चर्चित

कृषिलाई निर्वाहमुखीबाट व्यावसायिकमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता हो। यसका लागि जमिन बाँझो नराख्ने नीतिलाई कडाइका साथ कार्यान्वयन पहिलो सर्त हो। त्यसपछि बीउबिजनको सहज आपूर्ति, उत्पादित कृषिउपजको बजार पहुँच, रासायनिक मलमा अनुदान, सिँचाइयोग्य भूमिमा बाह्रैमहिना पानी पुग्ने व्यवस्था, पढेलेखेका युवालाई कृषिमा आकर्षित गर्न विशेष नीति लगायतका सुधार आवश्यक छ ।यहि कुरालाई आत्मसाथ गर्दै कृषि क्रान्ति अभियान नेपालले कृषिको दिगो विकास यवम कृषिमा आधुनिकीकरण विविधीकरण र व्यवसायीकरण गरी कृषिमा उत्पादकत्व वृद्धि गर्नको लागि अभियान चलाएको छ । “आजको आवश्यकता कृषिमा आत्मनिर्भर“ भन्ने नाराका साथ यस अभियानले कृषि उत्पादनमा जोड प्राविधिक सहयोग र उत्पादन हुने वस्तुलाई बजारीकरण समेत गर्नेे आफ्नो योजना अगाडी बढाएको छ । नेपाल अधिराज्य भरी रहेको बाँझो जमीनलाई सदुपयोग गरी त्यस क्षेत्रको स्रोत साधन कृषकहरुको जीवन पद्धति खेती प्रणाली स्थानीय समुदायहरूको इच्छाशक्ति वृद्धि गरी युवा तथा कृषकहरूलाई कृषिमा समाहित गर्ने उद्धेश्यका साथ अगाडी बढेको छ ।

                                                                                      फाइल तस्विर
कृषि क्षेत्रमा सामूहिक लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्धेश्य रहेको अभियानका संयोजक तथा अध्यक्ष पवन चापागाईले जानकारी दिनुभयो, । कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन तथा दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने चापागाँईको भनाइ छ । कृषि क्रान्ति अभियान नेपालले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको अभियानले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी नेपालमा ठुलो समस्याका रुपमा रहेको बेरोजगारी समस्याको अन्तइ गरी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने र आफैमा आत्मनिर्भर अघि बढ्ने लक्ष्य लिएको छ ।

                                                                               फाइल तस्विर

हाल कृषि क्रान्ति अभियान नेपालले भोजपुर, धनकुटा, झापा,सिन्धुली काभ्रे रामेछाप दोलखा लगायत ७ वटा जिल्लाहरुमा कार्यक्रम विस्तार गरी सिपमुलक तालिम दिई र कृषि उत्पादन सुरु गर्न थालिसकेको छ । भोजपुरको षडानन्द नगरपालिका –२ मा रहेको कृषि क्षेत्रमा निकै नै पछाडि परेको दुर्गम ठाउँबाट अभियान सञ्चालनमा आएको छ । त्यहाँका किसानहरू लाई विभिन्न खालका सिपमुलक तालिम दिई त्यहाँका किसान सुन्तला, कागती रुद्राक्ष त्यसै गरी व्यवसायिक तरकारी खेती गर्दै आफैमा आत्मनिर्भर बन्न थालेको कृषि प्रविधिक पृथ्वी भुजेलले जानकारी दिनुभयो । कृषि प्राविधिकहरुले कुर्सी घुमाएर होईन किसानको खेत बारीमा घर दैलोमा गएर किसानको समस्या पहिचान गरी समाधानका उपायहरु अपनाउनु पर्छ भन्ने विषयमा कृषि क्रान्ति अभियान नेपालका कृषि प्राविधिकहरु एकजुट भएको कुरा समेत साट्दै अब सैद्धान्तिक शिक्षा मात्र होइन् साथमा सबैलाई प्राविधिक शिक्षा पनि पढाउनुपर्छ भन्ने कुरा समेत साट्दै हुनुहुन्छ कृषि प्रविधिक पृथ्वी भुजेल ।

                                                                            फाइल तस्विर

यस अभियानले उत्पादित कृषि जन्य वस्तुलाई सबै तहको सरकारको सहकार्यमा प्रशोधन तथा बजारीकरण गरी कृषकहरू लाई उचित मूल्य दिलाई यो संस्थामा आबद्ध सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न खालका सिपमुलक तालिम दिई उद्यमशील र आत्मनिर्भर बनाई स्वरोजगारको माध्यमबाट बेरोजगारको अन्त्य गर्ने खालका कार्यक्रमहरु समेत बढाइरहेको छ ।
अभियानले ७७ वटै जिल्ला र सातै प्रदेशमा उपस्थिति जनाउँदै कृषि सम्बधी प्राविधिक विस्तार गरी प्रविधिक ज्ञान सिपमुलक तालिम सहित उत्पादन भएका कृषि जन्य उपजहरुको बजारीकरण गर्ने योजना अगाडी सारेको छ । धेरै भन्दा धेरै कृषिविज्ञको सहभागितामा जैविक खेती उत्पादनलाई एक गाउँ एक उत्पादन मा विशेष प्राथमिकता दिने जनाएको छ । कृषि क्रान्ति अभियान नेपालमा देशैभरबाट धेरैको संख्यामा कृषि प्राविधिक संलग्न रहेको समेत कृषि क्रान्ति अभियान नेपालले जनाएको छ ।

कृषिको विकास प्रवद्र्धन, व्यवसायिकरण, विविधिकरण र औधोगिकिकरणको पथमा समेत लम्किरहेको यस कृषि क्रान्ति अभियानलाई हाम्रो पनि शुभकामना …।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय