
सुशील अर्याल
युबाहरुकोलागि नमुना बाख्रा गाउ अभियान
हाम्रो देशमा कृषि पेशामा पुशपालनको महत्व अपरिहार्य रहेको छ किनभने पशुपालन व्यवसाय हाम्रो सामाजिक तथा धार्मिक रुपमा मात्र आवद्ध छैन कि आर्थिकस्तर उकास्नमा पनि दैनिक जिवनसंग आवद्ध रहेको छ । नेपालको परम्परागत कृषि प्रणाली खाद्यान्नवाली उत्पादनमा आश्रित रहेकोपाइए तापनि पशु पपालन व्यवसायले कृषि खेती गर्नकाृे लागि चाहिने शक्ति,मल,आयआर्जन र पोषणको आपूर्ति गर्नुपर्दछ । राष्ट्र्यि अर्थतन्त्रमा कुल कृषि क्षेत्र बाट ४५ प्रतिशत सहयोग पुगेको छ भने पशु पालनले करीव १५ प्रतिशत सहयोग गर्दै रहेको छ भन्ने कुल कृषिजन्य उत्पादनको करिव २४ प्रतिशत स्थान पशुपालन व्यवसायले आगटेको देखिन्छ । तर हाम्रो देशको हरेक व्यक्तिलाई आवश्यकता अनुसारको पशुजन्य उत्पादनको आपूर्ति भैरहेको छैन । जसको विभिन्न कारणहरु छन् । जस्तो एकातिर जनसंख्याका वृद्धिले पशुहरुको चरिचरन अन्न उत्पादनमा परिणत हुनु,उन्नत नश्लहरुको पशुपंक्षी पालन प्राविधिक अभाव वा अज्ञानता तथा पौष्टिक पशु आहाराको आपूर्ति नहुनु आदि ।
पशु आहाराको महत्व
पशु विकासको लागि नभै नहुने एउटा महत्वपूर्ण पक्ष पशु आहारा हो जुन हालको अवस्थामा अपर्याप्त छ । खास गरी हिउद सिजनमा धेरै जसो घासहरु सुख्खा हुन्छन वा लेकाली भेग हिउले ढाकेको हुन्छ । यसर्थ पशुहरु भने समयानुसार हरियो घास उनीहरुको स्वास्थ्य र उत्पादनको दृष्टिकोणमा त्यति कै महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा जहिलेसम्म पौष्टिक हरियो घास गाईवस्तुलाई उपलव्ध हुदैन,पशुहरुवाट पशुजन्य उत्पादन आवश्यकता अनुसार मानिसलाई एकातिर आपूर्ति हुदैन जसले गर्दा मानिसमा पौष्टिक तत्वको अभावले विभिन्न समस्या उत्पन्न हुन्छ भन्ने वातावरणमा पनि हरियो वन जंगल (चरन, डालेघास) को कमीले अत्यधिक प्रभाव पर्दछ । जसले गर्दा विभिन्न समस्या विसगंति देखिन्छ जस्तो भु–क्षय, खडेरी, अतिवृष्टि, अनावृष्टि आदि ।
घासवाली विकासको लागि शुद्ध विउ प्राप्त गर्न अति आवश्यक छ । धेर जसो उन्नत घासको विउ आवश्यकता अनुसारको आपूर्ति नेपालमा उत्पादित श्रोत वाट नहुंदा विदेशमा निर्भर हुनु पर्दछ जुन विश्वासिलो हुंदैन । जसमा चरन घास जस्तो स्टाइलो, मोलासेस, क्लोभर, कक्सफुट, राई आदि घासको विउ उत्पादन कम रहेकोले आपैm विउ उत्पादन गगरि भविष्यको लागि राख्नु उपयुक्त हुन्छ । त्यसले निम्नानुसारको फाइदा देखिन्छ ।
१. स्थानीय हावापानीमा उत्पादित वीउ राम्रो वंशाणुगत गुण भएको हुने,
२. वीउ विक्रीवाट आएको आर्थिक फायदावाट कृषकहरु बढी लाभान्वीत हुने ,
३. विदेशी मुद्राको वचत हुने ।
स्टाइलो घांस
नेपालमा स्टाइलो घांसको बीउ उत्पादन क्षेत्र
यो वहु वर्षिय कोषे घास हाल पाल्पा, दाङ्ग, मकवानपुर, काभ्रे, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सप्तरी र सुनसरीमा स्टाइलो घांसलाई बढी प्राथमिकता दिई उत्पादन गरिदै आएको छ । यसमा पनि बीउ उत्पादनको हिसावले पाल्पा, दाङ्ग र मकवानपुर प्रमुख जिल्लाको रुपमा रहेको छ ।
स्टाइलो कस्तो घांस हो ?
स्टाइलो एउटा वहुवर्षिय कोषे घांस हो । यसका स साना पातहरु, प्रशस्त हांगाविगांहरु हुन्छन् । यसको झांग बढीमा १५० सेमी सम्म अग्लो हुन्छ ।
स्टाइलो किन ?
स्टाइलो अति पोषिलो घांस हो । यसलाई गाई वस्तुले अति मन पराउछन् । स्टाइलोको हे पनि वनाउन सकिन्छ । स्टाइलो भुसंरक्षणको लागि पनि उपयोगी हुन्छ । कोषे वाली भएकोले स्टाइलोले वायुमण्डलमा रहेको नाइट्रोजन तत्वलाई माटोमा मिलाउने गर्दछ ।
स्टाइलोका जाती /प्रजातीहरु
नेपालमा हालसम्म विभिन्न जाती तथा प्रजातीका स्टाइलोहरु भित्रिए पनि अहिले प्रयोगमा आएका प्रजातीहरुमा कुक नै बढी छ । तर यो प्रजातीमा एन्थय्राकनोज ब्लतजचबअलयकभ भन्ने रोग लाग्न सक्छ र पछि त्यसो भएको खण्डमा यो रोगले कुक स्टाइलो लगाएको क्षेत्र सखाप पार्न सक्छ । त्यसकारण यो रोग कम लाग्ने प्रजातीहरुमा ध्यान दिनु पर्ने हुन्छ । यसको लागि ऋक्ष्ब्त् ज्ञडद्ध उपयुक्त प्रजाती हो । नेपालमा बढी प्रचलनमा रहेका जातहरुमा पाल्पा स्टाइलो र कुक स्टाइलो हो ।
कहां लगाउने ?
स्टाइलोलाई समोष्ण प्रकारको जलवायु चाहिन्छ । यसलाई नेपालको तराई तथा मध्य पहाडी क्षेत्रको २००० मिटर उचाइसम्म लगाउन सकिन्छ । स्टाइलोलाई खेतवारीमा मात्र नभई बांझो पर्ति जग्गा, आली, कान्ला, गराको डिल, भिरालो जग्गाहरु र वृक्षारोपण गरिएको ठाउंमा सफलतापूर्वक लगाउन सकिन्छ । स्टाइलोलाई शुद्ध वालीको रुपमा वा अन्य घांसहरु जस्तो मोलासेससंग मिश्रित खेती गर्न सकिन्छ ।
बीउ कहिले छर्ने ?
स्टाइलोलाई गृष्म ऋतुमा मनसुन शुरुभएपछि जेष्ठ असारमा छर्नु पर्दछ । सिंचाईको सुविधा भएको जग्गामा स्टाइलो फागुन चैत्रमा छरेपनि हुन्छ ।
बीउ कसरी छर्ने ?
बीउ छर्नु अघि उमालेको पानीमा २ मिनेट राखेर २४ घण्टा भिसो पानीमा राख्नु पर्दछ । त्यसपछि जैविक मल मिसाएर छर्नु पर्दछ । स्टाइलोको वीउ सानो र मसिनो हुन्छ र स्टाइलोको खेतीको लागि जग्गा राम्रो तयार गरेको हुनु पर्दछ । जग्गा तयार गर्दा राम्रो खनजोत गरेको माटो वुर्वुराउदो पारेर झारपात रहित हुनु पर्दछ । साधारणतया एक रोपनीमा २५० ग्राम (१ हेक्टरमा ५ किलो) बीउ भए पुग्छ । वीउ छर्दा खेतमा एकनाससंग सवैतिर छर्नु पर्दछ । वीउलाई लाइनमा पनि छर्न सकिन्छ । लाइनमा छर्दा एक लाइनदेखि अर्को लाइनको दूरी ५० सेमी हुनु पर्दछ । बीउ छर्दा वीउलाई माटोमा गहिरो गरी पुर्नु हुन्न । वीउ १ सेमी भन्दा गहिरो माटोमा पुरिएमा टुसाहरु उम्रन सक्दैन ।
कहिले उव्जा लिने ?
साधारणतया स्टाइलो छरेको २ देखि ३ महिनामा घांस काटन लायक हुन्छ । स्टाइलोलाई थलोमै चराएर वा घांस काटेर पनि खुवाउन सकिन्छ । पहिलो कटाई लिएको डेढ महिनामा दोश्रो कटाई लिन सकिन्छ । वर्षभरीमा स्टाइलोवाट २ देखि ३ वाली लिन सकिन्छ । घांस काटदा भुईवाट करिव १० सेमी माथिवाट काटनु पर्दछ । वीउ लिने हो भने एक पटक घांस काटेर फुल फुल्नको लागि छाडी दिनु पर्दछ ।
बीउ कसरी संकलन गर्ने ?
बीउ २ तरीकाले संकलन गर्न सकिन्छ ।
१. कोट काटेर झार्ने
धेरैजसो वीउ पोकपछि कोटको टुप्पा टुप्पा काटने र राम्रोसंग सुकाएर चुट्ने ।
२. कोटलाई लठठीले चेटेर झार्ने
वीउ पाक्न शुरु गरेपछि विउको फेदमा नांगलो,प्लाष्टिक अथवा कपडा विछाएर सो वीउलाई प्रत्येक २ हप्ताको अन्तरालमा लठठीले विस्तारै चुटेर वीउ झार्ने । बीउ संकलन गर्ने समय मंसिर देखि माघ सम्म हो । वीउलार्य ३ मिलिमिटरको चालनोवाट चाल्ने र निफन्ने । बीउको शुद्धता ९८ प्रतिशत भन्दा बढी हुनु पर्दछ ।
कतिसम्म उव्जा हुन्छ ?
स्टाइलो प्रायः वर्षैभरी हरियो रहिरहनछ तर चैत्र वैशाखतिर यो केही सुक्न सक्दछ । साधारण अवस्थामा एक रोपनीवाट १०००–१५०० केजी (प्रति हेक्टर २०–३० टन) सम्म हरियो घांसको उव्जा लिन सकिन्छ । यदि उन्नत तरीकाले खेती गरेमा घांसको उव्जा दोव्वर वढाउन सकिन्छ । स्टाइलोलाई हरियो घांसको रुपमा मात्र वा परालसंग मिसाएर खुवाउन सकिन्छ ।
बीउ कति उत्पादन हुन्छ ?
स्टाइलोको कोसा हिउदमा छिपिन्छन् र पौष माघ तिर वाली काटन लायक हुन्छ । वीउ संकलनको लागि कोषा समेतको हांगा हसियाले काटनु पर्दछ । काटदा कोषालाई क्षती पुर्याउनु हुन्न नत्र कोषा फुटेर वीउ छरिएर जान्छ । काटेको कोषा सहतिको भागलाई सफा लिपेको, घाम लाग्ने ठाउंमा सुक्न दिनु पर्दछ । कोषा सुकेर फटन लागेपछि दाउनी गरी चुटेर वीउ झार्नु पर्दछ । वीउलाई निफनेर, सफा पारी दुई घाम सुकाई थन्काउनु पर्दछ । साधारणतया स्टाइलोवाट प्रति रोपनी १० किलो (प्रति हेक्टर २०० किलो) वीउ प्राप्त गर्न सकिन्छ । यदि उन्नत प्रविधि अपनाएमा वीउ उत्पादन वढाउन सकिन्छ । वीउ लिईसकेपछिको भुस पशु आहारामा प्रयोग हुन्छ ।
मोलासेस घास (Melinis minutiflora)_
समोष्ण जलवायूमा हुने यो वहुवर्षिय घांस हो । यसको खेती १५०० मिटर उचाईसम्म गर्न सकिन्छ । यो घांस भूसंरक्षणको लागि पनि उपयुक्त पाईन्छ । यो घांस बीउ छरेर वा हांगाका टुक्रा सारेर पनि लगाउन सकिन्छ । यसको बीउ वा सेटस जेष्ठ वा अषाढ महिनामा लगाउनु पर्दछ । प्रति हेक्टर १ लाख जति सेटस चाहिन्छ । यसको खेती गर्दा माटो वुर्वुराउदो गरी खन जोतगरी छर्नु पर्दछ । उन्नत तरीकाले खेती गर्दा ६० केजी नाईट्रोजन र ४० केजी फास्फोरसको दरले मल राख्नु पर्दछ र प्रति हेक्टर ५ केजी वीउ छर्नु पर्दछ । बीउ छरेको २ देखि ३ महिनापछि घांस काटने लायक वन्छ । घांस काटदा १० सेमी माथिवाट काटनु पर्दछ । त्यसपछि महिनादिनमा अर्को पटक पुनः घांस काटन सकिन्छ । यसरी वर्षमा ५ पटकसम्म घांस लिन सकिन्छ । एक हेक्टरवाट ५० देखि ६० टन हरियो घांस उव्जा पाउन सकिन्छ । विभिन्न परिस्थितिमा सुरुवातको लागि उपयोगि जात भए पनि साधारणतया अन्य जातहरु यो भन्दा राम्रो छन् ।
– सतहमा खुकुलो मा६ो भएको ठाउंमा सजिलै स्थापना गर्न सकिने केही मात्रामा खनजोत गरि (विउ छर्न आवश्यक भएको) साधारणतया प्रति हेक्टर १ के.जी. विउको दरले वर्षा सुरु हुनु भन्दा ठिक पहिले विभिन्न दुरीको लाइनमा साधारण खनजोत गरि छर्ने ।
– अन्य विरुवालाई दवाउन सक्ने ।
– यदि आगलागि भएमा पुनरुत्पादन हुन निकै कठिन हुने ।
– लगाएको दुई तिन वर्ष पछि कम उत्पादन हुंदै जाने ।
-अति सघन पशुपालनलाई उपयुक्त नहुने ।
घांसको नाम | छर्ने समय | बीउको मात्रा | छर्ने तरीका | मलको मात्रा प्रति रोपनी |
स्टाइलो | आषाढ | १५०–२५० ग्राम प्रति रोपनी | खनजोत गरी माटो वुरवुराउदो पारेको ठाउंमा छर्ने | गोवरमल १० डोको वा २ केजी फास्फोरस माटोमा राम्रो संग मिसाउने |
मोलासेस | आषाढ | २००–२५० ग्राम प्रति रोपनी | बीउ हलुका भएकोले वालुवा वा धानको भुसलाई मिसाई दिने वा ५० सेमी को फरकमा सानो डयाङ्ग वनाई छर्ने | गोवरमल १० डोको वा ५ केजी फास्फोरस र ३ केजी नाइट्रोजन र २ केजी पोटास माटोमा राम्रो संग मिसाउने |
उपरोक्त यो दुवै वहुवर्षिय अति पौष्टिक चरन घासको विउको माग धेरै नै छ र कृषकको माग अनुसार सरकारी फार्मवाट आपूर्ति हुन नसकि रहेकोमा सोे माग पुरा मकवानपुर पाल्पा क्षेत्रमा कृषक स्तरमा उत्पादित भई रहेको छ ।