चर्चित

उनी हुन् कपिल देव पौडेल । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ६ निवासी कपिल देव ४३ बर्षका भएका । बैदेशिक रोजगारीको शिलशिलामा १० बर्ष दक्षिण कोरीयामा विताएर स्वदेश फर्किएका कपिल अहिले माछा पालन गर्नै योजनामा छन् । स्वदेशमा कृषि क्षेत्रमा केही गरौं भन्न सोचका दक्षिण कोरियामा लाखौंको रोजगारी छाडेर फर्किएका उनी व्यवसायीक माछा पालन गर्ने युवा हुन् । उनले कोरीयामा आफुले सिकेको सिपको सदुपयोग गर्दे माछा पाल्ने योजना सहित अहिले तयारी थालेका छन् । गुलरिया नगरपालिका वडा न . ४ स्थित विन्दबाशिनी सामुदायिक वन समुहको ५ हेक्टर जग्गा बार्षिक ५० हजार तिर्ने गरी पाँच बर्षका लागि लिजमा लिएर पोखरी निर्माण गरीरहेका छन् । उनले लिजमा लिएको जग्गा बारैमास पानीले भरीने बोटबिरुवा साथै अन्नबाली उब्जाउ नहुने खालको छ । ५० लाखको लगानीमा उनले पोखरी निर्माण गर्दै छन् ।

बार्षिक ५० लाख आम्दानी गर्ने उदेश्यका साथ पहिलो चराणमा उनले ५० लाख भुरा पोखरीमा हाल्ने योजना बनाएका छन् । खेति योग्य जमिन मासेर माछापालन ब्यवसाय गर्नु भन्दा आफनै गाँउघरमा भएका ताल तलौवाहरुको संरक्षण गरी माछापालन ब्यवसाय गर्दा खेति योग्य जमिन पनि सुरक्षित हुने ।आफनो गाँउघरको ताल तलौवाको पनि संरक्षण हुने पौडेलको भनाई छ ।विन्दबाशिनी सामुदायिक वन समुहले तालको संरक्षण गर्न नसकेको स्वीकार गर्दै आयश्रोतका साथै तालको संरक्षण पनि हुने भएकाले माछा पालनका लागि लिजमा दिएको सचिव नन्दा वली बताउँछन्  बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ,मधुवन नगरपालिका ,बढैयाताल गाँउपालिका र गुलरिया नगरपालिकालाई माछा पालनको लागि उपयुक्त ठाँउ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय