तर क्रमशः ५८८ दिन तथा २७४ दिन पाइएको छ ।
सानन
दधू उत्पादनको लागि विश्व प्रशिद्ध सानन जातको बाख् ् राको उत्पत्तिस्थल स्वीजरल्यान्डको सानन उपत्यका हो । यो जातको बाख्रा सेतो क्रिम रङको हुन्छ । यसको अनुहार सिधा वा अलि थेप्चिएको र कानहरू ठाडो तथा अगाडितिर तेर्सिएको हुन्छ । विकसित फाँचो भएकाले यसले प्रतिदिन २ देखि ४ के .जी. सम्म दधू दिन्छ । साधारणतया यो जातको बाख्राको सिङ्ग हुँदैन । बोकाको शारीरिक तौल औसतमा ९५ किलोग्राम र बाख्रीको ६५ किलोग्रामसम्मको हुने गरेको छ । धेरै दधू दिने हुनाले यो ब्राखालाई म्बष्चथ नयबत तथा जयकितभष्ल नयबत पनि पाइन्छ ।
विटल
यो बाख्रा हेर्दा जमनापारिसँग मिल्दोजुल्दो हुन्छ । यो बाख्रामा सामान्यतया कालो र खैरो रङमा बढी पाइने, कान, चौडा लामो र घम्रिु एको, चौडा मझौला शरिर जस्ता चारित्रिक विशेषताहरू भएको पाइन्छ । यस जातको बाख्राको औसत तौल वयस्क भालेको ५९ के .जी. र वयस्क पोथीको ३५ के .जी. हुन्छ । दुई वर्षमा पहिलो पल्ट ब्याउने र दुई बेतबीचको अन्तर औसतमा एक वर्ष भएको पाइएको छ । सरदर दुई वर्षमा ३ पटक ब्याउने र ५० प्रतिशत जुम्ल्याहा पाउने गर्दछ । नेपालको तराई र भावर क्षेत्रमा बँधुवा प्रणालीमा यसबाट राम्रो उत्पादन लिन सक्ने देखिन्छ ।

बोयर बाख्रा
यो दक्षिण अफ्रिकामा विकास गरिएको मासु उत्पादनका लागि प्रशिद्ध जातको बाख्रा हो । विगत केही वर्षदेखि नेपालमा अगवुा कृषकहरूले यो बाख्रा पालन गर्न थालेका छन । नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि नार्कले कृषि अनुसन्धान केन्द्र (बाख्रा) बन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ । यो बाख्राको छिटो बढ्ने (८०–९० ग्राम प्रतिदिन) गर्दछ । दुर्इ वर्षमा ३ पटक ब्याउने र प्रतिवेत दई पाठापाठी पाउने यस जातका विशेषताहरू हुन् । बाली जाने सिजनको प्रभाव कम पर्ने भएकाले बोयर बाख्राले बाह्रै महिना पाठापाठी जन्माउन सक्दछ ।
श्रोत / कृषि तथा पशुपन्छी डायरी २०७७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय