चर्चित

गोबिन्द संगत महर्जन
काठमाडौ महानगरपालिका , वडा नं ७ चाबहिल

पिपलु र वर जीवनको भर
उखेली चुडली फाल्ने नगर।
मानिसको सास अन्तिम आश
यै वृक्ष दिन्छ रे सासको बास।

पात र डाली खेर नफाली
लाउन जमने ती ओखती जाती।
जरा र मुढा अझ ठुला कुरा
अथाह भण्डार ओखती बडा।

तुलसी दानी अमृतको खानी
दैनिक सेवनले गर्दैन हानि ।
वायु र पित्त कफको लागि यो
जडीमा ओखती महाराजा हो ।

प्राण वायुको स्रोत नै यही हो
रोगव्याधी नाशक् महा जडी हो ।
सुवास मीठो दुर्गन्ध हर्दछ
शरीरमा तेज र उर्जा भर्दछ।

विरुवा जाती तुलसी बोट
खोजेर नि कहीं पाईन्न खोट।
उस्तै कुश र अनेकन झार
काटेर मासेर फाली नमार।

यस्तै अनेक ती छन् वरिपरि
रोग र व्याधीमा अमुल्य जडी
सहारा जीवनको यिनै हुन् हाम्रा
संरक्षण गर्नु ती बानी हुन् राम्रा।

कण्ठकारी यो अति हितकारी।
यत्रतत्र फल्दै ढाक्दछ बारी।
पहेंलाम्पूर बखडा झैं लाग्ने।
उपयोग जाने धेरै रोग् भाग्ने।
काँडा र कुँडो यो नेपाली दुवो
अौषधी उपचार लाग्दछ ठूलो।
नपालको माटो घाँस्पात्को साटो
जे उम्रे नि जडी प्रकृतिको नासो।

बाबा,आमा वा पाका भए कोई
कुन जडी के हो सिक्नु पल त्यैं।
रोपेर देउ एक भाँडो पानी लाग्ला बखत कोई औषध् नजानी।

गोबिन्द संगत महर्जन
काठमाडौ महानगरपालिका , वडा नं ७ चाबहिल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय