दाङ तुलसीपुर वडा- नं १३ बखरियाका शिशिर रावत स्तब्ध छन् । कोरोनाकालमा आफ्नो फार्म गणुस्तर कृषि सोलुसन प्रा।लिमा फलेका गोलभेडाले बजार पाइरहेको थिएन । बजार पाउँदाको एउटा पिडा रही रहँदा उनलाई केही परिमाणमा गोलभेडाको माग आयो । माग अनुसारको गोलभेडा फार्ममा टिप्न जानु अघि नै भारी वर्षात र असिनाले उनको फार्मका सबै गोलभेडा नाश गरि दिए । राहतको साससमेत फेर्न नपाई आफ्नो फार्मका उत्पादन उनकै आँखा अघि नासिए ।
‘कोरोनाको यस महामारीमा बल्ल बल्ल गोलभेडाको माग र बजारीकरणका लागि अवसर आएको थियो, त्यो पनि एकाएक आएको असिनापानीले लग्यो । महामारीमा आएको यो कस्तो महाविपत्ति हो’, कृषि व्यवसायी रावत भन्छन् । असिनाले बाली पुर्ण रुपमा नष्ट भएको उनले बताए ।‘ जमिनभन्दा माथिसम्म रहेको असिना अझै पनि पग्लेको छैन , अन्न कुनै बाँकी नरहने भए’, उनी थप्छन् । गोलभेडा खेतीको पहिलो वर्षमै बजार नपाउनु र बल्लबल्ल पाएको बजार पनि प्रकृति प्रकोपले विनाश गरिदियो । अनुमानित पाँचदेखि सात लाखको क्षति उनको व्यक्तिगत भएको छ । भने, उनीसँगै सम्पुर्ण गाउँका अन्य गोलभेडा लगाएका कृषकको पनि हालत उही छ ।









