चर्चित

पौष्टिक गुणका हिसाबले कोदो विश्वको महत्त्वपूर्ण बाली हो । कोदोलाई थोरै खाएर पनि धेरै पोषण तत्त्व प्राप्त गर्न सकिने बालीका रूपमा लिइन्छ । शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवण र अमिनोएसिडलगायतका पदार्थ कोदोमा पाइन्छन् ।

भारतको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’ घोषणा गरेको छ  । यस घोषणासँगै संसारको ध्यान कोदोप्रति आकर्षित भइरहेको छ  । कोदोको बहु–उपयोगी गुणलाई विश्वभर बुझाउन, उत्पादन र उपभोगलाई बढाउन यस्तो घोषणा गरिएको हो । यसै सन्दर्भमा नेपालमा चालू आर्थिक वर्षको साउन १५ गते प्रस्तावित रूपमा राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

आव २०७९÷०८० मा कोदोको आयात तथ्याङ्कले कोदोको बजार र सम्भावनालाई झस्काएको छ । अघिल्लो २ दशक अघिसम्म पनि विशेष गरी पहाडी भेगको खाद्य संस्कृतिको अभिन्न हिस्सा थियो कोदो । तर विस्तारै पहाडबाट तराईतिरको बसाइँसराइँ, युवाहरूको विदेश पलायन र कोदोभन्दा चामललाई प्राथमिकतामा राखिनुलगायतका कारणले पछिल्लो समय कोदोको उत्पादन क्षेत्र घट्दै गएको छ ।

आव २०७९–०८० मा ७३ करोड २० लाख १३ हजार मूल्य बराबरको १ लाख ८४ हजार ३४ क्वीन्टल कोदो आयात भएको भन्सार विभागको तथ्यांक छ ।

पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइने कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले र पुवालगायतका परिकार बनाएर खाने गरिएको छ । पछिल्लो समयमा विभिन्न अन्य परिकारमा समेत विविधीकरण गरेर यसको प्रयोगमा व्यापकता ल्याउन विभिन्न संघसंस्थाहरू लागिरहेका छन् । खाद्य सुरक्षाका दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो । पछिल्लो समयमा कोदोलाई नेपालीको भान्छामा कम महत्त्व दिने गरेको पाइन्छ ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले र पुवालगायतका परिकार बनाएर खाने गरिएको छ । पछिल्लो समयमा विभिन्न अन्य परिकारमा समेत विविधीकरण गरेर यसको प्रयोगमा व्यापकता ल्याउन विभिन्न संघसंस्थाहरू लागिरहेका छन् ।

आधुनिकताको मापन चामलको भात खाने बन्नुले कोदोलगायत भूगोल, संस्कृति र स्थानीय विशेषता अनुरूपका मौलिक खानाको परम्परा–ज्ञान लोप हुँदै गएका छन् । आयातित र तयारी खानेकुराले यसको स्थान लिइरहेको छ  । आधुनिक बन्ने होडमा यसरी छुट्दै गएको परम्परागत खानपिन–बानीलाई सम्झन र गर्वका साथ पुनःस्थापित गर्न ढिला भइसकेको छ  । कोदोको विशेषताहरूको खोजी विश्वव्यापी रूपमा भइरहँदा यसको परम्परागत धारणालाई नेपाली समाजले पनि बदल्न जरुरी छ  ।

कोदोको आयात बढिरहँदा उत्पादन हुने क्षेत्र भने बर्सेनि घटिरहेको छ  । जीविकाको भरपर्दो माध्यमका रूपमा परम्परागत खेतीपाती, त्यसमा पनि कोदो खेतीलाई स्थापित गर्न सकिएको छैन  । सायद पहाडी बस्तीहरू खाली हुने क्रम बढ्नुको असर पनि यस बालीमा परेको छ  । खालि शहरी उपभोक्तामाझ भने कोदोप्रति चासो बढेको देखिन्छ  । ग्रामीण खाद्य सुरक्षा र आन्तरिक बजारलाई मध्यनजर गर्दै सरकारले स्थानीय उत्पादन बढाउने नीति लिँदै आयातलाई कम गर्दै लैजानु अपरिहार्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय