चर्चित

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रको समग्र विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
एसोसिएशन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) ले आगामी कृषि बजेटका कृषि मन्त्रालयमा प्रस्तुत गरेको सुझाव ग्रहण गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अनाजले आगामी वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम र कृषि बजेटमा पत्रकारको सेवा, सुविधा, वृद्धि लगायतका बिषयमा सुझाव दिएको छ ।
सो अवसरमा सचिव डा.कार्कीले कृषि मन्त्रालयले पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।
कृषि सञ्चार प्रवद्र्धनका लागि मन्त्रालयले यो वर्ष वजेटमा विशेष व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनु भयो ।
अनाजका अध्यक्ष सुरेष कुमार यादवले सचिव कार्की मार्फत मन्त्रालयमा सो सुझाव बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय