चर्चित

रचना :प्रशंशा थापा
उत्तरबाहिनी बोर्डिङ्ग स्कुल कक्षा : ८,
गोकर्ण , काठमाडौ

आफ्नै गाउँशहर छोडे ती यात्री परदेशी ,
परिवारका सपना पुरा गर्न बिछोडिए हाम्रा साथी ।
बुने कैँयौ सपना देशमै पुरा गर्छु भनी,
तर, के गर्नु यहाँ खुट्टा तान्ने भएपछी ।।

कस्तो मन थियो उनीहरुको स्वदेशमै केही गर्न
तर, देशमा रोजगारी नभेटेपछि उद्येश्य बोके परदेशमा पुरा गर्न ।
परिवारका जिम्मेवारी काँधमा बोकेर भए ती परदेशी,
यो देशमा केहि मौका नभेटी अरुको देशमा गए त्यसमा हामी के दोषी ?।।

बिमानस्थलबाट बिछोडिए हाम्रा ती प्याराहरू
सधै रक्षा गरुन् ईश्वरले उनीहरु ।
मरिमेटि कामगरी उनीहरुले बिदेशमा गइ,
पुरागरुन् सपना परिवारका कर्तव्यनिष्ट भई ।।

जीवनको यात्रामा सफलता हासिल गरुन् उनीहरुले,
अमुल्य रगत र पसिनाको राम्रो फल पाउन सबैले ।
गाउँ फर्कुन परिवारको खुसी बोकी,
अनी बसुन स्वदेशमै सधै भएर सुखी ।।
अनी बसुन स्वदेशमै सधै भएर सुखी ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय