अनार स्वास्थ का लागि निकै गुणकारी फल हो । अनारको फलमात्र नभएर अनारको रुखका सबै विजमा औषधि गुण हुने बताइन्छ । विवका आदिवासी हरु समेत अनार लाई हर्बल औषधिको रूपमा विभिन्न रूपमा प्रयोग गर्ने गर्दछन् । अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो । खासगरी चीन जापान अमेरिकाको क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ । नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन ।
अनारको बोट करिब ५/६ मीटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक हुन सक्दछ। साधारणतयाः फल गोलो देखि लिएर अण्डाकार सम्म पाइन्छ। अनार को बोक्राको रंग सेतो, पहेंलो देखि लिएर रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ । जात अनुसार बोक्रा पात पातलो हुन्छ भने कुनैको अलि बाक्लो पनि हुन सक्दछ । वनस्पति विज्ञान का अनुसार यसको फललाई बालाउष्टा भनिन्छ यसमा हजारौ को संख्यामा बीउहरू हुन्छन् । यिनै बीउको वरिपरि अतिक बाक्लो रसले भरिएको र कमलो भाग हुन्छ जुन भाग हामीले खान्छौ ।

प्रयोगः
अनारको फलभित्र बीउको वरिपरि हुने भाग खाना योग्य हुन्छ । यसको फलको ६८ प्रतिशत जति भाग खान योग्य हुन्छ । अनार को फल मा ७८५ पानी, १६५ प्रोटीन, ०.१५ चिल्लो पदार्थ, ५.१५ फाइबर, १४.५५ कार्बोहाइड्रेट र क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन बी एबं भिटामिन सि प्रशस्त मात्रामा पाइन्छ । अनारको रस कुष्ठरोग का लागि फाइदाजनक हुने बताइन्छ । यसको फलभित्र को दाना (गेडा) मा १५५ जति तेल हुनेहुँदा औद्योगिक प्रयोजनमा समेत प्रयोग गरिन्छ । रक्तअल्पता भएका रोगीलाई यसको रस ले फाइदा गर्दछ भने फलको बोक्राको रस कपडा रंगाउन उपयोग हुन्छ ।
हावापानीः
विभिन्न प्रतिकूल हावापानी सहन सक्ने भएतापनि समुद्र सतहदेखि १८५० मिटरसम्मको उचाईमा सफल रूपमा खेती गर्न सकिन्छ । हिउँदमा चिसो हुने ठाउँमा उपयुक्त मानिन्छ । हिउँदमा पात झर्ने भएकाले केही मात्रा मा तुषारो सहन सक्दछ । करिब १८ डि. से. तापक्रममा फल गुणस्तरयुक्त हुने र फलको रस बढी गुलियो हुन्छ । तापक्रम र आद्रता मा धेरै तलमाथि भएमा फल धेरै चर्किन्छ । वार्षिक वर्षा ५००/६०० मि. मी. चाहिन्छ । र यसले सुख्खा पनि सहन सक्छ ।
माटोः
सबै किसिमको माटोमा खेती गर्न सकिएता पनि पानी नजम्ने खेतको बलौटे माटो उपयुक्त हुन्छ । अन्य फल उत्पादन गर्न नसकिने कमसल खालको बढी चुन र लबन्युक्त माटोमा पनि खेती गर्न सकिन्छ ।
जातहरु :
१. पेपरसेल
पात मझौला र बोक्रा बाक्लो हुन्छ । बीउको खाने भाग राती गुलाबी रङको, स्वाद गुलियो र बिउ नरम हुन्छ ।
२. बेदाना
फलको मध्यमदेखि ठूलो बोक्रा खैरोदेखि सेतो गुदि भएको, सेतो र गुलियो रसदार हुन्छ, बिउ नरम हुन्छ ।
३. कन्धारी
फल ठूलो बोक्रा गाढा रातो बीउको बाहिरी भाग रगतजस्तो रातो, बिउ कडा र रस अलिकति अमिलो हुन्छ ।
४. मस्कार रेड
फलको आकार सानो, मझौला र बोक्रा हुन्छ। खाने भाग नरम, रस गुलियो र बिउ नरम हुन्छ ।
५. धोल्का
फलहरू ठूलो , बोक्रा हरियो – सेता, बीउको बाहिर खनेभाग हल्का रातो – सेतो बिउ नरम र रस बढी अमिलो हुन्छ ।
६. काबुल
फल ठूलो, बोक्राको बाहिर भाग रातो÷पहेंलो बीउको बाहिर भाग बढी रातो बाक्लो र धेरै हुन्छ । रस आली तिती हुन्छ ।
अन्य जात हरु
गणेश, मास्कार ह्वाइट जाति आदि ।
प्रसारण विधिः
बीउबाट प्रसारण गर्दा पूर्ण रूपमा पाकेको अनार बाट बिउ झिकी नर्सरी वा पोलिथिन थैलामा रोपी बेर्ना तयार गरिन्छ । बीउबाट सजिलै प्रजनन गर्न सकीयता पनि विभिन्न कारणहरू ले गर्दा सो गरेको पाइँदैन । वनस्पति विधिका कटिङ्ग र जुटीबाट प्रजनन गरिन्छ । व्यवसायिक प्रयोजनका लागी कटिङ्ग विधि अपनाइन्छ । यसमा २०/२५ से.मी. लामो परिपक्क हाँगा लिई एक तिहाई भाग भुई भन्दा माथि हुने गरी नर्सरी मा रोपनी पर्दछ । वातावरण नियन्त्रण गर्न नसकिने ठाउँमा जेठ – आषाढ तिर र अनुकूल वातावरण मा माघ – फागुन तिर कटिङ्ग लिइन्छ । बगैचा मा रोप्न १/२ वर्षभित्र तयार हुन्छ ।
जग्गा को तयारी तथा बोट लगाउने तरिकाः
४/५ पटक खनजोत गरी जग्गा तयार गर्नु पर्दछ । बोट लगाएर ४/५ मीटरको दूरीमा ६० घन सेन्टिमिटर को खाडल तयार गरी केहीदिन खुल्ला छाडी त्यसपछि २० के.जी. प्राङ्गारिक मल, ५०० ग्राम सुपर फस्फेट र २५० ग्राम म्युरेट अफ पोटास खाडलको माथिल्लो सतहको माटोसँग मिश्रण गरी खाडल पूर्नु पर्दछ ।बिरुवा जेठ – आषाढ र पौष÷ माघ महिना मा सार्न सकिन्छ । माटो सारीसके पछि सुरुमा १/२ हप्तासम्म माटोको चिस्यान हेरी सिंचाई गर्नुका साथै टेको पनि दिनु पर्दछ ।

फूल तथा फल को विकाशः
अनारको सदाबहार जात मा १ वर्ष पुगेका हाँगा हरुमा र पतभर स्वभाव का बोटहरूमा नयाँ हाँगा हरुमा फल लाग्दछ । भाद्र मा फुल्दछन् । कतिपय जापानी जातहरु वसन्त ऋतु मा पालुवा का साथ फुल्दछन् ।
फल टिप्ने समय :
फूल फुलेको ५÷७ फल हरु टिपीछन् । फलहरू पहेंलो र बिउ रातो भएपछि फलहरुलाई औंलाले हान्दा धातुको जस्तो आवाज आएमा फल टिप्नुपर्दछ ।
अन्तरबाली :
५/६ वर्षसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुङ्ग, तोरी वाली लगाउन सकिन्छ । अनार लाई अन्य बगैंचामा खाली ठाउँ भर्न पनि प्रयोग गरिन्छ ।
बाली व्यवस्थापन :
अनार लाई सिंचाई नदिई केही जातहरु खलबालाई दिएमा यसको वृद्धि रोकिन गई पातहरू झर्दछ र केहीसमय पछि फूल लाग्ने कोपिलाहरु को विकास हुन्छ । आफूले कुनै बेला फल लिन चाहेको हो । त्यस्तै अनुसार फुल्ने क्रिया लाई नियन्त्रण गर्नु पर्दछ । हिउँदे वाली लिने हो भने जेठ/ आषाढ मा बोटको वरिपरि कुलेसो बनाएर केही दिन बोटलाई सुख्खा रहन दिई त्यसपछि मलजल गर्नु पर्दछ । यसो आषाढ/श्रावण मा फूलहरू फूल पौष÷ माघ मा फल लिन सकिन्छ । तर उक्त समय मा पानी पर्ने ठाउँमा यो प्रविधि सफल हुँदैन ।
फूल तथा फलको विकास :
अनारको सदाबहार जात मा १ वर्ष पुगेको हागहरुमा र पतझर स्वभावका बोटमा नयाँ हाँगा हरुमा फल लाग्दछ । पतझर खालका बोटहरू श्रावण – भाद्रमा फुल्दछन ्। कतिपय जापानी जातहरु वसन्त ऋतुमा मा नयाँ पलुवाका साथ फुल्दछन्।
किरा तथा रोग हरु :
अनार मा ४५ भन्दा बढी प्रजाति का किरा हरुको आक्रमण गर्ने गरेको पाइन्छ । साथै दर्जनौं रोगहरू पनि समस्या को रूपमा रहेको वैज्ञानिकको दाबी छ । कुराहरू तथा रोग हरुको संक्रमण बगैचा को सरसफाइ भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्ष ले असर गरेको हुन्छ । अनारको प्रमुख समस्या को रूपमा अनारको पुतली (फूल मा प्वल पर्ने किरा) हो भने त्यस पश्चात अनार को बोक्रा खाने झुसिलकिरा, जरामा लाग्ने धमिरा, लाहि किरा, सेतो पुतली, स्केल किरा, थिप्स आदि हुन ।
नियन्त्रण :
१) बगैचा सधैं सफा र सुन्दर राख्नु पर्दछ ।
२) बढी घनत्व र कम व्यवस्थापन भएको बगैंचामा यसको समस्या को रूपमा देखिन्छ त्यसकारण बाक्लो भएका बोटहरू लाई हटाउनु पर्दछ ।
३) हाँगा हरुमा लागेको छ भने क्षति भएको मात्र पनि हटाउन सकिन्छ, तर मुख्य काण्ड मा नै लागेको छ भने कपास तार मा बेरेर मट्टितेल अथवा पेट्रोलमा चाबेर प्वल भित्र घुसाउनु पर्दछ र माटोले हावा नपस्ने गरी टाल्नु पर्दछ ।
४) डाठ प्वल पर्ने किरा :
कम व्यवस्थापन भएको बगैचा मा पढी देखिन्छ । लार्भा ले हाँगा तथा काण्ड मा प्वल तर रात मा प्वल बाट बाइर आउँछ र बोक्रा खाने गर्दछ । समाधान को लागि बगैचा सफा सुग्घर राखी व्यवस्थापन राम्रो सँग गर्नु पर्दछ।
रस चुस्ने किरा हरु
रस चुस्ने कुराहरू जस्तै उदाहरण को लागि लाही किरा थिप्स, स्केल किरा, माइट ,मिली वाग लाई लिन सकिन्छ यिनी हरुले आफ्नो कृतिम अनुसार कलिला पात हरुमा फूल तथा मुनामा बसेर रस चुस्दछन फलस्वरूप कोपिला, फूल तथा स – साना फलहरू खस्दछन ।
व्यवस्थापनः
बगैचा सधैं सफा र सुग्घर राखी बगैंचाको राम्रो व्यवस्थापन गर्नु पर्दछ । यस्ता कुराहरू लागेको देख्ना साथ। हातले टिपेर फाल्नु पर्दछ तर यो सुरु सुरुको अवस्था मा मात्र सम्भव हुन्छ । नियन्त्रण नभएमा ०.४ /५ मिनिक्रोटोफम अथवा ०.१/५ मालाथिन १०/१५ दिनको फरकमा छर्नु पर्दछ ।
५. पर्खने लार्भा :
क्यस्क पोथी पुतालीले पातको तल्लो भागमा फुलहरू पर्दछन र उक्त फुलबाट लार्भा निस्किई पातमा भएको सम्पूर्ण हरितकर्ण हरु खाइदिन्छ र पातलाई जरा जस्तो बनाइदिन्छ। यसको नियन्त्रण को लागि रोगर १.५ मि.ली प्रति लीटर पानीमा मिलाएर १०/१५ दिनको फरकमा छर्न सकिन्छ ।
अनार खानुका फाइदाः
१) अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाइ छ ।
२) मुख भित्र आउने घाउ तथा अनुहारका खटिरा बाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभदायी हुन्छ । अनारको पात पानीमा उमाल्ने पनि कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पनि ले नियमित रूपमा मुख कुल्ला गर्ने तथा अनुहारका खटिरा, मुख भित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।
३). पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा हुन्छ ।
४). अनारमा एन्टीसडेन्ट तत्व पनि प्रयाप्त पाइने भएकाले यसको नियमित सेवनले छिट्टै बुढ्यौली का लक्षण देखिने समस्या समेत काम गर्छ ।
विज्ञहरुको सहयोगमा तयार पारीएको









