चर्चित

राष्ट्रको आलुबाली विकास कार्यक्रमलाइ सहयोग पुर्याउन बीउ आलु, आलु बीयां (TPS) उत्पादन एव अन्य आलु उत्पादन सम्बन्धी प्रविधिको विकास गर्ने उद्धेश्यले  वि. स. २०३२ सालमा सिन्धुपाल्चोक जिल्लाको निगालेमा स्थापना भएको आलुबाली विकास केन्द्रले गुणस्तरयुक्त बीउआलु उत्पादनको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको छ । यस केन्द्रको मुख्य उद्श्यमा आलुबालीको जातिय संरक्षण तथा सम्बर्धन गर्नु पनि रहेको छ । नेपालका विभिन्न क्षेत्रहरुमा पाइने लोपन्मुख विशिष्ट पहिचान बोकेका रैथाने आलुका जातहरुको संरक्षण, अध्धयन तथा सम्बर्धन वाट आलुका उन्नत जातहरुको विकास र विस्तारमा सहयोग पुग्ने देखिएको छ । विगतका वर्षहरुमा यस केन्द्रमा नेपालका विभिन्न ठाउ विशेष अनुसार महत्व राख्ने आलुका जर्मप्लाज्महरु संकलन गरि राख्ने काम भइरहेकोमा गत २ वर्षवाट ४५ वटा रैथाने आलुको Morphological Characterization  गर्ने काम भइरहेको छ। यस केन्द्रमा निलप्रसाद सेतो, गाजले, मिरा, तुने लोकल, मुस्ताङ लोकल, लाप्चाने रातो, शैलुङ सेतो, जुम्ला स्थानिय, बापुखोला स्थानिय लगाएतका जातहरु रहेका छन ।

चित्र १. केन्द्रमा फिल्डमा लगाइएका आलुका बिभिन्न स्थानिय जर्मप्लाज्महरु

(फोटो श्रोत: समिर कुंवर निगाले, सिन्धुपाल्चोक)

यस वर्ष संकलित जातहरुको Phenotypic, morphological characterization को अध्धयन पछि उत्पादन, उत्पादकत्व साथै रोग अवरोधक  र अनुकुलन क्षमता लगाएतका विशेषताहरुको विश्लेषण गरि उपयुक्त ठहराइएका जातहरुको प्रमाणीकरण, दर्ता, उन्मोचन लगाएतका कामहरुमा यस अध्धयनले सहयोग पुग्नेछ । रैथाने जातहरुको जातिय गुणहरुको पहिचान गर्दा अन्तराष्टिय आलुबाली अनुन्धान केन्द्र लिमा पेरुले निर्दिष्ट गरेका गाइडलाइनहरु लाइ अवलम्वन गरि तथ्याङ्क लिइएको छ। आलुबाली विकास केन्द्रमा लगाइएका आलुहरुका आ–आफ्नै किसिमका बिशेषताहरु रहेका छन। सिन्धुपाल्चोकको निगाले क्षेत्रमा निकै रुचाइएको ल्याण्ठे, रोजिटा जातहरु कम झ्यागिने रोग प्रतिरोधी क्षमता राम्रो भएको विशेषगरि असिना सहन सक्ने देखिएको छ ।

                              चित्र २. केन्द्रमा लगाइएका आलुका बिभिन्न स्थानिय जर्मप्लाज्महरु

(फोटो श्रोत: आ.बा. वि. के. निगाले, सिन्धुपाल्चोक)

जिरी चक्रे, चिसापानी रातो जातको आलु पनी उच्च पहाडमा वर्षे सिजन र तराइमा हिंउदे आलुको रुपमा रुपमा रुचाइएको स्थानिय जात हो । यस वर्ष Phenotypic, morphological characterization को अध्धयनपछि यसरी आफ्नै प्रयोगशाला तथा जनशक्तीको अधिकतम उपयोग गरि कृषकस्तरमा रुचाइएका रैथाने आलुमा मेरिष्टिम कल्चर (Meristem culture) गरि रोग कीरा मुक्त शुद्ध विउ आलु उत्पादन गर्ने र देशमा भइरहेको बिउआलुको मागलाइ पुरा गर्नेमा यस केन्द्रले थप योगदान पुग्ने विश्वास रहेको छ । साथै अध्धयन पछि  स्थानिय जातहरुको विशेषताहररुको विस्तृत नतिजा सार्वजनिक गरिने केन्द्रको सोच रहेको छ । नेपालमा आलुखेतीको मुख्य चुनौति शुद्ध बिउ आलु उत्पादन गरि कृषकसम्म पुर्याउनुनै रहेको आलु वाली विकास केन्द्रको निर्क्यौल रहेको केन्द्र प्रमुख विजयकुमार गिरीले वताउनु भयो। आलुवाली विकास केन्द्रमा तन्तु प्रजनन प्रयोगशाला (Tissue culture lab) समेत स्थापना भइ In-vitro mother plants उत्पादन गरि पूर्व मुल बिउआलु (P.B.S.) उत्पादन  तथा विक्री वितरण भइरहको छ ।

चित्र ३. केन्द्रमा लगाइएका आलुका बिभिन्न स्थानिय जर्मप्लाज्महरु

 (फोटो श्रोत: आ.बा. वि. के. निगाले, सिन्धुपाल्चोक)

China Nepal Agriculture Technology Cooperation Project in Northern Hilly Region of Nepal (CNATCP) अन्तर्गत आलुबाली विकास केन्द्र निगालेमा संचालित Potato Variety Introduction, Screening and Evaluation Project बाट आलुबाली विकास केन्द्र निगालेमा  आलुका जातहरुको उत्पादकत्व, रोग अवरोधक  र अनुकुलन क्षमता परिक्षण गरिदै आएको छ। March २०१९ मा सुरु भएको परियोजनाको २ बर्षको अवधिमा चीनबाट आलुका १२ वटा जातहरु ल्याइ पहिलो र दोस्रो बर्षमा आलुबाली विकास केन्द्र निगालेमा  र तेस्रो बर्ष केन्द्र र केन्द्रको आसपासका कृषकहरुको ४ वटा फरक फरक फिल्ड छनौट गरि अनुसन्धान गरिरहेको छ। यस अनुसन्धान ३ बर्ष सम्म संचालनमा रहने यस परियोजनाले परियोजनाको अन्तिम समयमा यस आसपासका क्षेत्रहरुलाई उपयुक्त हुने ३–४ वटा चाइनिज आलुका जातहरु सिफारिस गर्ने लक्ष्य राखेको केन्द्र प्रमुख गिरीले वताउनु भयो।

चित्र ४. केन्द्रमा परिक्षणको रुपमा लगाइएका चाइनिज आलुका केहि जातहरु

 (फोटो श्रोत: आ.बा. वि. के. निगाले, सिन्धुपाल्चोक CNATCP परियोजना)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय