
कृषि नेपाली अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो। राष्ट्रिय कुल गार्हस्थ उत्पादनको २५.८३ प्रतिशतभन्दा बढी योगदान पुर्याईरहेको कृषि क्षेत्रमा करिब ६०.४ प्रतिशत जनता यस पेशामा आश्रित रहेका छन्। ६५ प्रतिशत रोजगारी यस क्षेत्रले सिर्जना गरेको छ। कृषि पेसामा महिलाको सहभागिता करिब ७२.८ प्रतिशतभन्दा बढी रहेको छ। वार्षिक ५ लाखभन्दा बढी रोजगारी यही क्षेत्रबाट सृजना भएको छ। त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय अर्थतन्त्रको विकासका लागि एक महत्त्वपूर्ण पाटो मानिन्छ। नेपालमा दुध, फुल, मासु जस्ता दैनिक उपभोग्यबस्तु उत्पादन गरि देशको माग पुर्ति गरिएको छ।
नेपालको पशुपालन ब्यावसाय नाफामुलक भन्दा पनि जिवन निर्बाह अवस्थामा रहेको छ। हाल पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब १३ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा २६.८ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा पशुपन्छी क्षेत्रको विशेष आर्थिक महत्त्व छ। उत्पादनका साधनको रूपमा रहेको प्रचुर जमिन र दुई तिहाइ उत्पादक शक्तिको रूपमा रहेको किसानलाई जोडेर उत्पादन वृद्धि गरी राष्ट्रिय पुँजीको सृजना गर्न सकिन्छ।
यसका लागि कृषिको व्यवसायीकरण, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात गरी समाजको अग्रगामी रूपान्तरणको दिशामा अघि बढ्न आजको टड्कारो आवश्यकता बनेको छ। खाद्य र पोषण सुरक्षा जस्ता लक्ष्य प्राप्त गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रमको ठुलो भूमिका रहन्छ। कृषि तथा पशुपंछी विकासको क्षेत्रमा सार्वजनिक निजी साथै सहकारी क्षेत्रको लगानी समुचित रूपमा वृद्धि गरि देशलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिने आवश्यकता र सम्भावना खाद्य र पोषण सुरक्षा जस्ता लक्ष्य प्राप्त गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रमको ठुलो भूमिका रहन्छ। कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा सार्वजनिक निजी साथै सहकारी क्षेत्रको लगानी समुचित रूपमा वृद्धि गरी देशलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिने आवश्यकता र सम्भावना छ।
अब अरु कुरा छोडेर बैंकलाई अनिबार्य रुपमा सहुलियत कर्जा प्रदान गर्न बाध्यकारी नियम लागु गर्नु पर्छ। अहिले बैंकहरु सहुलियत कृषि कर्जा दिन तयार देखिदैन किन कि सहुलियत कर्जा दिदा बैंक लाई २/३ प्रतिशत मात्र ब्याज नाफा खाना पाउछन भने अर्को क्षेत्रमा लगानी गर्दा कम्तिमा पनि ५/६ प्रतिशत खान पाउछन् अनि किन बैंकले कृषि क्षेत्रमा सहुलियत कर्जा प्रदान गर्छ? यी र यस्तै सानातिना कुरा सुधार गर्नु पर्ने आवश्यकता अहिलेको मूल समस्या हो। कसरि दिन सकिन्छ पशु पालक ब्यावसायीलाई राहत जस्तै बैंक ब्याज अनुदान ,परियोजनामा लगानी भएको ऋणको अवधि थप गरिदिने, बिमा प्रिमियम पूर्ण निशुल्क, साइलेजमा ५० प्रतिशत अनुदान, उत्पादनको आधारमा अनुदान, कृतिम गर्भाधान निशुल्क, यान्त्रिकरण अर्थात उपकरणमा ७५ प्रतिशत अनुदान, घासको बिउबिजनमा पूर्ण अनुदान, महामारी खोप विरुद्ध निशुल्क खोप ब्यबस्था, निशुल्क रुपमा प्राविधिक सेवा टेवा दिने सरकारी खेर गएको जमिन सहुलियत रुपमा उपयोग गर्न दिने जस्ता कार्यक्रमहरु बिषेश कार्यक्रमको प्याकेज बनाएर पशुपालक उधमी पुनरुत्थान लागु गर्नु पर्ने देखिन्छ। तर, पनि यत्रो ठुलो आर्थिक मन्दी आउदा समेत पशुपालन क्षेत्रमा विषेश सहयोग कार्यक्रम नआउनु ठुलो दुर्भाग्य हो। आज हरेक पशुपालक किसान को उत्पादन नत बिक्रि हुन्छ, नत आहारा खुवायर पालन सकिन्छ।पशुपालक उधमी आज आफुले पालेको पशुलाई आहारा खुवानेकी बैंकको ब्याज किस्ता तिर्ने दोधारमा छन् उत्पादन बिक्रि हुन्छ नत बैंक ले थप कर्जा दिन्छ। कोरोना पछि धरै युवाहरु स्वरोजगारको लागि पशुपालन ब्यावसाय गरेको पाइन्छ।
अब कोरानाको प्रभाव आर्थिक क्षेत्रमा देखिदै जादा पशुपालन अर्थात कृषि क्षेत्रमा डरलाग्दो रुपमा देखिन थालेको छ। अब पनि एउटा पशुपालन क्षेत्रमा पुनरुत्थान कार्यक्रम नल्याउने हो भने अबको ५/६ महिनामा पशुपालन ब्यावसाय गरेको उद्दमीहरु मध्ये ९० प्रतिशत बिस्थापित हुन्छन। त्यसपछि हामि बिसौ बर्ष सम्म पनि अवस्थामा आउँन सक्दैनम सबैलाइ चेतना भया !
लेखक अर्याल गल्याङ नगरपालिका स्याङ्जाका पशु सेवा शाखाका प्रमुख समेत रहेका छन्, उनले नेपालमा रहेका विभिन्न सम्भावनालाई आफ्ना लेखमार्फत प्रस्तुत गर्ने गरेका छन्, उनी नमुना बाख्रा गाँउ अभियानका समेत संयोजक हुन् । उनी स्याङजा जिल्ला लगायत विभिन्न जिल्लाहरुका युवाहरुलाई बाख्रापालनमा कसरी सफल बन्ने भन्ने विषयमा समेत सत्य तथ्य कुराहरुको जानकारी गराउने प्रयासमा समेत निरन्तर रुपमा लागिरहेका छन् ।