नेपाल डेरी एसोसिएसनको २३ औं स्थापना दिवसको पावन अवसरमा प्रत्येक वर्ष विविध कार्यक्रम गरि मनाउने गरिएकोमा यस वर्ष कोभिडको कारण अन्य कार्यक्रम गर्न सम्भावना नभएकोले कागेश्वरी नगरपालिका १ गागलफेदि स्थित हाम्रो सुनौलो सन्सार बाल आश्रममा रहेका २१ जना बालबालिकालाई खाद्यान्न एवं दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाइएको छ ।
राहत हस्तान्तरण कार्यक्रम नेपाल डेरी एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिना, अर्का उपाध्यक्ष ध्रुव तिवारी ,सचिव श्याम घिमिरे, बागमती प्रदेश पूर्व सह-सचीव कृष्ण ढकाल, एसोसिएसन काठमाडौं जिल्ला समितीका अध्यक्ष अजित बजगाईं, उपाध्यक्ष लिलानाथ दाहाल, सदस्य चेतनाथ दाहाल, जयराम घिमिरे र एसोसिएसनका कार्यलय सचिव रबिन्द्र के।सिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा काठमाडौं जिल्लाका सदस्य जयराम घिमिरेले यति धेरै बच्चाहरुको अभिभावकत्व ग्रहण गर्ने कुरा सार्है कठिन कार्य भएर पनि यति राम्रो तरिकाले बालबालिका राख्नु भएको देखेर खुशी लागेको बताउनु भयो । उपाध्यक्ष लिलानाथ दाहालले यस्तो कार्यमा सहयोग गर्ने सबैलाई अन्तर आत्माले सम्मान गर्ने बताउनु भयो । अध्यक्ष अजित बजगाईंले यस्ता खालका कार्यक्रमले आत्म सन्तुष्टि मिल्नुको साथै समाजमा सबैलाई सामजिक कार्य गर्ने प्रेरणा समेत मिल्ने कुरा बताउनु भयो भने बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिनाले प्रत्येक वर्ष एसोसिएसनले यस्ता कार्यक्रम गर्ने गरेको र यस पटक यस बाल आश्रममा आउन पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने कुरा बताउनु भयो । अर्का उपाध्यक्ष ध्रुव तिवारीले एसोसिएसनको स्थापना दिवसको अवसरमा यस्तो सहयोग गर्न पाइएकोमा आफू अत्यन्तै खुशी भएको भताउनु भयो।

बागमती प्रदेशका सचीव श्याम घिमिरेले एसोसिएसनले आज स्थापना दिवसको उपलक्ष्यमा ७ वटै प्रदेशमा यसैगरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यसरी कार्यक्रम गर्न पाउँदा आफूहरुलाई अत्यन्तै खुशी लागेको छ र एसोसिएसन स्थापना गर्ने सबै अग्रजहरुमा उच्च सम्मानका साथ धन्यवाद दिन चाहेको कुरा बताए । यसैगरी कार्यक्रममा बोल्दै बाल आश्रमकी सन्चालिका मेनुका कोइरालाले यसरी यति टाढासम्म आफैं खोज्दै आफ्नो स्थापना दिवसको दिन खाद्यान्न एवं दुग्ध पदार्थ वितरण गर्न आउनु भएकोमा सम्पूर्ण एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिनु भयो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि एवं एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले सम्पूर्ण एसोसिएसनका अग्रजहरुलाई सम्झदैं वहाँहरुलाई अन्तरआत्मादेखि सम्मान रहेको बताउनु भयो । साथै कुनै पनि एसोसिएसनमा अग्रजहरुको देन बिना सफलता हासिल नहुने कुरा बताउनु भयो भने एसोसिएसनले आफ्ना अन्य गतिविधिको अलावा यस्ता किसिमका सामाजिक कार्य गर्दा समाजमा सकारात्मक सन्देश जाने, यसरी सक्रियताका साथ अगाडि बढेर यस्तो राम्रो काम गर्नु भएकोमा एसोसिएसन काठमाडौं जिल्ला समिति र बागमती समितीलाई विशेष धन्यवाद दिदैं एसोसिएसनको २३ औं स्थापना दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना दिदै आगामी दिनमा पनि यसरी नै आफ्ना कार्यक्रम गरिरहने कुरा दाहालले बताउनु भयो ।










